Blog Details

केही समसामयिक २०८१

Self Study Team 2025-04-11 17:44:33 460 1
१.      पत्रकार तथा लेखक श्रीधर खनाल 'दीर्घबाहु' को निधन
जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल 'दीर्घबाहु' को निधन २०७१ माघ ०३ भयो। उनको २०२२ सालमा 'शब्दभेदी लडाइँ' उपन्यास प्रकाशित भएको थियो। त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा 'मुर्कट्टा लास', 'छऔंले मान्छे', 'पानको गुलाम', 'डाक्टर डेमन' उपन्यास लेखेका थिए। यसैगरी डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा 'मेजरको सर्प', 'बिखालु इच्छापत्र', 'बाह बजेको घन्टी', 'भेनसका हिप्पीहरू' 'नांगिएकी सुन्दरी' पनि लेखेका थिए।
साथै राम महर्जन सिरिजमा 'हङकङको व्यापारी', 'हेलम्बुकी अप्सरा' 'गुलाफी पिन' नामक जासुसी उपन्यास पनि उनैले लेखेका हुन्।
२.     राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ :
विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते मनाइन्छ ।
वि.स. २०५५ सालदेखि मनाउन शुरुवात गरिएको र वि.स. २०८१ मा २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ। २०८१ को नारा: "भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ" रहेको छ।
३.     राष्ट्रिय योग दिवस, २०८१ :
हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।
२०८१ को नारा 'स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग
२०८१ को दशौँ राष्ट्रिय योग दिवस हो ।
२०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको ।
राष्ट्रिय योग दिवसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई रहेको ।
यसअघि २०३६ सालदेखि उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।
भारतको प्रस्तावमा सन् २०१६ देखि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन शुरुवात गरिएको ।
४.     राष्ट्रिय पोसाक एवं टोपी दिवस - २०८१ :
काहिलेः पुस १७ गते (जनवरी १)
कति औंः १२ औं
२०८१ को नाराः 'नेपाली टोपी हाम्रो पहिचान'
वि.सं. २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।
पुस १७ अर्थात् January 1 मा नै धोति दिवस मनाउने गरिन्छ । 
५.     हेन्ली पासपोर्ट इन्डेक्स-२०२५ :
हेन्ली पासपोर्ट इन्डेक्स-२०२५ मा नेपाल कति औं स्थानमा रहेको छ ? - १०१ औं
हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्सको विश्व वरीयताको शीर्ष स्थानमा सिङ्गापुर रहेको छ।
फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन, अस्ट्रिया, शीर्ष तीनको सूचीमा रहेका छन्।
हेन्ली पासपोर्ट इन्डेक्स २०२५ : शीर्ष मुलुक
श्रेणी       देश                    भिसा फ्री पहुँच गन्तव्य
१.          सिङ्गापुर              १९५
२.          जापान                १९३
३.          फिनल्यान्ड           १९२
         फ्रान्स                 १९१
         जर्मनी                 १९१
४.          इटाली                १९१
         दक्षिण कोरिया       १९१
         स्पेन                   १९१
         अस्ट्रिया               १९१      
५.          डेनमार्क              १९०
५.          आइरल्यान्ड         १९०
५.          लक्जेम्बर्ग            १९०
५.          नेदरल्यान्ड           १९०
५.          नर्वे                    १९०
५.          स्विडेन                १९०      
५.          बेल्जियम             १९० 
. इजरायल र प्यालेस्तायन बीच युद्द बिरामको घोषणा :
यहि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ।।
युद्ध विराम कार्यान्वयन भएको मिति १९ जनवरी २०२५
युद्द सुरु भएको मिति: ७ Oct २०२३
 
. भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम: सन् २०२५ जनवरी १६
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो । डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने । रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ ।
. गोल्डेन चलचित्र अवार्ड २०२४ :
अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा सम्पन्न गोल्डेन चलचित्र अवार्ड २०२४ मा लाइफटाइम अचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो? अभिनेता शिव श्रेष्ठ
उत्कृष्ट चलचित्र : पुजार सार्की
उत्कृष्ट अभिनेता अनमोल केसी (चलचित्र : फर्की फर्की)
उत्कृष्ट अभिनेतृ : आँचल शर्मा (चलचित्र डिग्री माइला)
उत्कृष्ट निर्देशक : दिनेश राउत (चलचित्र पुजार सार्की)
पपुलर अभिनेता : प्रदीप खड्का
पपुलर अभिनेतृ : केकी अधिकारी
उत्कृष्ट लेखक : दीपेन्द्र लामा (चलचित्र नाङ्गो गाउँ)
उत्कृष्ट छायाकार : आलोक शुक्ला (चलचित्र : नाङ्गो गाउँ)
उत्कृष्ट गायक : एसडी योगी (चलचित्र: नाङ्गो गाउँ, सुन सुन सुन्दरी गीतबाट)
उत्कृष्ट गायिका : समीक्षा अधिकारी (चलचित्र बोक्सीको घर, बुझिनँ मैले गीतबाट)
उत्कृष्ट सङ्गीतकार : प्रकाश सपुत
उत्कृष्ट सहअभिनेता: प्रमोद अग्रहरि (चलचित्र : अगस्त्य)
उत्कृष्ट सहअभिनेतृ वर्षा शिवाकोटी (चलचित्र : परदेश)
उत्कृष्ट सम्पादक : मित्र गुरुङ (चलचित्र: उपहार)
क्रिटिक्स च्वाइस अवार्ड: गाउँ आएको बाटो
जुरी अवार्ड : बोक्सीको घर
क्यालिफोर्निया जस्तो महँगो सहरमा नेपाली कलाकर्मी लगेर अवार्ड गर्नु गौरवको कुरा भएको साथै यस खालको सहयोगात्मक अवार्डले नेपाली फिल्मको बजार, प्रभाव र आकर्षण विस्तार हुने विश्वास लिइएको।
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कारः अभिनेत्री स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्रः जारी
विशेष चलचित्र पुरस्कारः सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मानः नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र "आमा" की अभिनेत्री चैत्यदेवी सिंहलाई प्रदान
 
. लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, २०२४ :
UNO ले तयार गरेको नारा: Towards 30 Years of the Beijing Declaration and
Platform for Action, Unite to End Violence against Women
नेपालको नारा : "हामी सबैको प्रतिवद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता" रहेको छ। यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ ।
१०. बालोन डी-ओर अवार्ड, २०२४:
पुरुषतर्फः रोड्री, स्पेन/म्यानचेस्टर सिटी
महिलातर्फः आइताना बोनमती, स्पेन/बार्सिलोना
युवा खेलाडी (कोपा ट्रफी): लामिन यामल, स्पेन/बार्सिलोना
स्ट्राइकर (गर्ड मुलर ट्रफी): किलियन एम्बाप्पे र ह्यारी केन
गोलकिपर (यासिन ट्रफी): इमिलियानो मार्टिनेज, अर्जेन्टिना/एस्टोन भिल्ला
सोक्रेटिस अवार्डः जेनिफर हर्मोसो, स्पेन
प्रशिक्षक (पुरुष): कार्लो एन्सेलोट्टी (रियल म्याड्रिड)
प्रशिक्षक (महिला): इम्मा हाएस (अमेरिका)
क्लब (पुरुष): रियल म्याड्रिड
क्लब (महिला): बार्सिलोना
सन् २०२४ अक्टोबर २८ मा पेरिसमा घोषणा गरिएको हो। यो अवार्ड फ्रेन्च फुटबल पत्रिकाले हरेक वर्ष प्रदान गर्दछ ।

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team