रुसी क्रान्ति (Russian
Revolution 1917 AD)
विभिन्न समयमा विभिन्न मुलुकहरूमा क्रान्तिहरू
भएका छन् । क्रान्ति भनेको
सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि
क्षेत्रमा गरिने आमूल परिवर्तन हो ।
राजनीतिक क्रान्तिले पुरानो सत्तालाई विस्थापित
गरेर नयाँ सत्ता स्थापना
गर्दछ । यस प्रकार शक्ति, अधिकार र
सुविधाका लागि दुई पक्षका बिचमा
तानातानको अवस्था उत्पन्न हुन्छ । दुवैले आफ्ना
शक्तिको प्रदर्शन र प्रयोग गर्ने हुनाले राजनीतिक क्रान्तिहरू हिंसात्मक हुन्छन् ।
रुसी क्रान्तिले जारको
शासनको अन्त्य गरी किसान र मजदुरको सरकार
स्थापना गरेको थियो र साम्यवादी राजनीतिक व्यवस्थाको थालनी
भएको थियो ।
रुसी क्रान्तिका
केही महत्वपूर्ण कारणहरू
१. जारको
निरङ्कुश शासन
रुसमा जारको शासन कायम थियो । रुसी
भाषामा राजालाई जार
भनिन्थ्यो । जार स्वेच्छाचारी थिए । उनले आफूलाई
ईश्वरका प्रतिनिधि
मान्दथे । यहाँको शासनमा जनप्रतिनिधिहरू
रहँदैन्थे । जार र उनका
नातेदारहरूले असीमित अधिकार प्रयोग गर्दथे
भने जतनामाथि कठोर
दमन थियो । नागरिकहरूलाई गाँस, वास, कपासको
समस्या थियो । आफ्ना
मनका कुरा अभिव्यक्त गर्ने स्वतन्त्रता थिएन । देशमा भएको अन्याय, अत्यार, भ्रष्टाचार
र शोषणको विरुद्धमा आवाज उठाउनेलाई
कठोर यातना दिइन्थ्यो ।
सन् १८९४ मा २६ वर्षको उमेरमा जार
निकोलस द्वितीयले रुसको
राज्यरोहण गरेका थिए । उनी आत्मनिर्णय गर्न
नसक्ने र कमजोर
प्रकृतिका सम्राट थिए । उनमा राजनीतिक ज्ञान
थिएन । अतः उनले
विरोध गर्नेहरूलाई निर्ममतापूर्वक दमन गरियो।
यो नीतिका कारणले अल्पसङ्ख्यकहरूको भाषा,
परम्परा तथा
संस्कृतिमाथि आघात पर्यो। उनीहरूलाई आफ्नो संस्कृतिमाथिको प्रहार मन परेन ।
त्यसैले आफ्नो संस्कृति
तथा भाषाको रक्षा गर्नका लागि अल्पसङ्ख्यक जातिहरू जारको शासनको विरोधमा एकजुट हुन थाले
।
हरेक कुरामा जरिनाको सहयोग र सल्लाह
लिने गर्दथे । जरिना निकै जब्बर स्वभावकी थिइन् । त्यसैले जारमाथि जरिना र अन्य
दरबारियाहरूको गहिरो प्रभाव रहेको थियो । त्यसबेला रुसमा रासपुटिन नाम गरेका एक
जना चरित्रहीन पादरी थिए । जरिनाले उनलाई निकै मन पराउँथिन् । रुसी जनताले
रासपुटिनलाई घृणा गर्दथे तर जरिनासँगको सम्पर्कले उनी नै रुसका प्रभावशाली व्यक्ति
बनेका थिए । यसले गर्दा रुसी जनता दरबारको विरोधी बन्न गए ।
सन् १९०४–०५ को रुस–जापान युद्धमा
रुसको पराजय भएको थियो । रुसी सेना अनुशासनहीन भएको र युद्धका बेला सेनाका लागि
पर्याप्त सुविधा र हतियार नभएको हुनाले युद्धमा पराजित हुनु परेको थियो । यो पराजय
हुनुमा जारको कमजोर स्वभाव र जरिना तथा रासपुटिनको स्वार्थी निर्णयहरू जिम्मेवार
भएको रुसी जनताको मूल्याङ्कन थियो । यस्तो गम्भीर परिस्थितिमा पनि स्वविवेकले
निर्णय लिन नसक्ने हुनाले रुसी जनता जार र राजतन्त्रका विरोधी बन्न गए ।
जार निकोलस द्वितीयको समयसम्म
आइपुग्दा देशमा अत्याचारले सीमा नाघिसकेको थियो । जनताले देशको यो अवस्थामा सुधार
गर्न चाहन्थे । त्यसैगरी जार निकोलस द्वितीयले आफ्नो समर्थन नगर्ने जनतामाथि कठोर दमन
गर्न थाले । देशमा सैनिक कानुन (Martial
Law) लगाइयो । सन् १९०५ को जनवरी २२ तारिख आइतबारको
दिनमा सेन्ट पिटरवर्गमा मजदुरहरूको शान्तिपूर्ण जुलुसले जारसमक्ष आफ्ना मागहरू
राख्नका लागि राजदरबारतर्फ गइरहेको अवस्थामा शाही सेना/प्रहरीले
गोली चलाई धेरै मजदुरहरूको ज्यान लियो । यो घटनालई रुसको इतिहासमा “रक्तिम आइतबार”
(Bloody Sunday)
भनेर चिनिन्छ । यसले रुसी जनतामा राजतन्त्रप्रति नै वितृष्णा उत्पन्न भयो ।
२. सामाजिक
भेदभाव
रुसी क्रान्ति अगिको समाज मूलतः दुई
वर्गमा विभाजित थियो । तिनीहरू कुलीन वर्ग र किसान वर्ग थिए । सामन्त, उच्च
पदाधिकारी, राजपरिवार
र उनीहरूका नातेदारहरू कुलीन वर्गमा पर्दथे । यो वर्ग सुविधा प्राप्त वर्ग थियो ।
देशको प्रशासनिक, राजनीतिक
तथा आर्थिक अधिकार यही वर्गमा निहित थियो । देशका उद्योग र मलिला जमिन यही वर्गको
अधीनमा थिए । यो वर्गलाई राज्यले विशेष राहत र सुविधाहरू उपलब्ध गराउँथ्यो भने आफ्नो
सम्पत्तिको कुनै किसिमको करसमेत तिर्नु पर्दैन्थ्यो । देशमा यो वर्गको सङ्ख्या थोरै
र सीमित थियो । तर यही वर्गले देशको अधिकार तथा सम्पत्तिको ठुलो हिस्सा ओगटेको
थियो । त्यसैगरी अर्को वर्ग किसान वर्ग थियो । यो सुविधाविहीन वर्ग थियो । देशको
जनसङ्ख्याको ठुलो अंश यही वर्गको थियो । यी किसानहरू भू–दास (Serfs)
थिए। भू–दास भनेको मालिकको जमिनमा खेती गरेर बस्ने मानिसहरू हुन् । यिनीहरूको आफ्नो
सम्पत्ति तथा स्वतन्त्रता हुँदैन्थ्यो । आफूले उब्जाएको अन्न मालिकलाई बुझाउँनु
पर्दथ्यो र मालिकले आफ्नो जमिन बेच्दा यिनीहरू पनि जमिनसँगै बेचिन्थे । यस्तो
सामाजिक भेदभावको अन्त्य गर्नु जरुरी भएकाले सामाजिक भेदभाव रुसी क्रान्तिको एउटा
कारण बन्न गयो । त्यस्तै पछिल्लो समयमा उद्योगको विकास भएपछि मजदुर वर्गको निर्माण
भयो । यो वर्ग पनि सुविधाविहीन वर्ग थियो ।
३. बौद्धिक कारण
कुनै पनि घटना घट्नका लागि बौद्धिक
कारणको निकै महत्वपूर्ण भूमिका रहन्छ । बौद्धिकता भनेको चेतनाको विकास हो। चेतनाको
विकास भएपछि मानिसले सत्य र असत्यका बिचको भिन्नता थाहा पाउँछ र सत्यको मार्ग
अवलम्बन गर्दछ । यस कालका इभान तुर्गनेफ,
लियो टाल्सटाय,
म्याक्सिम गोर्की आदि जस्ता विद्वानहरूले विदेशी किताबको रुसी भाषामा अनुवाद गरे ।
यसका कारणले रुसी जनताहरूले अन्य मुलुकमा चलेको शासन व्यवस्था तथा राजनीतिक
सिद्धान्तहरूको अध्ययन गर्ने र आफ्नो मुलुकको अवस्थासँग तुलना गर्न थाले ।
त्यसैगरी विद्वानहरूले नयाँ सिर्जनासमेत गरे । विभिन्न पत्रपत्रिकाको भूमिगत रूपमा
प्रकाशन हुन
थाल्यो । विद्वानहरूको यस्तो योगदानका
कारणले रुसी जनताले त्यहाँको यथार्थ अवस्थाको जानकारी पाए । उनीहरू आफ्ना अधिकारको
उभयोग गर्नका लागि जार शासनका विरुद्ध जागरुक हुन थाले । अतः विद्वानहरूको योगदान
रुसी क्रान्तिको महत्वपूर्ण कारण बन्न गयो ।
४. ड्युमाप्रति
जनताको असन्तोष
ड्युमा भनेको संसद् हो र यसका सदस्य
जनप्रतिनिधिहरू हुनुपर्ने हो । रुसका जनताहरूको असन्तोष बढ्दै गएपछि उनीहरूलाई
शान्त पार्ने उद्देश्यले जारले ड्युमाको निर्माण गरे । यो केवल देखावटी मात्र थियो
। यसले स्वतन्त्र रूपले निर्णय गर्न सक्दैन्थ्यो । अर्कोतर्फ ड्युमाका सदस्यहरू
पनि जननिर्वाचित प्रतिनिधिहरू थिएनन् । विशाल रुसको ठुलो जनसङ्ख्याको प्रतिनिधित्व
हुन सकेको थिएन । यिनीहरू जारद्वारा मनोनित व्यक्तिहरू थिए र पादरी, कुलीन
तथा उच्च वर्गका मानिसहरू मात्र थिए । यिनीहरूले जनताका अधिकारहरू स्थापित गर्न
चाहँदैन्थे । ड्युमाले जार तथा जरिनाका इच्छाअनुसार काम गर्ने गर्दथ्यो । त्यसैले
रुसका जनतामा त्यहाँको तत्कालीन ड्युमाप्रति वितृष्णा फैलिएको थियो । रुसी जनताहरू
आफ्नो प्रतिनिधित्व गर्न सक्षम ड्युमाको निर्माण गर्न चाहन्थे । अतः जारको ड्युमा
निर्माण गर्ने कदम पनि क्रान्तिको एउटा कारण बन्न गयो ।
६. रुसीकरणको
नीति
रुसको विशाल साम्राज्यमा स्लाभ
जातिबाहेक अल्पसङ्ख्यक फिन,
कोल,
यहुदी,
पोल,
जर्मन आदि जस्ता जनजातिहरूको पनि बसोबास थियो
। उनीहरूका आफ्ना भाषा,
परम्परा तथा संस्कृति थिए । अलेक्जेन्डर
तृतीयले रुसीकरणको नीतिको कार्यान्वयन गर्दै रुसी भाषा तथा संस्कृतिलाई अनिवार्य
गरे । यसको विरोध गर्नेहरूलाई निर्ममतापूर्वक दमन गरियो । यो नीतिका कारणले
अल्पसङ्ख्यकहरूको भाषा,
परम्परा तथा संस्कृतिमाथि आघात पर्यो ।
उनीहरूलाई आफ्नो संस्कृतिमाथिको प्रहार मन परेन । त्यसैले आफ्नो संस्कृति तथा
भाषाको रक्षा गर्नका लागि अल्पसङ्ख्यक जातिहरू जारको शासनको विरोधमा एकजुट हुन
थाले ।
७. मजदुर वर्गको
सिर्जना
रुसको अर्थतन्त्र कृषिमा आधारित भए
पनि अलेक्जेन्डर तृतीयको शासन कालदेखि विदेशी लगानीमा उद्योगहरूको स्थापना भयो ।
उद्योगहरूको स्थापना सँगसँगै मजदुर वर्गको सिर्जना भयो । यसपछि रुसमा मालिक र
मजदुरका बिचमा द्वन्द्वको अवस्था आयो । मालिकहरू लामो समयसम्म थोरै पारिश्रमिकमा
मजदुरहरूलाई काम लगाउँथे। मालिकहरूले धेरै नाफा कमाउँथे र मजदुरहरूलाई थोरै दिन्थे
। यसले गर्दा मजदुर वर्गको शोषण हुन गएको थियो । यही
वर्गले आफ्नो अधिकारको माग गर्दै क्रान्तिको नेतृत्व गर्यो । जसको परिणामस्वरूप
जारतन्त्रको अन्त्य
भई मजदुर वर्गको सत्ता स्थापना भयो ।
८. राजनीतिक दलको
स्थापना
रुसमा समाजवादी क्रान्तिकारी र
समाजवादी प्रजातान्त्रिक गरी दुई दलहरूको भूमिगत रूपमा स्थापना भएको थियो
। समाजवादी क्रान्तिकारी दलले किसानहरूलाई सङ्गठित गर्दै थियो भने समाजवादी
प्रजातान्त्रिक
दलले मजदुरहरूलाई सङ्गठित गरिरहेको थियो ।
सन् १९०३ मा भएको समाजवादी प्रजातान्त्रिक दलको अधिवेशनमा
दुई धारहरू देखा परे । जुलियस मारटोभले एउटा समूहको नेतृत्व गरे यसलाई “मेन्सेभिक” भनियो
। “मेन्सेभिक” को अर्थ अल्पमत हो । यो धार नरमपन्थीहरूको थियो । यिनीहरू विस्तारै
समाज सुधार
गर्दै जाने पक्षमा थिए । त्यस्तै भ्लादिमिर लेनिन (Vladimir Lenin) ले क्रान्तिकारी
पक्षको नेतृत्व
गरे । यसलाई “बोल्सेभिक” भनियो ।
बोल्सेभिकले क्रान्तिबाट देशमा आमूल परिवर्तन गर्ने लक्ष्य निर्धारण गर्यो
। यी दुवै दलहरूले जनतालाई जारको विरुद्धमा सङ्गठित गर्दै गए । अतः राजनीतिक
दलहरूको स्थापना
रुसको क्रान्तिको मूल कारणमध्ये एक थियो ।
९. तत्कालनी कारण
रुसी क्रान्तिका तत्कालीन कारणहरू
प्रथम विश्वयुद्धमा रुसको पराजय तथा अनिकाल थिए । प्रथम विश्वयुद्धमा रुस पराजित
हुनुको प्रमुख कारण जार शासकले रुसी सेनालाई अनुशासनमा राख्न नसक्नु र उनीहरूको
राम्रो प्रबन्ध नमिलाउनु थियो । यसबाट जनता तथा सेनामा जारको शासनप्रति अविश्वास
पैदा भइसकेको थियो । त्यसैगरी सन् १९१६ मा रुसी जनताले ठुलो अनिकालको सामना गर्नु
पर्यो । खेतीपाती गर्ने किसानहरूको ठुलो समूहलाई जार शासकले युद्धमा पठाएका थिए ।
यसले गर्दा रुसमा खेती गर्ने मानिस भएनन् र अनिकाल पर्यो । यस्तो अवस्थामा जारले
सेनाको मनोबल बढाउने र अनिकाल पीडित जनताहरूलाई राहत दिने कुनै किसिमकाल कार्यव्रmम
ल्याएनन् । सन् १९१७ को मार्च ७ मा अनिकाल पीडित मजदुरहरूले पेट्रोग्राड भन्ने स्थानमा
रोटी लुटेर रुसी क्रान्तिको थालनी गरे ।
रुसी क्रान्तिः
घटना र परिणामहरू
१.
क्रान्तिको
थालनी र जार शासनको अन्त्य
भोकमरी र अनिकालले पीडित रुसी
जनताहरूले पेट्रोग्राडमा ७ मार्च १९१७ का दिनमा रोटी लुटेर क्रान्तिको थालनी गरेका
थिए । पेट्रोग्राड रुस साम्राज्यको राजधानी थियो । पेट्रोग्राडको अर्को नाम सेन्ट
पिटरवर्ग हो । त्यसको अर्को दिन कारखानामा काम गर्ने महिला मजदुरहरूले युद्धको
अन्त्य, जार
शासनको अन्त्य र रोटीको माग गर्दै प्रदर्शन गरे । निरन्तर मजदुर हड्ताल र
प्रदर्शनीहरू हुन लागे । मजदुरहरू कारखाना बन्द गरेर क्रान्तिमा निस्कन थालेपछि
जारले मजदुरहरूलाई कारखानमा
फर्कने आदेश दिए तर मजदुरहरूले यो आदेशको
अवज्ञा गरे । विद्रोह दबाउनका लागि जारले प्रहरी पठाए । प्रहरीले चलाएको गोलीले
केही प्रदर्शनकारीहरूको ज्यान गयो । तर उनीहरू आत्तिएनन् बरु प्रहरीबाटै हतियार
खोस्न सफल भए । यसरी प्रहरी असफल भएपछि मजदुरहरूको दमन गर्नका लागि जारले सेना परिचालन
गरे तर १२ मार्चमा पेट्रोग्राडमा सैनिकहरूले मजदुरमाथि गोली चलाउन मानेन् । साठी
हजार सैनिकहरूले क्रान्तिकारीहरूको समर्थन गरे । १४ मार्चमा मजदुर र सैनिक
प्रतिनिधिहरू सम्मिलित अस्थायी सरकार गठन गरेर जारलाई चुनौती दिइयो र “प्रिन्स
ल्भोभ”लाई अस्थायी सरकारको प्रधानमन्त्री बनाइयो । देशमा यस्तो अवस्था सिर्जना
भएपछि कतैबाट कुनै किसिमको सहयोग प्राप्त नहुँदा सन १९१७ मार्च १५ मा जारले
सिंहासन त्याग गरे । जारले गद्दी त्यागेपछि केरेन्स्कीलाई सरकार प्रमुख बनाइयो ।
यसरी क्रान्ति सुरु भएको एक सातामानै रुसमा जारको शासनको अन्त्य भयो । यो क्रान्तिलाई
मार्चको क्रान्ति भनेर चिनिन्छ ।
२. लेनिन र
बोल्सेभिक क्रान्ति
रुसका महान नेता भ्लादिमिर इलियाच
लेनिनको जन्म सन् १८७० मा रुसको भोल्गा नदीको किनारमा अवस्थित एउटा गाउँको साधारण
परिवारमा भएको थियो । उनी कानुनका विद्यार्थी थिए । उनका क्रान्तिकारी विचारका
कारणले उनलाई साइबेरियामा
निर्वासित गरी कैद गरिएको थियो ।
साइबेरिया चिसो ठाउ्रँ भएकाले जार सरकारले सजाय दिनुपर्ने मानिसलाई साइबेरियामा
लगेर कैद गर्दथ्यो । सन् १९०० मा उनलाई कैद मुक्त गरी देश निकाला गरियो।
त्यसपछि उनले स्विट्जरल्यान्डमा
निर्वासित जीवन बिताउन लागे । उनी निर्वासित भएका बखत पत्रिकाहरू प्रकाशित
गर्दथे र गुप्त रूपले रुसमा पठाउने गर्दथे । सन् १९०३ मा उनको नेतृत्वमा बोल्सेभिक
दलको स्थापना
भएको थियो । उनी विद्यालय पढ्दादेखि नै माक्र्सवादी विचारबाट प्रभावित भएका थिए ।
मार्च क्रान्ति
सफल भएर जारको शासन अन्त्य हु्ँदा पनि लेनिनलाई सरकारले आफ्नो देशमा आउने अनुमति
दिएको थिएन
। सन् १९१७ को अप्रिल महिनामा लेनिन गोप्य रूपले पेट्रोग्राड आई बोल्सेभिकहरूको नेतृत्व
लिए । स्टालिन
र ट्राटस्कीले लेनिनका विचारको स्वागत र समर्थन गरे ।
रुसका मजदुर, किसान
तथा सेनाले युद्धको अन्त्य,
उद्योगको सरकारीकरण तथा भूमिहीनहरूलाई
जमिनको वितरणको
माग गरेका थिए । तर यो सरकार पुँजीपतिहरूको सरकार भएकाले जनताका आधारभूत कुराहरूप्रति
ध्यान दिएन । त्यसैले रुसी मजदुर,
किसान तथा सेना केरेन्स्की सरकारबाट
सन्तुष्ट थिएनन् ।
यसै बखत लेनिनले बोल्सेभिकको नेतृत्व आफ्नो
हातमा लिए र केरेन्स्की सरकारलाई चुनौती दिए । केरेन्स्की सरकारले
बोल्सेभिकहरूलाई कारबाही गर्न थाल्यो । बोल्सेभिकले २५ हजार सशस्त्र मजदुरहरू तयार
पारेको थियो, जसलाई
लाल रक्षक (Red Guards)
भनिन्थ्यो । ७ नोभेम्बर १९१७ मा बोल्सेभिक क्रान्ति भयो । पेट्रोग्राडको
सेनाले समेत बोल्सेभिकलाई साथ दियो । केरेन्स्की रुसबाट भागे । लेनिनको
अध्यक्षतामा सर्वहारा
वर्गको अधिनायकवादी सरकार गठन भयो । यसलाई
विश्वको इतिहासमा नोभेम्बर क्रान्तिका नामले समेत चिनिन्छ
।
३. रुसी क्रान्तिका
परिणामहरू
विश्वको इतिहासमा बोल्सेभिक क्रान्तिलाई
फरक रूपमा हेरिन्छ किनभने यो युद्धपछि संसारमा नयाँ राजनीतिक सिद्धान्तको
अभ्यास भएको थियो । यसका परिणामहरूलाई निम्नलिखित बुँदागत रूपमा अध्ययन गरिन्छः
(क)
सर्बहारा वर्गको अधिनायकवादको स्थापना
नोभेम्बर क्रान्तिभन्दा अगाडि रुसको
जमिन, उद्योग
तथा अन्य कुराहरू पादरी र कुलीन वर्गको नियन्त्रणमा थिए । लेनिनले सत्ता कब्जा
गरेपछि चर्चको सम्पत्ति राष्ट्रियकरण गरे। जमिनहरू भूमिहीन वर्गलाई बाँडियो ।
उद्योगहरू मजदुरको नियन्त्रणमा आए । सम्पत्तिको राष्ट्रियकरण गरियो। यसलाई युद्ध
साम्यवाद मानिन्छ । तर यसले रुसको आर्थिक अवस्थामा ज्यादै नकरात्मक प्रभाव पार्यो
। यसकारण सन १९२१ मा युद्ध साम्यवादलाई हटाई नयाँ आर्थिक नीति लागु गरियो। सन्
१९२४ पछि पुनः स्टालिनले नयाँ आर्थिक नीतिको अन्त्य गरी राष्ट्रियकरणको नीति अपनाए
।
सन् १९१८ मा निर्माण गरिएको
संविधानअनुरसार पादरी, जमिन्दार
र भूमिपति वर्गलाई मताधिकारबाट
समेत वञ्चित गरिएको थियो । यसरी लेनिन, ट्रास्टकी
तथा स्टालिन जस्ता व्यक्तित्वहरूको नेतृत्वमा रुसमा साम्यवादी
शासनको स्थापना गरियो।
(ख)
विश्व शक्तिको रूपमा रुसको उदय
बोल्सेभिक क्रान्तिपछि रुसमा नयाँ
आर्थिक नीति कार्यान्वयन गरियो। महिला र पुरुषबिचको भिन्नता अन्त्य
भयो । स्टालिनले पञ्चवर्र्षीय योजना बनाई कार्यान्वयन गरे । जसको परिणामस्वरूप
रुसले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान
आदि क्षेत्रमा उल्लेख्य प्रगति गर्यो । युरोपको पिछडिएको रुस केही कालमा नै
विश्वको शक्तिशाली राष्ट्रका रूपमा स्थापित भयो । सन् १९२९ देखि १९३२ सम्म विश्वका
विभिन्न मुलुकहरू
चरम आर्थिक मन्दीको मारमा परे तर रुसमा भने आर्थिक मन्दीको कुनै प्रभाव परेको थिएन
।
(ग)
नयाँ सिद्धान्तहरूको स्थापना र साम्यवादको प्रचार
बोल्सेभिक क्रान्तिभन्दा अगाडि
विश्वका सबै मुलुकमा सामन्तवादी सिद्धान्तमा आधारित पुँजीपति तथा कुलीन वर्गको
सर्वसत्तावाद स्थापित थियो । बोल्सेभिक क्रान्तिले सर्वहारा, किसान, मजदुर
वर्गलाई प्राथमिकतामा
राख्यो । यसरी सामन्तवादको विरुद्धमा
साम्यवादी सिद्धान्तको विकास भयो । साम्यवादी सिद्धान्तमा आधारित राजनीतिक
व्यवस्था तत्कालीन रुसका लागि वरदान भएको थियो । त्यसैले अन्य मुलकहरूमा समेत यो सिद्धान्तको
प्रचारप्रसार गर्नका लागि थर्ड इन्टरनेसनल (Third
International) को स्थापना गरियो। स्टालिनले
पनि धेरै मुलुकहरूमा यसको प्रचार प्रसार गरे । विश्वका झन्डै २५ भन्दा बढी
देशहरूले यो व्यवस्थाको अभ्यास गरे ।
(घ)
धार्मिक शोषणको अन्त्य
रुसमा चर्च र पादरीहरूले जनताको शोषण
गर्ने र जारको शासनलाई टेवा दिने कार्य गरेका थिए । चर्चहरू सबै
अन्धविश्वासका केन्द्र थिए । यिनीहरूले जारलाई परमेश्वर हुन् भनेर प्रचार गर्दथे ।
बोल्सेभिक क्रान्ति
भइसकेपछि पादरी वर्गलाई मताधिकारबाट समेत
बञ्चित गरियो। चर्चका सम्पत्तिहरू राष्ट्रियकरण गरिए । चर्चहरूले
चलाएका स्कुल बन्द गरिए । चर्चहरूलाई सङ्ग्राहलय तथा सरकारी कार्यालयका रूपमा
प्रयोग गर्न
थालियो ।
(ङ)
अन्य मुलुकहरूमा जागरण
बोल्सेभिक क्रान्तिको परिणामस्वरूप
रुसमा भएको परिवर्तनले विभिन्न मुलुकहरूमा प्रत्यक्ष प्रभाव पार्न थाल्यो
। विभिन्न मुलुकका जनताहरू सचेत भई आफ्ना अधिकारहरूको दावी गर्न लागे । सामन्तवादी
शासन चलाइरहेका
राज्यका सरकारहरू आफ्नो देशमा पनि रुसमा जस्तै क्रान्ति होला कि भनेर आत्तिए । ती
राज्यहरूले किसान तथा मजदुरको अवस्था सुधार गर्नका लागि केही योजनाहरू बनाई
कार्यान्वयन गरे ।
(च)
रुस विरुद्ध गठबन्धन
रुसमा साम्यवादी सरकारको स्थापना
भएको कुरा युरोपका मुलुकहरूलाई मन परेको थिएन । त्यसैले साम्यवादी
प्रभावलाई रोक्नका लागि युरोपेली मुलुकहरूले रुसलाई एक्ल्याउने प्रयास गरे ।
बोल्सेभिक विरुद्ध
युरोपेली मुलुहरूले षडयन्त्र गरे पनि सफल
हुन भने सकेनन् । यसरी विश्वमा एउटा पुँजीवादी र अर्को साम्यवादी
गरी दुई गुटहरू देखा परे ।
Leave Your Comment