Blog Details

विषयगत प्रश्नोत्तर ( विद्युत विशेष)

Self Study Team 2025-04-10 09:18:03 498 1

विद्युत महसुल भुक्तानी गर्दा उपभोक्ताले पाउने छुट तथा सुविधा एवं थप दस्तुर सम्बन्धी व्यवस्था स्पष्ट पार्नुहोस्।
विद्युत महसुल भुक्तानी गर्दा उपभोक्ताले पाउने छुट तथा सुविधा एवं थप दस्तुर सम्बन्धी व्यवस्था देहाय बमोजिम रहेको छः-
क)
    नेपाल सरकारले तोकेको औद्योगिक क्षेत्रभित्रका उपभोक्ताको हकमा
– मिटर रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको १० प्रतिशत रकम छुट दिइने
– मिटर रिडिङ्ग गरेको ८औं दिनबाट १५औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने
– मिटर रिडिङ्ग गरेको १६औं दिनबाट ३०औं दिनसम्म विद्युत्् महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ३१औं दिनबाट ४०औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ४०औं दिनपछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिना सूचना जनुसुकै समयमा पनि विद्युत् लाईन काटिने
ख)
    नेपाल सरकार अन्तर्गतका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरू (आवास गृहवाहेक) को हकमा
– मिटर रिडिङ्ग गरेको २१ दिनभित्र महसुल बुझाएमा बिल रकमको २० प्रतिशत रकम छुट दिइने
– मिटर रिडिङ्ग गरेको २२औं दिनमा महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने
– मिटर रिडिङ्ग गरेको २३औं दिनबाट ३०औं दिनसम्म विद्युत् महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ३१औं दिनबाट ४०औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ४०औं दिनपछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जनुसुकै समयमा पनि विद्युत् लाइन काटिने
ग)
     अन्य उपभोक्ताहरूको हकमा
– मिटर रिडिङ्ग गरेको ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट दिइने
– मिटर रिडिङ्ग गरेको ८औं दिनबाट १५औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने
– मिटर रिडिङ्ग गरेको १६औं दिनबाट ३०औं दिनसम्म विद्युत् महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ३१औं दिनबाट ४०औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने
– मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जनुसुकै समयमा पनि विद्युत् लाइन काटिने
घ)
     छुट बिलिङ्ग गरिएका उपभोक्ताको हकमा
– छुट बिलिङ्ग गरेकोमा उपभोक्ताले छुट बिल प्राप्त गरेको मितिले ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट दिइने
– छुट बिल प्राप्त गरेको मितिले ८ औं दिनबाट ६० औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने
– ६०औं दिनपछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने
विद्युत महसुल संकलन विनियमावली२०७८ मा गरिएको  माथीको व्यवस्थाका अतिरिक्त सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड२०७८ को दफा १५ मा रकम विनियोजन भएको अवस्थामा धारा तथा बिजुलीको महशुल समयमा भुक्तानी नगरी जरिवाना तिर्नु पर्ने अवस्था आएमा त्यस्तो जरिवाना वापतको रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट दामासाहीले असुल उपर गरिनेछ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।
 


विद्युत् चोरीसम्बन्धी कसूरहरु के–के हुन् ? कसूरको सूचना सम्बन्धी व्यवस्था उल्लेख गर्दै विद्युत् चोरी गरेमा हुने सजाय उल्लेख गर्नुहोस् ।
विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ७ मा विद्युत् चोरीसम्बन्धी कसूरहरुका सम्बन्धमा उल्लेख गरिएको छः
विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ७ मा विद्युत् चोरीसम्बन्धी कसूरहरुका सम्बन्धमा उल्लेख गरिएको छः
– ऊर्जामापक यन्त्रबाहेक विद्युत्को अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युत्को लाइन तानेमा वा जडान गरेमा
– वितरकको स्वीकृति बिनासडक बत्ती वा अन्य प्रयोजनका लागि विद्युत्को लाइनबाट विद्युत्को लाइन तानेमा वा जडान गरेमा
– ऊर्जामापक यन्त्र मार्फत घर वा भवनमा विद्युत्को आपूर्ति गर्न निर्धारित प्रविधि बाहेकको अन्य प्रविधि अपनाएमा
– एउटा उर्जामापक यन्त्रको पोलारिटी उल्टो पारी त्यसबाट फेज र अर्को उर्जामापक यन्त्र वा अर्थबाट न्युट्रल लाइन लिएमा
– ऊर्जामापक यन्त्रमा कुनै पदार्थ घुसाएमा वा अन्य कुनै तरिकाबाट उर्जामापक यन्त्रको डिस्कको सामान्य परिचालनमा अवरोध खडा गरेमा
– टर्मिनल लिङ्क खोलेमा
– वितरको तर्फबाट उर्जामापक यन्त्रमा लगाइएको टर्मिनल वा टेस्ट सिल तोडेमानासेमाबिगारेमा वा नक्कली – टर्मिनल वा टेस्ट सिल प्रयोग गरेमा
– ऊर्जामापक यन्त्र तोडी नासी बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्‍याएमा वा सामान्य परिचलन हुन नसक्ने गरी असक्षम बनाएमा
– ऊर्जामापक यन्त्र राख्ने बाकसको सिल नभएको वा भए तापनि वितरकको छाप नलागेको वा वितरकको बाहेक अरू कसैको छाप लगाएको वा त्यस्तो सिल बिगारेको
– सीटी वा पीटी.वा दुवैको सिल बिग्रेको पोलारिटी उल्टो वा फरक भएको वा कनेक्सन छुट्याइएको
– अन्य कुनै तरिकाले विद्युत् शक्तिको चोरी गरेमा
कसूरको सूचना सम्बन्धी व्यवस्था
विद्युत् चोरीको कसूर भएको वा भइरहेको वा हुनलागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले सूचना दिन सक्ने आफूसँग भएको वा आफूले थाहा पाएको वा आफूले देखे/जाने सम्मको कुनै सबुद प्रमाण भए सो समेतको व्यहोरा खुलाउनुपर्ने
– कसुरको लिखित सूचना अनुसूची–१ बमोजिमको ढाँचामा दिनुपर्ने
– कसूरको सूचना नजिकको वितरक समक्ष दिनुपर्ने
– कसूरको सूचना दिने व्यक्तिले सम्भव भएसम्म देहायका कुराहरू खुलाउनुपर्ने ः–
– कसूर भएको वा भइरहेको वा हुन लागेको मितिसमय र स्थान
– कसूर गर्ने व्यक्तिको नामठेगाना र हुलिया
– कसूरको तरिका र कसूरसँग सम्बन्धित मालवस्तुउपकरण तथा अन्य विवरण
– कसैले मौखिक रूपमा सूचना दिएकोमा वितरकले अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नुपर्ने
– टेलिफोनफ्याक्स तथा इमेलबाट पनि दिन सकिने
– त्यसरी प्राप्त भएको सूचनालाई वितरकले अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राखी आवश्यक कारबाही गर्नुपर्ने
– वितरकको तर्फबाट ग्राहक वा उपभोक्ताको घरभवन वा स्थानमा निरीक्षण गर्दा कसूर भएको वा भइरहेको फेला परेको भनी सम्बन्धित निरीक्षकले प्रतिवेदन पेस गरेमा उक्त प्रतिवेदनमा उल्लिखित कुरालाई समेत कसूरको सूचनाको रूपमा लिई अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नुपर्ने
– प्राप्त हुन आएको कसूरको सूचनालाई वितरकले अनुसूची–२ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्ने
– प्राप्त सूचना वितरक वा अनुसन्धान अधिकारीको क्षेत्रभन्दा बाहिरको रहेछ भने सम्बन्धित वितरक वा अनुसन्धान अधिकारीकहाँ पठाइदिनुपर्ने
– कसूरको सूचना दर्ता गरेपछि सूचना दिने व्यक्तिलाई अनुसूची–३ बमोजिमको ढाँचामा भरपाई दिनुपर्ने
– कसूरको सूचना दिने व्यक्तिको नामठेगाना र निजले दिएको कसूरको सूचनाको व्यहोरा गोप्य रहने
विद्युत् चोरी गरेमा हुने सजाय
– अदालतबाट मुद्दाको कारबाही र किनारा हुँदा कसूर गरेको ठहरिएमा कसूरदारबाट वितरकलाई हुन गएको – वास्तविक हानि नोक्सानी बापतको बिगो र बिगो बमोजिमको क्षतिपूर्ति रकम भराउनुपर्ने
– कसूरदारलाई ५ हजार रुपियाँसम्म जरिवाना वा कसूरको मात्रा अनुसार ३ महिनासम्म कैद वा दुवै सजाय हुने
– पुनः कसूर सोही कसूर गरेमा हानि नोक्सानी बापतको बिगो र क्षतिपूर्ति बापत बिगोको दुई सय प्रतिशत रकम वितरकलाई भराइ १० हजार रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team