नान्यदेव नाम गरेका व्यक्तिले वि.स.
११५४ मा सिमरालाई राजधानी बनाई सिम्रौनगढ राज्य स्थापना गरेकाथिए
। यिनी कर्नाटकका राजा विक्रमादित्य छैटौँका प्रधान सेनापति थिए । उत्तर भारतमा
आएर पहिले नैयिनले
नान्यपुरमलाई राजधानी बनाएका थिए । उनले स्थापना गरेको सिम्रौनगढ राज्यलाई तिरहुत
तथा डोयराज्यको
नामले समेत चिनिन्थ्यो । यो राज्यको सिमाना पूर्वमा कोशी नदी, पश्चिममा
राप्ती नदी, उत्तरमाचुरे
पर्वत तथा दक्षिणमा भागीरथी नदीसम्म फैलिएको थियो । यो राज्यका संस्थापक
नान्यदेवले आफ्नो राज्यविस्तारका लागि काठमाडौँ उपत्यकामाथि समेत आक्रमण
गरेका थिए । यो आक्रमणमा उपत्यकाका फौजलेनान्यदेवको
फौजलाई खड्गले काटेर पराजित गरेका थिए । नान्यदेवपछिका मल्ल देव, गङ्गा
देव, नरसिंहदेव, रामसिंह
देव, हरसिंह
देव आदि यहाँका प्रसिद्ध राजाहरू हुन् । नान्यदेवपछि उनका छोराहरू मल्ल देव र
गङ्गा देव राजा भएको भन्ने पाइन्छ । गङ्गा देव राजकाजलाईव्यवस्थित
गर्नका लागि राज्यलाई विभिन्न पगन्नाहरूमा विभाजन गरी प्रत्येक
प्रगन्नामा “चौधरी” हरूकोनियुक्ति गर्ने प्रावधान बनाएका थिए ।
प्रगन्ना भनेको धेरै गाउँहरू मिलाई बनाएको ठुलो भूभाग हो । योभूभागको
प्रशासन चलाउने जिम्मेवारी चौधरीलाई दिइन्थ्यो । गङगा देवको मृत्यृ पछि नरसिंह देवले
यहाँकोराज्यभार
सम्हालका थिए । यिनी धर्मात्मा र दयालू
राजा थिए । इतिहासकारहरूले रामसिंह देवलाई तिरहुतका कशल तथा प्रतापी राजाका
रूपमा व्याख्या गरेका छन् । यिनले आफ्नो दरबार र राज्यको सुरक्षाका लागिनिकै
बलियो किल्ला बनाएका थिए । किल्लाभित्र यिनको दरबार थियो । दरबारलाई शत्रुहरूबाट
सुरक्षितराख्नका
लागि सातओटा पर्खाल र एक्काइसओटा खाल्टाहरू बनाइएको थियो । हरेक खाल्टालाई पानीलेभरिएको
थिया । दरबारमा एघारओटा ढोकाहरू थिए । प्रत्येक ढोकामा धनुर्विद्यामा कुशल
योद्धाहरूराखिएका
थिए । यिनको शासनकालमा कला,
संस्कृति, भाषा तथा
साहित्यको राम्रो विकास भएको थियो । यिनले विद्वानहरूको निकै सम्मान
गर्दथे । कानुनी राज्यको स्थापनाका लागि सनातन विधिअनुसार अनेकनियमहरू
बनाई कार्यान्वयन गरेका थिए । प्रसिद्ध तथा अन्तिम कर्नाटक राजा
हरसिंह देव कसका उत्तराधिकारी हुन् भन्ने कुरा स्पष्ट छैन । हरसिंह देवलेआफ्नो
शासनकालमा काठमाडौँ उपत्यकामाथि पटक पटक हमला गर्दा यहाँको जनजीवन तहसनहस भएकोथियो
। यिनले इष्टदेवी तलेजु भवानीलाई सिम्रौनगढबाट भक्तपुरमा ल्याई स्थापित गरेका थिए
। वि.स. १३८२मा
हरसिंह देवको शासनकालमा दिल्लीका सुल्तान गयासुद्धीन तुगलकले सिम्रौनगढमाथि आक्रमण
गरी यो राज्यध्वस्त
पारिदिए । युद्धमा पराजित भएपछि राजा हरसिंह देव घाइते भई सपरिवार दोलखातिर भाग्ने
क्रममा बाटैमाउनको
मृत्यु भयो । राजाको मृत्युले रानी देवलदेवी,
छोरा जगतसिंह तथा अन्य सहयोगीहरू अलपत्र
परिरहेकाथिए
। यस अवस्थामा काठमाडौँ उपत्यकाका राजा रुद्र मल्लले उनीहरूलाई भादगाउ्रँ दरबारमा
शरण दिएरराखे
। देवलदेवीले आफ्नो साथमा तुलजा भवानी पनि ल्याएकी थिइन् । यिनलाई भक्तपुरमै
स्थापित गरियोर
मल्ल राजाहरूले समेत तुलजा भवानीलाई आफ्नी इष्टदेवी मानेर उनको आराधना गर्न थाले ।
यसपछिदेवलदेवी
काठमाडौँ उपत्यकामा समेत सक्रिय भएको पाइन्छ । देवलदेवी राजा रुद्र मल्लकी दिदी
हुन् । कर्नाटक वंशीय राजाहरूको पतन भएपछि
दिल्लीका सुल्तान गयासुद्दीनले कामेश्वर ठाकुर नामक एकब्राहमणलाई
सिम्रौनगढको राजा बनाए । यो वंशले पनि करीब २०० वर्षसम्म यहाँ राजकाज सञ्चालन गरे
। सिम्रौनगढको सभ्यताअन्वेषण
र उत्खनन्का आधारमा सिम्रौनगढ राज्यकोसभ्यताको अध्ययन
भएको छ । त्यहाँको सभ्यतालाईनिम्नअनुसार वर्णन गर्न सकिन्छः १. वास्तुकला सिम्रौनगढमा पाइएका विभिन्न
अवशेषहरूको अध्ययन गर्दात्यहाँ वास्तुकलाको राम्रो विकास भएको
पाइएको थियो ।किल्ला
वास्तु, सुरक्षा
वास्तु, प्रासाद
वास्तु, भवन
वास्तु तथाइनार
आदि यहाँका वास्तुकलाका उदाहरणहरू हुन् । यहाँविभिन्न
संरचनाहरूको निमार्णका लागि पाकेका इँटाहरूकोप्रयोग
हुने गरेको थियो । २. मूर्तिकला मूर्तिकला सिम्रौनगढको महत्वपूर्ण
सभ्यता तथा संस्कृति मानिन्छ । ढुङ्गाका मूर्ति तथा माटाका विभिन्नखेलौनाहरू
समेत यहाँ उपलब्ध भएका छन् । तलेजुको मूर्ति,
कङ्काली देवीको मूर्ति र गढीमाइको मूर्तित्यसकालको
मूर्तिकलाका नमुनाहरू हुन् । तर दिल्लीका सुल्तान गयासुद्दीन तुगलकले सिम्रौनमा
गरेकोआक्रमणमा
धेरै मूर्तिहरू खण्डित वा क्षतिग्रस्त हुन पुगेको देखिन्छ। ३. सिम्रौनगढको भोजन सिम्रौनगढको उत्खनन गर्दा माछाका
काँडा, बँदेलका
नङ्ग्रा तथा घोँगीका अवशेषहरू पाइएका छन् । यीअवशेषहरू
अध्ययन गर्दा माछा मासु तत्कालीन सिम्रौनगढको भोजनका परिकारहरू थिए भन्ने अनुमान
गर्नसकिन्छ
। ४. लिपि सिम्रौनगढका राजा रामसिंह देवका केही
अभिलेखका अवशेषहरू पाइएका छन् । ती अभिलेखहरूमा मैथिलीभाषा
र लिपिको प्रयोग भएको देख्दा सिम्रौनगढमा मैथिली भाषा र लिपिको प्रचलन गरेको कुरा
बुझिन्छ । ५. मुद्राको विकास सिम्रौनगढ राज्यमा मुद्राको अवशेष
नपाइएको र बोराका बोरा कौडाहरू पाइएकाले मुद्राका रूपमा कौडाकोप्रयोग
भएका हुन सक्छ । पैसालाई कौडी भन्ने चलन यहीँबाट चलेको हुनसक्छ । ६. धर्म सिम्रौनगढ राज्य हिन्दु सनातन धर्ममा
आधारित थियो । यहाँका मानिसहरूले मूर्तिपूजा गर्दथे । यहाँकाराजा
तथा जनताले सनातन धर्मको अवलम्बन गरे पनि अन्य धर्महरूको सम्मान गर्दथे । राजा
रामसिंहदेवले
तिब्बती भिक्षुहरूप्रति अगाध आदर र सम्मान प्रकट गरेका थिए । सैनिक सङ्गठनका दृष्टिकोणले यो
सभ्यता निकै बलियो र सशक्त थियो । नान्यदेव तथा हरिसिंहदेवलेपटकपटक
उपत्यका माथि हमला गरी यहाँको जनजीवन तहसनहस बनाउनु, सिम्रौनगढमा
बलियो सातपत्रेकिल्ला निर्माण गर्नु तथा गयासुद्दीन तुगलकसँग
मुकाविला गर्न तयार हुनुले यहाँको सैनिक सङ्गठन बलियोथियो
भन्ने कुरा पुष्टि गर्दछ । त्यसैगरी राज्यको आन्तरिक प्रशासनसमेत निकै बलियो र
प्रभावकारी थियो । राज्य सञ्चालनका लागि
विकेन्द्रीकरणको अभ्यास गर्न थालिएको थियो । कर सङ्कलन र व्यवस्थापनका लागिचौधरी
र पटवारीहरू नियुक्त गर्ने चलन चलेको थियो । न्याय व्यवस्थाका लागि सनातन विधिमा
आधारितकानुन
निमाण गरी कानुनी राज्यको अवधारणासमेत अघि बढेको थियो । यहाँ भाषा र साहित्यको पनि
राम्रैविकास
भएको र विद्वानवर्गले सम्मान पाएका उदाहरणहरू पाइन्छन् । धार्मिक दृष्टिले यो
राज्य सनातनहिन्दु
संस्कृतिमा आधारित थियो । यहाँ शक्तिदेवीको आराधना तथा पूजापाठ हुने गर्दथे ।
राजपरिवारलेतुलजा÷तलेजुलाई
आफ्नी इष्टदेवी मान्दथे । त्यसैगरी गढीमाईको स्थापना पनि यही कालमा भएको थियो । हरिसिंहदेवले काठमाडौँ उपत्यकामा आक्रमण
गरेपछि पशुपतिनाथको दर्शन गरेका र तुलादान गरेकाप्रमाणहरूले
कर्नाटक वंशीय राजाहरू निकै धार्मिक थिए भन्ने कुरा स्पष्ट पार्दछन् । त्यस
सभ्यतामा साधारणवर्गका नारीको स्थान के थियो भन्ने कुरा
स्पष्ट नभए पनि राजदरबारका नारीहरू सम्मानित हुन्थे । देवलदेवीभक्तपुर
दरबारमा समेत सक्रिय भएको हुँदा उक्त समयमा नारीहरूको भूमिका उच्च रहेको देखिन्छ । सिम्रौनगढको सभ्यताले काठमाडौँ
उपत्यकामा पनि प्रभाव पारेको थिया । सिम्रौनगढका किल्लाहरूबाटप्रभावित
भएर उपत्यकाका राजाहरूले विभिन्न किल्लाहरूको निर्माण गरेका थिए । उपत्यकाका
मठमन्दिरतथा
पाटी पौवाहरूको निर्माणमा समेत सिम्रौनगढ सभ्यताको प्रभाव परेको थियो । तलेजु
भवानीलाईसिम्रौनगढबाट
ल्याई यहाँ स्थापित गरिएको थियो । उपत्यकाको साहित्य र सङ्गीतमा मैथिली भाषाको
व्यापकप्रयोग
हुन्थ्यो । कतिपय मल्ल राजाहरूले त मैथिली भाषामा नाटकसमेत लेखेर मञ्चन गराउँथे ।
उपत्यकाकाविभिन्न
मन्दिरको नित्य पूजा तथा अन्य धार्मिक कार्यका लागि मल्ल राजाहरूले मैथिली
ब्राह्मणको नियुक्तिगरेका थिए । उपत्यकाका विभिन्न
मठमन्दिरहरूमा गाइने भजनमा मैथिली शब्दहरूको प्रयोग भएको छ । यस प्रकार सिम्रौनगढको सभ्यताले
राजनीतिक, सामाजिक, धार्मिक
तथा कुटनीतिक क्षेत्रमा राम्रो उन्नतिगरेको बुझिन्छ ।
Leave Your Comment