Logo

Blog Details

गण्डकी प्रदेश (Gandaki Province) को परिचय

SS Team 2025-01-28 08:12:18 1622 2

गण्डकी प्रदेश (Gandaki Province) को परिचय

गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२' पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ। गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् ।

क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ।

सिमाना

यस प्रदेशको सिमाना पूर्वमा बाग्मती प्रदेशका रसुवाधादिङ्ग  चितवन जिल्ला, पश्‍चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुमरोल्पाप्यूठानगुल्मीपाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्‍चिम) र कर्णाली प्रदेशका डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्। गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् ।

प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दीमुस्ताङ्गपर्वत  बागलुङ्गगण्डकी अञ्चलका गोरखालमजुङ्गमनाङ्गस्याङ्गजाकास्की  तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।

जनसांख्यिकीय विवरण

०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,९२,४८० मध्ये यस प्रदेशको जनसङ्ख्या २४,६६,४२७ रहेको छ जुन कुल जनसङ्ख्याको ८.4 प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसङ्ख्या ११७०८३३ र महिलाको जनसङ्ख्या १२९५५९४ रहेको छ । भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० (०.८%)पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ (८६.५%) र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ (१२.७%) रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकी प्रदेशको कुल जनसङ्ख्या २४,६६,४२७ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १४.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला गोरखा (३,६१० व.कि.मि.) र सानो जिल्लापर्वत (४९४ व.कि.मि.) हुन् । गण्डकीे प्रदेशको राजधानी पोखरामा रहेको छ । यस प्रदेशको भूधरातललाई हिमाली क्षेत्र, पहाडी क्षेत्र र भित्रीमधेस क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ। पहाडी क्षेत्रले धेरै भूभाग ओगटेको छ । यस प्रदेशको उचाइ समुद्र सतहबाट १०३ मिटर (त्रिवेणी) देखि ८१६७ मिटर (धवलागिरि) सम्म फैलिएकोछ । मुख्य हिमालय र तिब्बती सीमान्त पर्वतहरूको बिचमा मनाङ, मुस्ताङ, छेकम्पार, चुमभोट जस्ता उपत्यका छन् । हिमाली प्रदेशको उत्तर मा सीमान्त हिमालय र मुख्य हिमालयका बिचमा मनाङ, मुस्ताङ जिल्ला पर्छन् । पहाडी क्षेत्रमा मध्य पहाड, महाभारत लेक र चुरेपर्वत पर्छन् । भित्रीमधेसमा नवलपरासी सुस्तापूर्वका भूभागपर्छन् ।

 

नेपालका प्रदेशहरूमा समावेश जिल्लाहरू

कोशी प्रदेश:

झापा  · इलाम  · पाँचथर  · ताप्लेजुङ  · मोरङ  · सुनसरी  · धनकुटा  · तेह्रथुम  · भोजपुर  · सङ्खुवासभा  · उदयपुर  · खोटाङ  · ओखलढुङ्गा  · सोलुखुम्बु

कर्णाली प्रदेश:

पश्चिम रुकुम  · सल्यान  · सुर्खेत  · दैलेख  · जाजरकोट  · डोल्पा  · जुम्ला  · कालिकोट  · मुगु  · हुम्ला

गण्डकी प्रदेश:

गोर्खा  · तनहुँ  · स्याङ्जा  · लमजुङ  · कास्की  · मनाङ  · मुस्ताङ  · पर्वत  · बागलुङ  · म्याग्दी  · नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०

बागमती प्रदेश:

काठमाडौँ  · ललितपुर  · भक्तपुर  · काभ्रेपलाञ्चोक  · धादिङ  · नुवाकोट  · सिन्धुपाल्चोक  · रसुवा  · रामेछाप  · दोलखा  · सिन्धुली  · मकवानपुर  · चितवन

मधेश प्रदेश:

धनुषा  · महोत्तरी  · सर्लाही  · सप्तरी  · सिराहा  · रौतहट  · बारा  · पर्सा

लुम्बिनी प्रदेश:

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०  · पाल्पा  · रूपन्देही  · कपिलवस्तु  · अर्घाखाँची  · गुल्मी  · दाङ  · प्युठान  · पूर्वी रुकुम  · रोल्पा  · बाँके  · बर्दिया

सुदूरपश्चिम प्रदेश:

कैलाली  · डोटी  · अछाम  · बाजुरा  · बझाङ  · कञ्चनपुर  · डडेल्धुरा  · बैतडी  · दार्चुला

 

गण्डकी प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यस प्रदेशको भित्रीमधेसमा उपोष्ण,पहाडी भूभागमा समशितोष्ण र हिमाली भूभागमा लेकाली र टुन्ड्रा हावापानी पाइन्छ । यहाँ सालाखाला वार्षिक वर्षा २५०० मि.मि. भन्दा बढीहुन्छ । यस प्रदेशमा नेपालको सबैभन्दा धेरै वार्षिक वर्षा हुने ठाउँ लुम्ले (५२८४ मि.मि.) र कम हुने ठाउँ मुस्ताङ (१४६ मि.मि.) रहेका छन् । गण्डकी प्रदेशजलसम्पदाको हिसाबले धनी छ । यो प्रदेश हुँदै मस्र्याङ्दी, मादी, सेती, दरौँदी र काली गण्डकी नदी बहन्छन् । वुढी गण्डकी र त्रिशूली नदी यो प्रदेश र बागमती प्रदेशको सीमा नदी हो । यस प्रदेशमा तिलिचो (मनाङ), फेवा, बेगनास र रूपाताल (कास्की) रहेका छन् । यहाँ तातोपानीका कुण्डहरू पनि रहेका छन् ।

गण्डकी प्रदेशमा मिश्रित जातजातिको बसोबास देखिन्छ । यस प्रदेशका मुख्य जातिहरू ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, छन्त्याल, थकाली आदि हुन् । जातजातिको बसोबास भौगोलिक क्षेत्रअनुसार फरक छ । पहाडी क्षेत्रमाक्षेत्री, बाहुन, दलित, नेवार, ठकुरी, मगर आदि बस्दछन्। भित्रीमधेसमा ब्राम्हण, क्षेत्री, मगर, थारु, माझी र अन्य जाति रहेका छन् । हिमाली क्षेत्रमा थकाली, गुरुङ, ल्होमी आदि जातजातिको बसोवास छ । गण्डकी प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (८२.९%)रहेको छ । यहाँ बौद्ध, इसाई, इस्लाम, बोनर प्रकृति धर्मालम्बीहरूको पनि बसोबास रहेको छ । गण्डकी प्रदेशमानेपाली भाषा बोल्ने मानिसहरूको बाहुल्य (७२.७%) रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू मगर, गुरुङ, नेवार, तामाङ, थारुआदि हुन् । गण्डकी प्रदेशकोऔसत साक्षरता दर ७५ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर ८३% र महिलाको साक्षरता दर६८%छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.६१ रहेको छ । यो प्रदेशगत हिसाबले दोस्रो बढी मानव विकास सूचकाङ्क रहेको प्रदेश हो ।

यस प्रदेशमा ल्होसर, दसैँ, तिहार, तोरन्ह्ल आदि चाडपर्व मनाइन्छ । मनकामना, मुक्तिनाथ, विन्ध्यवासिनी, बाग्लुङ कालिका, गलेश्वर महादेव यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् । यस प्रदेशमा रहेका गुरुङहरूको रोदी संस्कृति यस प्रदेशकोमौलिक पहिचान हो । घाटु, कौरा र सोरडी नृत्यले समेत यो प्रदेशसांस्कृतिकरूपमा धनी मानिन्छ । गण्डकी प्रदेशका७२.४ प्रतिशत मासिहरू कृषि पेसामा लागेका छन्। यस प्रदेशमा धान, मकै, गहुँ, को दो, फापर, दलहन, तेलहन, आलु बाली उत्पादन हुन्छन् । यस प्रदेशको हिमाली र पहाडी जिल्लाहरूका घाँसे मैदानहरूमा व्यावसायिक पशुपालनको सम्भावना रहेकोछ । कास्की, बागलुङ, पर्वत, तनहुँ र स्याङजा जिल्लामा तरकारी र कुखुरापालन व्यवसाय फस्टाएका छन् । यस प्रदेशको आर्थिक विकास र समृद्धिमा कृषि, वन, पर्यटनर पशुपालन व्यवसायकोयोगदान महइभ्वपूर्ण रहेको छ । गण्डकीप्रदेशकोप्रमुख औद्योगिक केन्द्र पोखरा हो । त्यस्तै नवलपरासी (सुस्तापूर्व मा पनि धेरै उद्योगहरू सञ्चालन भइरहेका छन् ।यहाँ फर्निचर, खाद्य पदार्थ, धातु, खनिज,चाउचाउ आदि उत्पादनसम्बन्धी उद्योगहरू छन्। गण्डकी प्रदेश व्यापार व्यवसायको प्रमुख केन्द्र हो । यसका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, वालिङ, गैँडाकोट, कावासोती, दमौली, कुस्मा, बेनी, बागलुङ, जोमसोम आदि हुन् । नवलपरासीको सुस्ता र मुस्ताङको कोरला नाका व्यापारिक सम्भावना बोकेका नाकाहरू हुन् । गण्डकी प्रदेशका प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासमा अहम् भूमिका खे लिरहेका छन् । यहाँ अन्नपूर्ण पद मार्ग, मुस्ताङ र मनाङ आदि प्रमुख पर्यटकीय गन्तव्य स्थलहरू रहेका छन् ।नेपाल भित्रिने विदेशी पर्यटकहरू करिब ३३ प्रतिशत पर्यटकहरू गण्डकी प्रदेशमा आउँछन् । पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि घले गाउँ, सिरवारी र विभिन्न पदमार्गहरूमा पाहुना तथा अतिथि सत्कार घरहरूसञ्चालन हुँदै आएका छन् । गण्डकी प्रदेशमा विद्युत् उत्पादनको प्रचुर सम्भावनारहेको छ ।

यहाँ कालिगण्डकी, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी,मोदी, अपर मोदी, आदि ठुला साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेका छन् । गण्डकीप्रदेश सडक र हवाईमार्गको पूर्वाधार विकासमा अगाडि छ । यस प्रदेशको पोखरा अन्तर्राष्ट्रिय विमान स्थलले यहाँको पर्यटन विकासमा ठुलो योगदान पु¥याउने देखिन्छ ।यस प्रदेशको राजधानीबाट प्रदेशका सबै जिल्लाहरू, काठमाडौँ र तराई जोड्ने सडक सञ्जाल र हवाई सेवाबाट जोडिएका छन् । यहाँबाट भारतका केहीसहरमा समेत हवाज सुविधा उपलब्ध हुँदै आएको छ । यस प्रदेशमा सिद्धार्थ राजमार्गले तराई, पृथ्वीराजमार्गले काठमाडौँ र पोखरा बेनीजोमसोम राजमार्गले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लासँगको आवतजावतलाई सहज बनाएको छ । मनकानमना, मक्तिनाथ, बाग्लुङ कालिका आदि धार्मिक पर्यटनका लागि प्रसिद्ध छन् भने पोखरा आन्तरिक र बाह्य पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा रहेको छ ।

गण्डकी प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।

१) मुस्ताङ जिल्ला २) मनाङ जिल्ला ३) म्याग्दी जिल्ला ४) स्याङ्जा जिल्ला ५) कास्की जिल्ला ६) बागलुङ  जिल्ला ७) पर्वत जिल्ला ८) तनहुँ जिल्ला ९) लम्जुङ जिल्ला १०) गाेरखा जिल्ला  ११) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गण्डकी प्रदेश  अनर्तगत रहेका स्थानीय तहहरूकाे विवरण

महानगरपालीका जम्मा संख्या –     नगरपालीका – २६ , गाउँपालीका – ५८   जम्मा स्थानियतह संख्या –  ८५

महानगरपालीका जम्मा संख्या –    

क्र.स.

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

वेवसाईट

पोखरा महानगरपालिका

कास्की

महानगरपालिका

pokharamun.gov.np

नगरपालीका – २६

क्र.स.

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

वेवसाईट

1

गोरखा नगरपालिका

गोरखा

नगरपालिका

gorkhamun.gov.np

2

पालुङटार नगरपालिका

गोरखा

नगरपालिका

palungtarmun.gov.np

बेसीशहर नगरपालिका

लमजुङ

नगरपालिका

besishaharmun.gov.np

4

मध्यनेपाल नगरपालिका

लमजुङ

नगरपालिका

madhyanepalmun.gov.np

5

रार्इनास नगरपालिका

लमजुङ

नगरपालिका

rainasmun.gov.np

सुन्दरबजार नगरपालिका

लमजुङ

नगरपालिका

sundarbazarmun.gov.np

7

भानु नगरपालिका

तनहुँ

नगरपालिका

bhanumun.gov.np

8

भिमाद नगरपालिका

तनहुँ

नगरपालिका

bhimadmun.gov.np

व्यास नगरपालिका

तनहुँ

नगरपालिका

vyasmun.gov.np

10

शुक्लागण्डकी नगरपालिका

तनहुँ

नगरपालिका

shuklagandakimun.gov.np

11

गल्याङ नगरपालिका

स्याङजा

नगरपालिका

galyangmun.gov.np

१२

चापाकोट नगरपालिका

स्याङजा

नगरपालिका

chapakotmun.gov.np

13

पुतलीबजार नगरपालिका

स्याङजा

नगरपालिका

putalibazarmun.gov.np

14

भीरकोट नगरपालिका

स्याङजा

नगरपालिका

bheerkotmun.gov.np

१५

वालिङ नगरपालिका

स्याङजा

नगरपालिका

walingmun.gov.np

16

बेनी नगरपालिका

म्याग्दी

नगरपालिका

benimun.gov.np

17

कुश्मा नगरपालिका

पर्वत

नगरपालिका

kushmamun.gov.np

१८

फलेवास नगरपालिका

पर्वत

नगरपालिका

phalewasmun.gov.np

19

बागलुङ नगरपालिका

वाग्लुङ

नगरपालिका

baglungmun.gov.np

20

गल्कोट नगरपालिका

वाग्लुङ

नगरपालिका

galkotmun.gov.np

२१

जैमूनी नगरपालिका

वाग्लुङ

नगरपालिका

jaiminimun.gov.np

22

ढोरपाटन नगरपालिका

वाग्लुङ

नगरपालिका

dhorpatanmun.gov.np

23

कावासोती नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

नगरपालिका

kawasotimun.gov.np

२४

गैडाकोट नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

नगरपालिका

gaindakotmun.gov.np

25

देवचुली नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

नगरपालिका

devchulimun.gov.np

26

मध्यविन्दु नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

नगरपालिका

madhyabindumun.gov.np

गाउँपालीका – ५८

क्र.स.

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

वेवसाईट

1

बारपाक सुलिकोट गाउँपालिका

गोरखा

गाउँपालिका

barpaksulikotmun.gov.np

सिरानचोक गाउँपालिका

गोरखा

गाउँपालिका

siranchowkmun.gov.np

अजिरकोट गाउँपालिका

गोरखा

गाउँपालिका

ajirkotmun.gov.np

4

आरूघाट गाउँपालिका

गोरखा

गाउँपालिका

aarughatmun.gov.np

गण्डकी गाउँपालिका

गोरखा

गाउँपालिका

gandakimun.gov.np

चुमनुव्री गाउँपालिका

गोरखा

गाउँपालिका

chumanuwrimun.gov.np

7

धार्चे गाउँपालिका

गोरखा

गाउँपालिका

dharchemun.gov.np

भिमसेनथापा गाउँपालिका

गोरखा

गाउँपालिका

bhimsenmun.gov.np

शहिद लखन गाउँपालिका

गोरखा

गाउँपालिका

shahidlakhanmun.gov.np

10

क्व्होलासोथार गाउँपालिका

लमजुङ

गाउँपालिका

kwholasotharmun.gov.np

११

दूधपोखरी गाउँपालिका

लमजुङ

गाउँपालिका

dudhpokharimun.gov.np

१२

दोर्दी गाउँपालिका

लमजुङ

गाउँपालिका

dordimun.gov.np

13

मर्स्याङदी गाउँपालिका

लमजुङ

गाउँपालिका

marsyangdimun.gov.np

१४

आँबुखैरेनी गाउँपालिका

तनहुँ

गाउँपालिका

aanbookhairenimun.gov.np

१५

ऋषिङ्ग गाउँपालिका

तनहुँ

गाउँपालिका

rishingmun.gov.np

16

घिरिङ गाउँपालिका

तनहुँ

गाउँपालिका

ghiringmun.gov.np

१७

देवघाट गाउँपालिका

तनहुँ

गाउँपालिका

devghatmun.gov.np

१८

म्याग्दे गाउँपालिका

तनहुँ

गाउँपालिका

myagdemun.gov.np

19

वन्दिपुर गाउँपालिका

तनहुँ

गाउँपालिका

bandipurmun.gov.np

२०

अर्जुनचौपारी गाउँपालिका

स्याङजा

गाउँपालिका

arjunchauparimun.gov.np

२१

आँधिखोला गाउँपालिका

स्याङजा

गाउँपालिका

aandhikholamun.gov.np

22

कालीगण्डकी गाउँपालिका

स्याङजा

गाउँपालिका

kaligandakimunsyangja.gov.np

२३

फेदीखोला गाउँपालिका

स्याङजा

गाउँपालिका

phedikholamun.gov.np

२४

बिरुवा गाउँपालिका

स्याङजा

गाउँपालिका

biruwamun.gov.np

25

हरिनास गाउँपालिका

स्याङजा

गाउँपालिका

harinasmun.gov.np

२६

अन्नपूर्ण गाउँपालिका

कास्की

गाउँपालिका

annapurnamunkaski.gov.np

२७

माछापुच्छ्रे गाउँपालिका

कास्की

गाउँपालिका

machhapuchhremun.gov.np

28

मादी गाउँपालिका

कास्की

गाउँपालिका

madimunkaski.gov.np

२९

रूपा गाउँपालिका

कास्की

गाउँपालिका

rupamun.gov.np

३०

चामे गाउँपालिका

मनाङ

गाउँपालिका

chamemun.gov.np

31

नार्पा भूमि गाउँपालिका

मनाङ

गाउँपालिका

narpabhumimun.gov.np

३२

नासोँ गाउँपालिका

मनाङ

गाउँपालिका

nasonmun.gov.np

३३

मनाङ ङिस्याङ गाउँपालिका

मनाङ

गाउँपालिका

manangngisyangmun.gov.np

34

घरपझोङ गाउँपालिका

मुस्ताङ

गाउँपालिका

gharapjhongmun.gov.np

३५

थासाङ गाउँपालिका

मुस्ताङ

गाउँपालिका

thasangmun.gov.np

३६

लो-घेकर दामोदरकुण्ड गाउँपालिका

मुस्ताङ

गाउँपालिका

dalomemun.gov.np

37

लोमन्थाङ गाउँपालिका

मुस्ताङ

गाउँपालिका

lomanthangmun.gov.np

३८

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

मुस्ताङ

गाउँपालिका

bahragaumuktichhetramun.gov.np

३९

अन्नपुर्ण गाउँपालिका

म्याग्दी

गाउँपालिका

annapurnamunmyagdi.gov.np

40

धवलागिरी गाउँपालिका

म्याग्दी

गाउँपालिका

dhawalagirimun.gov.np

४१

मंगला गाउँपालिका

म्याग्दी

गाउँपालिका

mangalamun.gov.np

४२

मालिका गाउँपालिका

म्याग्दी

गाउँपालिका

malikamunmyagdi.gov.np

43

रघुगंगा गाउँपालिका

म्याग्दी

गाउँपालिका

raghugangamun.gov.np

४४

जलजला गाउँपालिका

पर्वत

गाउँपालिका

jaljalamun.gov.np

४५

पैयूं गाउँपालिका

पर्वत

गाउँपालिका

paiyunmun.gov.np

46

महाशिला गाउँपालिका

पर्वत

गाउँपालिका

mahashilamun.gov.np

४७

मोदी गाउँपालिका

पर्वत

गाउँपालिका

modimun.gov.np

४८

विहादी गाउँपालिका

पर्वत

गाउँपालिका

bihadimun.gov.np

49

वरेङ गाउँपालिका

वाग्लुङ

गाउँपालिका

barengmun.gov.np

५०

काठेखोला गाउँपालिका

वाग्लुङ

गाउँपालिका

kathekholamun.gov.np

५१

तमानखोला गाउँपालिका

वाग्लुङ

गाउँपालिका

tamankholamun.gov.np

52

ताराखोला गाउँपालिका

वाग्लुङ

गाउँपालिका

tarakholamun.gov.np

५३

निसीखोला गाउँपालिका

वाग्लुङ

गाउँपालिका

nisikholamun.gov.np

५४

वडिगाड गाउँपालिका

वाग्लुङ

गाउँपालिका

badigadmun.gov.np

55

बौदीकाली गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गाउँपालिका

bungdikalimun.gov.np

५६

बुलिङटार गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गाउँपालिका

bulingtarmun.gov.np

५७

विनयी त्रिवेणी गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गाउँपालिका

binayitribenimun.gov.np

58

हुप्सेकोट गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गाउँपालिका

hupsekotmun.gov.np

 

तथ्याङकको श्रोतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 


Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team