Blog Details

सबै सङ्गठित संस्थाका (अप्राविधिक) चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षा(Preliminary/Pre-Qualifying Examination)को पाठ्यक्रम

SS Team 2025-06-14 22:48:23 7253 13

सङ्गठित संस्थाका पदपूर्तिको लागि लोक सेवा आयोगबाट लिइने सबै सङ्गठित संस्थाका (अप्राविधिक) चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षा(Preliminary/Pre-Qualifying Examination)को पाठ्यक्रम

पाठ्यक्रमको रुपरेखाः—एकीकृत परीक्षा प्रणाली (Unified Examination System) को आधारमा निम्नानुसारको पूर्व योग्यता परीक्षा (Preliminary/Pre-Qualifying Examination) हुनेछ ।

परीक्षा योजना (Examination Scheme)

पत्र/विषय

पूर्णाङ्क

उतीर्णाङ्क

परीक्षा प्रणाली

प्रश्न संख्या×अङ्क

समय

सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी(General Awareness, Management, Mathematics & Service Related)

 

 

100

 

 

45

वस्तुगत  बहुवैकल्पिक प्रश्न (Multiple Choice Questions)

५० प्रश्न × २ अङ्क

मिने

द्रष्टव्यः

१.   एकीकृत परीक्षा प्रणालीका आधारमा सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्था वा एक भन्दा बढी सङ्गठित संस्थाका (अप्राविधिक) चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको लागि अनिवार्य हुनेछ ।

२.   प्रश्नपत्रको माध्यम भाषा नेपाली वा अंग्रेजी वा दुवै हुनेछ ।

३.   वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन ।

४.   बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन ।

५.   परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा तोकिए अनुसार हुनेछ ।

६.   यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र÷विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भएता पनि पाठ्यक्रममा परेका संविधान, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा तीन महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ ।

७.   पूर्व योग्यता परीक्षा (Pre-Qualifying Examination) बाट छनौट भएका उम्मेदवारलाई मात्र सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने मूल परीक्षा (Main Examination) मा सम्मिलित गराइनेछ।

८.   पूर्व योग्यता परीक्षामा उत्र्तीण हुने उम्मेदवारलाई एक बर्षको लागि प्रमाणपत्र प्रदान गरिनेछ ।

९.   पाठ्यक्रम स्वीकृत मितिः २०८२/०२/२७

 

 


 

पत्र/विषय(Paper/Subject):

सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी (General Awareness, Management, Mathematics & Service Related) (50 MCQs × 2 Marks = 100 Marks)

1.      भूगोल, वातावरण र जनसंख्या (Geography, Environment and Population) (10 marks)

1.1     विश्वको भूगोल (महादेश, महासागर, अक्षांश, देशान्तर, पर्वतश्रृंखला, नदी र ताल) सम्बन्धी सामान्य ज्ञान (General knowledge about the geography of the world (continents, oceans, latitude, longitude, mountain range, rivers and lakes)

1.2     नेपालको भूगोल सम्बन्धी ज्ञान ९भौगोलिक अवस्था, धरातलीय विशेषता, भौगोलिक स्वरूप, प्राकृतिक स्रोत र साधनहरू, हावापानी र जनजीवन (Knowledge about the geography of Nepal (geographical location, terrestrial features/topography, natural resources, climate and life)

1.3     पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिर्वतन, वातावरण व्यवस्थापन, जनसंख्या,शहरीकरण, बसोवास सम्बन्धी ज्ञान(Knowledge about environment, biodiversity, sustainable development, climate change, environmental management, population, urbanization, settlement)

 

2.      इतिहास र संस्कृति (History and Culture) (10 marks)

2.1     विश्वका महत्वपूर्ण ऐतिहासिक घटनाहरू सम्बन्धी सामान्य ज्ञान (General knowledge about important historical events of the world)

2.2     नेपालको इतिहास (किराँतकाल, लिच्छविकाल, èयकाल, आधुनिक इतिहास) का महत्वपूर्ण घटनाहरू(Knowledge about important events, social and cultural conditions in the history of Nepal (Kiranta period, Lichchhavi period, Medieval period, Modern history)

2.3     सामाजिक एवं सांस्कृतिक अवस्था सम्बन्धी ज्ञान, नेपालको सामाजिक पक्षहरू लगायत परम्परा, मूल्य र मान्यता, धर्म, संस्कृति, जात÷जाति, भाषा, खेलकुद, कला र साहित्य सम्बन्धी ज्ञान (Knowledge about Nepal's social aspects including traditions, norms and values, religions, cultures, castes/ethnicities, languages, sports, arts and literature)

 

3.      आर्थिक पक्ष र विकास (Economic Aspects and Development) (10 marks)

3.1     नेपालका आर्थिक परिसूचकहरू (आर्थिक वृद्धि, कुल गार्हस्थ्य उत्पादन, राष्ट्रिय आय, प्रति व्यक्ति आय, चालू खाता, भुक्तानी सन्तुलन, शोधनान्तर स्थिति, विप्रेषण, वैदेशिक लगानी र वैदेशिक सहयोग) सम्बन्धी सामान्य ज्ञान(General knowledge about Nepal's economic indicators (economic growth, gross domestic product, national income, per capita income, current accounts, balance of payment, remittance, foreign investment and foreign aid)

3.2     नेपालमा कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, शिक्षा, स्वास्थ्य, उर्जा र पूर्वाधार विकासको विद्यमान अवस्था सम्बन्धी सामान्य ज्ञान (General knowledge about the present status of agriculture, industry, trade, tourism, transportation, communication, education, health, energy and infrastructure development in Nepal)

3.3     नेपालमा योजनाबद्ध विकास र चालू आवधिक योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीतिहरू (Planned development in Nepal and long-term vision, goals, objectives and strategies of the current periodic plan)

4.     शासन पद्धति र संविधान (Governance and Constitution) (10 marks)

4.1    कानूनको अर्थ, महत्व र कानूनका स्रोतहरू(Meaning, importance and sources of laws)

4.2    नेपालको संवैधानिक विकास(Constitutional development of Nepal)

4.3    नेपालको संविधान (भाग १ देखि सम्म र अनुसूचीहरू)(The Constitution of Nepal (Parts 1 to 5 and Schedules)

4.4   नेपालको शासन पद्धति तथा संघ, प्रदेश र स्थानीय सरकार(Nepal's governance system and federal, provincial and local governments)

4.5    लोकतन्त्र, मानव अधिकार, आवधिक निर्वाचन र वालिग मताधिकार(Democracy, human rights, periodic election and adult franchise)

 

5.      अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय संघ÷संस्था (International Affairs and International Institutions/Organizations) (10 marks)

5.1     भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान र अन्य सार्क मुलुकसँग नेपालको सम्बन्ध(Nepal's relations with India, China, Britain, America, Russia, France, Japan and other SAARC countries)

5.2    संयुक्त राष्ट्र सङ्घ स्थापना, उद्देश्य, अङ्ग, विशिष्टीकृत संस्था र गतिविधि (United Nations: Establishment, Objectives, Organs, Specialized Agencies and Activities)

5.3     दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन स्थापना, उद्देश्य, अङ्ग र गतिविधि (South Asian Association for Regional Cooperation (SAARC) :Establishment, Objectives, Organs and Activities)

5.4    बिमस्टेक, आसियान, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, साफ्टासम्बन्धी ज्ञान (Knowledge about BIMSTEC, ASEAN, European Union, World Bank, International Monetary Fund, Asian Development Bank, Asian Infrastructure Investment Bank, SAFTA)

6.      विज्ञान प्रविधि, जनस्वास्थ्य र समसामयिक गतिविधिहरू(Science Technology, Public Health and Current Affairs) (10 marks)

6.1     वैज्ञानिक मापन, मापन पद्घति र एकाई सम्वन्धी ज्ञान (Knowledge about scientific measurement, measurement systems and units)

6.2     मानव जीवन र समाजमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नवीनतम गतिविधि (Major scientific inventions and latest activities that have a direct impact on human life and society)

6.3     कम्प्युटर र यसको प्रयोग, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामान्य ज्ञान(General knowledge about computer and its applications, and Knowledge and communication technology)

6.4    जनस्वास्थ्य, रोग, खाद्य, पोषण, सरसफाई, दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू (साबुन, प्लाष्टिक,रेसा, काँच, मल र कीटनाशक औषधी) सम्बन्धी ज्ञान(Knowledge about public health, diseases, food, nutrition, sanitation, materials used in daily life (soaps, plastics, fibers, glasses, fertilizers and pesticides)

6.5     राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक घटना एवं गतिविधि सम्वन्धी ज्ञान(Current events and activities of national and international importance of science technology, public health and current affairs)

 

7.      कार्यालय तथा सार्वजनिक व्यवस्थापन (Office and Public Management) (10 marks)

7.1     कार्यालयको परिचय, महत्व, कार्य र प्रकार (Office: introduction, importance, functions and types)

7.2    कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन (Importance, types and means of communication in office)

7.3     कार्यालय कार्यविधि,पत्र व्यवहार, दर्ता र चलानी, फाइलिङ, परिपत्र, तोक आदेश र टिप्पणी(Office procedures: letter-correspondence, registration and dispatch, filing, circulars, orders and Tippani/memo)

7.4    अभिलेख व्यवस्थापन  (Records management)

7.5    (सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्वन्धी ज्ञान(Knowledge related to directing, control, coordination, decision-making process, motivation and leadership in public management)

7.6     सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू(Meaning of public service delivery, service delivery bodies, methods and means)

7.7    सार्वजनिक बडापत्र : महत्व र आवश्यकता (Public charter: importance and necessity)

7.8    विद्युतीय शासन प्रणालीको सामान्य परिचय (General introduction to E-governance system)

7.9    मानवीय मूल्य र मान्यता, नागरिक अधिकार, कर्तव्य र दायित्व तथा अनुशासन(Human values and beliefs, civic rights, duties and responsibilities and discipline)

8.     व्यवहारिक गणित (Applied Mathematics) (10 marks)

8.1     गणितका आधारभूत क्रियाहरू, ऐकिक नियम, भिन्न र दशमलव, प्रतिशत, अनुपात र समानुपात, नाफा र नोक्सान, कर र कमिशन, साधारण ब्याज र मिश्रित ब्याज, औसत/मध्यक,संभाव्यता (Fundamental operations in mathematics, unitary method, fraction and decimal, percentage, ratio and proportion, profit and loss, tax and commission, simple interest and compound interest, average/mean, probability

9.      सार्वजनिक संस्थान अवधारणा,विकास,उद्देश्य र महत्वसम्वन्धी ज्ञान (Knowledge about Public Enterprises) (20 marks)

9.1      सार्वजनिक संस्थानको अवधारणा, विकासक्रम, उद्देश्य र महत्व (Concept, development, objectives and importance of public enterprises)

9.2     नेपालमा सार्वजनिक संस्थानको वर्गीकरण र क्षेत्रगत अवधारणा (Classification and sectoral concept of the public enterprises in Nepal)

9.3      सार्वजनिक संस्थानको विद्यमान अवस्था र गतिविधि(Current status and activities of the public enterprises in Nepal)

9.4     संस्थागत सुशासन र संस्थागत सामाजिक उत्तरदायित्व(Corporate governance and corporate social responsibility (CSR)

9.5     आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका(Roles of public enterprises in economic development)

9.6      सार्वजनिक संस्थानको निजीकरण र विश्वव्यापीकरण(Privatization and globalization of public enterprises)

9.7     सार्वजनिक संस्थानको मानव संशाधन व्यवस्थापन सम्वन्धी सामान्य ज्ञान (General knowledge about human resource management of public enterprises)

9.8     बजेट, लेखा प्रणाली, लेखापरीक्षण र वित्तीय साक्षरता सम्वन्धी सामान्य ज्ञान (General knowledge about budget, accounting system, auditing system and financial literacy)

9.9     नेपालको वित्तीय नियामक निकाय (नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड) सम्वन्धी (General knowledge about financial regulatory authorities of Nepal (Nepal Rastra Bank, Nepal Insurance Authority, Securities Board of Nepal)

 

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team