‘समस्याबाट भाग्नु भनेको
अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ,
यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न
सक्दैन ।’
विभिन्न सन्दर्भमा विचारक, दार्शनिक
एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ ।
यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै
प्रेरणादायी हुने गर्छन् । अतः यहाँ त्यस्तै विचारक, दार्शनिक
आदिको भनाइ समावेश गरिएको छ ।
यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि
फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।
अज्ञात
त्यही काम चयन गर, जो
तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन ।
कन्फ्युसियस
यी छ सुख हुन्, निरोगी
हुनु, ऋणि नहुनु, परदेशमा नरहनु,
राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले
जीविका चलाउनु र निडर हुनु ।
विदुर नीति
तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल
हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो
दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ
।
अज्ञात
क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले
बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब
तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
श्रीमद्भागवत गीता
स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष
सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
गौतमबुद्ध
आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा
पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू
हरेक समय बहाना खोजिरहन्छन् ।
अज्ञात
६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी,
क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।
विदुर नीति
एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न
सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई
मनबाटै र जोडदार प्रयासका साथ गर ।
चाणक्य
कुनैपनि काम सुरुवात गर्नका लागि महान
हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।
अज्ञात
आधा दु:ख गलत मानिससँग भरोसा राख्दा
हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।
अज्ञात
भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन
बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही
बाटोमा हिँड्छ ।
अज्ञात
जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो
सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।
अज्ञात
जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत
गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन ।
यो मानिसको सबैभन्दा ठूलो कायरता हो ।
अज्ञात
काम (वासना), क्रोध
र लोभ । यी तीन नर्कको ढोका हो ।
सन्त कवीर
महान कार्य गर्ने एउटै तरिका हो, तिमी
जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज ।
स्टिभ जब्स
यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता,
इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति
अनुसार दान दिने र कृतज्ञता ।
विदुर नीति
जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब
सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ
तरवारको अर्थ हुँदैन ।
अज्ञात
ऋण, शत्रु र रोग समाप्त
गर्नुपर्छ।
चाणक्य नीति
यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई
अर्कोसँग लुकाउन जरुरत हुन्छ।
जवाहरलाल नेहरु
अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति
जान्ने इच्छा नराख्नु हो ।
अज्ञात
जसलाई हार्न डर लाग्छ, उसको
हार निश्चित छ ।
नेपोलियन
Leave Your Comment