Logo

Blog Details

लिच्छविकाल

SS Team 2025-03-29 20:05:21 1212 0

लिच्छविकालीन शासन व्यवस्थाका अनेकौँ विशेषताहरु थिए। लोक कल्याणकारी शासन व्यवस्था तथा राजाहरुले लिएको उदार नीति त्यो समयको महत्वपुर्ण विशेषता थियो । त्यस्तै प्रकारले लिच्छवि कालको जनजीवन संगठित थियो । उन्नत आर्थिक अवस्था थियो । यसका साथै विद्याको स्तर पनि उँचो हुनुका साथसाथै कला कौशलको क्षेत्रमा पनि त्यतिकै विकास भएको थियो । यसर्थ नेपालको इतिहासमा लिच्छविकालीन शासन व्यवस्था ज्यादै नै महत्वपुर्ण ऐतिहासिक कालको रुपमा रहेको छ । 

यस समयमा केही महत्वपुर्ण र प्रख्यात राजाहरु भए । तिनीहरुमा जयदेव प्रथाम , हरिदत्तबृषदेवधर्मदेवमानदेव प्रथमअंशुबर्मानरेन्द्रदेवशिवेव द्धितीय,जयदेव द्धितीय आदि। गोपालराज वंशावलीमा यिनीहरुका बारेमा चर्चा गरिएको छ। लिच्छवि राजाहरु शान्तिप्रियधर्मानुरागीनियममा रहनेविद्या निपुर्ण आदि गुण भएका थिए । अधिकांश लिच्छवि राजाहरुले कुशलतापूर्वक शासन सञ्चालन गरे । 

 मानदेव प्रथमको समय लिच्छवि इतिहासमा महत्वपुर्ण मानिन्छ। यिनको समयमा शासन व्यवस्था स्थिर रहयो । तर, त्यसपछि भने विस्तारै शासन व्यवस्थामा अस्थिरता आउन थाल्यो र भारदारहरु शक्तिशाली हुदैँ जान थाले । लिच्छवि शासन व्यवस्था अन्तर्गत भएको स्थानिय प्रशासनको विकास निकै महत्वपूर्ण छ। त्यसवेला पाञ्चली तथा गोष्ठीका माध्यमबाट जनताहरु संगठित थिए। राजनीतिक उद्देश्य परिपूर्तिको लागि पनि शासकहरुले स्थानीय तहमा अधिकार सुम्पदै जाने नीति लिए। 

अंशुबर्माले यसतर्फ केही सुधार गरे र यिनले स्थानिय शासनअधिकार जनतालाई प्रदान गरी स्वयत्त शासनलाई प्रोत्साहन दिए। जनतालाई उनीहरुको क्षमता अनसार नै अधिकार दिएको थियो । यसबाट जनतामाझ अंशुबर्माको प्रसिद्धि बढेको थियो । राजा नरेन्द्रदेवले पनि जनहितका कार्यलाई प्राथमिकता दिएका थिए। उनले पनि स्थानिय शासन अधिकार स्थानिय तहमा दिँदै गए र यिनले पञ्चाली पद्धतिलाई बढावा दिए  किनभने यो नै जनसमस्या निदान गर्ने मुख्य केन्द्र हो भनी महसुस गरेका थिए । पाञ्चालीलाई यिनले गरेनन् बरु यसले गर्न नसकेका काम मात्र आफु गर्थे । यिनले बौद्ध संघलाई पनि अनेकौँ प्रशासनिक र न्यायिक अधिकारहरु प्रदान गरे । 

त्यसैगरी पाशुपत सम्प्रदायको मण्डलीलाई अधिकार दिँदै यसको क्षेत्रभित्र कुनै पनि अधिकरणले पस्न नपाउने भन्ने ब्यवस्था बाँधिदिए । यसरी आवश्यक कार्य मण्डलीले नै गर्न पाउने व्यवस्था मिलाई दिए । यिनको उदार नीतिको कारण जनतासँग ज्यादै सुमधुर सम्बन्ध बनेको थियो । जनतालाई सुखी राख्नु र उनीहरुको आर्थिक बोझ कम गर्नु यिनको उद्देश्य थियो । यसका साथै यिनले जनहितका अन्य धेरै कार्यहरु पनि गरे ।

वास्तवमा राजा र प्रजाबीच आदर्श सम्बन्धको खाका लिच्छवि कालमा नै बनेको थियो । जुन व्यवहारमा समेत लागु भयो । लिच्छवि कालमा शासनमा जनताको सहभागिता बारे चर्चा गर्दा पाञ्चाली र गोष्ठीको चर्चा गर्नु अपरिहार्य छ । यसबाट राजाले यसबारेमा लिएको नीति र जनताको शासनमा सहभागिताको स्वरुप बारे जानकारी प्राप्त गर्न सकिन्छ । वास्तवमा कतिपय लिच्छवि राजाहरु उदार प्रवृर्त्ति भएका कारणले गर्दा नै जनताले स्थानीय शासनअधिकार प्राप्त गरेका हुन् । यसैकारण नेपालको इतिहासमा अरु कालखण्डभन्दा लिच्छविकालीन शासन व्यवस्था पृथक देखा परेको हो ।

स्थानिय शासन सञ्चालन गर्न एवम धार्मिक , शिक्षा, स्वास्थ आदि काम गर्नकै लागि पञ्चाली र गोष्ठीको व्यवस्था गरिएको थियो । पाञ्चाली पनि उच्च स्तर रग्राम गरी दुई प्रकारका थिए । त्यस्तै गोष्ठी पनि पारिवारिक र गुठियारले सञ्चालन गर्ने गोष्ठीमा विभक्त थियो । यस्ता गोष्ठीबाट तोकिएको निश्चित कार्य सम्पन्न हुन्थ्यो । लिच्छवि कालमा ग्राम पञ्चालीको माध्यमबाट जनताले शासनमा सहभागी हुने अवसर पाएका थिए। यो लोक कल्याणकारी शासन द्योतक थियो ।यस्तै प्रकारको प्रणालीका रुपमा मल्ल कालका प्रजापञ्च  र पञ्चसमुच्चयको अवधारणाको विकास भएको थियो । लिच्छवि काल जनकल्याणकारी शासनको युग थियो। यसका लागि अनेकौँ अधिकरणका अधिकारपनि कटौती भएको थियो । 

लिच्छवि कालमा स्थापित पाञ्चाली व्यवस्थाले स्थानिय प्रशासनमा जनताको सहभागितालाई जोड दिएको थियो ।पाञ्चाली शब्दले पञ्चहरुको सिमान भन्ने अर्थलाई  जनाउँदछ । यो व्यव्था अन्तर्गत ग्राम प्रधानले गाँउको मुखियाको भूमिका निर्वाह गर्दथे र आन्तरिक मामिला सञ्चालनमा जिम्मेवार हुन्थे। स्थानीय द्धरेले जनता र माथिल्लो तह बिच सेतुको काम गर्दथे । नेपालका लिच्छविहरुले परम्परादेखि चलेको लिच्छवि गणतन्त्रात्मक परम्परा पुर्ण रुपमा परित्याग गरी मजबुत राजतन्त्र स्थापना गरे । साथै स्वायत्त शासनको अवधारणा पाञ्चालीको माध्यमबाट अगाडि बढाए । ग्राम स्तरको पाञ्चाली स्थानीय प्रशासन सञ्चालन तथा राजकर संकलनमा जिम्मेवार हुन्थे । लिच्छवि प्रशासनिक संगठन अन्तर्गत पुर, तल, द्रंग, कोट्ट, लिंग्वल, अधिकरण, करण आदि व्यवस्थित तहगत संरचना पनि थिए ।

प्रत्येक गाँउमा ग्राम पञ्चालीको स्थापना गरिएको थियो । पञ्चालीका पञ्चालिकहरुले नै ग्राम प्रधानको छनोट गर्दथे ।तिनीहरुको स्थान सम्मान पुर्ण थियो ।पञ्चालीको सम्वन्ध सोझै राजासित हुन्थ्यो ।राट्रिय समस्या आइपरेमा समाधानको लागि आवस्यक निर्णय लिन पञ्चालीको सभा बस्थ्यो । यसरी भेला हुँदा त्यस घरमुलीहरु भेला विमर्श गर्थे । अर्को प्रकारको पाञ्चली सभा स्थायी प्रकारको थियो । जसमा स्थाइ रुपमा तोकिएको सदस्य हुन्थे । छानिएका पञ्चालीहरुको जिम्मेवारी तोकिएको पञ्चाली काम तोकिएको काम गर्ने, आइपरे राट्रिय संकट समाधान गर्न आवस्यक निर्णय लिने र तोकिएको कर संकलन गर्नु थियो । 

पाञ्चालीले प्राप्त गरेको अधिकार अधिकरणहरुको अधिकार झिकेर दिएको हुनाले ती अधिकरणहरुलाई ती क्षेत्र प्रवेश गर्न प्रतिवन्ध गरिएको थियो ।यसरी पञ्चालीहरु अधिकार संपन्न थिए। पाञ्चाली व्यवस्थाको कारण नै लिच्छवि कालमा जनताहरु जागरुक भएका हुन् ।तर यस प्रकारको व्यवस्थाले कालान्तरमा केन्द्र शासन कम्जोर हुँदै जान थाल्यो । यसैको परिणाम स्वरुप स साना राज्यको उदय हुनकामा सघाउ पुग्यो ।

लिच्छवि कालमा जनसहभागिताको अर्को उदाहरण गोष्ठी प्रथा थियो । विशेष रुपमा शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा कार्य गर्न जनसहभागिता र आपसी सहमतिमा विभिन्न गोष्ठीहरु स्थापना भए । गोष्ठीहरु परिवारले वा गुठियारहरुले संचालन गर्दथे । कामको प्रकृती अनुसार विभिन्न प्रकारका गोष्ठीहरु हुन्थे । त्यस्ता गोष्ठीहरुको प्रमुख कर गोष्ठी,प्रदिप गोष्ठी,पानिय वा प्रणाली, मल्लयुध्ध,बाह्रमण,प्रवहण,वादिव, अर्चा,ध्वज, धुप, इन्द्र, अरोज्यसाला, वैतिरियाशाला गोष्ठी आदि थिए । 

यी गोष्ठीहरुमा स्थानीय समुदायको गुठियाका हैसियतले सकृय सहभागिता हुन्थो । पछि गएर यी गोष्ठीहरु गुठीको नामले जान्न थालियो ।  यसरी लिच्छवि कालको अन्त्य र निनलाई सत्ताच्युत कुन राजवंशले गर्यो भन्ने प्रश्न छ, यसलाई स्पस्ट भन्न सक्ने स्थिति छैन । गोपालराज वंशावलीमा यसभन्दा पूर्वका राजवंशलाई च्युत गर्ने राजवंशका बारेमा चर्चा गरिएको छ । तर लिच्छविहरुलाई कुन वंशले अपवाद गर्यो भन्ने बारेमा गोपालराज वंशावली मौन छ। यसर्थ पनि लिच्छवि वंशका अन्तिम राजा भनि मानिएका जयदेव द्धितीयपछिका देव नामधारी राजाहरु लिच्छवि कालको अन्त्य पछि आएका ती देव वंशी राजाहरु पनि लिच्छविकै वंशज हुन् भन्ने भनाइ इतिहासकार धनवज्र वज्राचार्यको छ । जे होस लिच्छवि सत्ताको अवसान आठौँ शताव्दीमा भयो । तत्पश्चात नेपालमा मध्य कालको सुरुवात भयो भनी ऐतिहासिक काल विभाजन गरिएको छ ।

 

प्रमुख लिच्छविकालिन राजाहरुको चर्चा तल गरिएको छः-

 

जयदेव प्रथम
1. प्रथम लिच्छवी राजा - जयदेव प्रथम
2. मानदेव भन्दा १६औं पुस्ता अगाडीका
3. बिक्रम शताब्दीका दोस्रा

हरिदत्त
1.नेपालमा वैष्णव धर्मको उत्थान गर्ने
2.उपत्यकाका चार नारायणको स्थापना

वृषदेव
1.१०० वर्ष शासनकाल
2.राजोत्तम र सुगत शासन तत्पर भनी प्रशंसा,

3. पशुपतिको जयदेव द्वितीयको अभिलेखमा राजा वृषदेवका बारेमा लेखिए अनुसार "जितबाजी गर्ने जयदेव राजादेखी बिचमा बाह्र जना राजालाई छोडेर बौद्ध धर्ममा झुकेका श्री भनी प्रख्यात भएका असल राजा हुनुभयो"  

विश्वदेव
1.स्वयम्भु चैत्यको स्थापना र चावहिल चैत्यको निर्माण

शंकरदेव
1.प्रराक्रमीदानीऐश्वर्यशालीअनुशासनप्रीययशस्वी,
2.भारदारहरुलाई अनुशासनमा राख्न सक्ने , पृथ्वीका रक्षक
धर्मदेव
1.स्रष्टाको संवृद्धिको लागी कार्यरत
2.धर्मप्रियदण्डनितिका ज्ञाता अनुशासित

मानदेव
1.माता /पिता : सत्यवती , धर्मदेव
2.जन्म : वि.स. ५०३
3.शासनकाल : वि.स.५२१ देखि ५६२ सम्म ४१ वर्ष शासनकाल
4.लिच्छवीकालका प्रतापी,प्रजा हितैषी र दुरदर्शी एव्म पहिलो प्रमाणित राजा
5.विजय यात्राको प्रचलन,
6.नाग र बासुकीको पुजा गर्ने चलन
7.मानाङ्क मुद्रा प्रचलन (एकातिर कमल,सिंह र अर्कातिर भोगिनी अंकित)
8.सर्वप्रथम अभिलेख राख्ने
9.मानगृह र चाँगुनारायण मन्दिर (प्यागोडा शैलीको पुरानो मन्दिर)
10.मातालाई सतिजानबाट रोके , शासन केन्द्र मातातिर्थ

11. मानदेवको बारेमा केलटोलको अभिलेखमा उल्लेख गरिको पाइन्छ " ...शास्त्रमा कहे अनुसार ... निग्रहमा लागेका, चोखो मन भएका राजा मानदेव दुनियाँलाई बाबुले जस्तै माया गर्नु हुन्छ ।  


वसन्तदेव
1.२६ वर्ष शासन गरे ५६३ देखि ५८९ सम्म
2.प्रजा हितैषी राजा , द्वैध शासन शुरु
3.शिलालेखमा श्वस्ती “नेपालेभ्य” अर्थात “नेपालको कल्याण होस” भन्ने वाक्य उल्लेख गर्ने राजा

अंशुवर्मा
1.शासनअवधी वि.स.६६२ देखि ६७८ सम्म १६ वर्ष
2.कैलाशकट भवन हाँडीगाँउ , शब्दविद्या ग्रन्थका लेखक
3.सर्वप्रथम महाराजाधिराज पदवी धारण , युवराजधिराज घोषणा
4.सर्वप्रथम बालकको सालनाल काटने चलन,
5.पशुपतिनाथलाई राष्ट्रिय देवताको उपाधी
6.महासामन्त,कलहाभिमानीपशुपतिपादानुगृहित पदवी धारण
7.बोधिसत्य अवतारठकुरी वंश , पशुपत सम्प्रदाय
8.वर्णाश्रम सामाजिक व्यवस्थामा जोडपाञ्चाली संयन्त्र गठनगरी गाउस्तरमा विकेन्द्रित शासन प्रणली

नरेन्द्रदेव
1.शासनअवधी वि.स.७०२ देखि ७३६ सम्म
2.लिच्छवीकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने , “पण र पराण” मुद्रा चल्तीमा ल्याउने
3.महाराजाधिराज परम भट्टारक पदवी धारणभद्राधिवास भवनको निर्माण
4.सिंहासन शब्दको शुरुवात , झयालमा बुट्टा राखने चलन ,
प्रचण्डदेव
1.पशुपतिनाथको मन्दिर स्थापना ,
2.शान्तिश्री का नामले चिनिने
3.स्वम्भुको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण

गुणकामदेव (लक्ष्मीकामदेव)
1.कान्तिपुरका संस्थापक,
2.इन्द्रजात्रा , हिलेजात्रा , कृष्णजात्रा , लाखेजात्रा,कुमारी बनाई पुजा गर्ने चलन
3.गुणाङ्क मुद्राको प्रचलन , आधुनिक काठमाडौंका निर्माता
4.ई.सं. ९८७ र ९९० सम्मका अभिलेखमा उल्लेख २ पटक काठमाडौं उपत्यकामा शासन


स्रोत : नेपाल परिचय

 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team