नेपालको इतिहासलाई राजनीतिक विभाजनका
आधारमा तीन कालखण्डमा विभाजन गरी अध्ययन गर्ने गरिन्छ
। ती कालखण्डहरू प्राचीन काल,
मध्य काल र आधुनिक काल हुन् । वि.स. ९३७
भन्दा अगाडिको कालखण्ड
प्राचीन काल, वि.स.
९३७ देखि १८२५ सम्मको मध्य काल र त्यसपछिको समयलाई आधुनिक काल
भनिन्छ । प्राचीन
कालमा गोपाल, महिषपाल, किरात
तथा लिच्छवी सभ्यताहरूको विकास भएको थियो । लिच्छवी कालमा
नेपालको आकार झन्डै अहिलेको नेपाल जत्तिकै ठुलो थियो ।
मध्यकाललाई पूर्वमध्यकाल र उत्तर
मध्यकालका रूपमा विभाजन गरिएको छ । पूर्वमध्यकालीन अवस्थाका बारेमा
प्रयाप्त जानकारीहरू नभएका कारणले यसलाई अन्धकारको युगसमेत भनिएको छ ।
पूर्वमध्यकालमा
हालको नेपाल मुख्य रूपले तीन खण्डहरूमा
विभाजित थियो । तिनीहरू सिंजा क्षेत्र वा खस राज्य, सिम्रौनगढ क्षेत्र
वा तिरहुत वा डोय राज्य र नेपाल मण्डल वा नेपाल राज्य थिए । नेपाल मण्डल बागमती
क्षेत्र वा काठमाडौँ
उपत्यकाका नामले परिचित थियो ।
उत्तरमध्य कालमा आएर ती राज्यहरू पनि
कमजोर हुँदै गए र हालको नेपालको कर्णाली प्रदेशमा बाइसी राज्य, गण्डकी
प्रदेशमा चौबिसी राज्य,
बागमती प्रदेशमा तीन मल्ल राज्य र
पाल्पादेखि पूर्वी दक्षिणको
प्रदेशमा तीनओटा सन राज्यहरू थिए । गोरखाका
राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई विजय गरी
काष्ठमण्डप क्षेत्रलाई राजधानी बनाएर त्यहीबाट शासन गर्न थालेपछि आधुनिक कालको
सुरुआत हुन्छ ।
सिंजा राज्य
पूर्व मध्यकालमा नागराजले स्थापना
गरी विकसित भएको कर्णाली प्रदेशको सिंजा राज्य चौधौं पुस्ताका राजा अभय
मल्ल निःसन्तान रहँदा वि.स. १४५० देखि यो साम्राज्य छिन्नभिन्न हुन गयो । प्रमुख
खस राजाहरूको संक्षिप्त
परिचय यस प्रकार छ:-
१. नागराज
तिब्बतको गुगेबाट आएका नागराजले
बाह्रौँ शताब्दीको सुरुतिर कर्णाली प्रदेशको सिंजा उपत्यकालाई राजधानी बनाई
खस राज्यको स्थापना गरेका थिए । उनले राज्य सञ्चालनको लागि स्थिति र बन्दोवस्त
मिलाएका एकाइ थिए
। यो राज्यको सिमाना स्पष्ट बताउन सकिँदैन तर राज्यको पूर्ण रूपमा विकास र विस्तार
भएको अवस्थामा
यसको सिमाना पूर्वमा त्रिशुली नदी,
पश्चिममा लद्दाख, उत्तरमा
तिब्बतको गुगे नदी र दक्षिणमा
भारतको भागीरथी नदीसम्म पैmलिएको
थियो । नागराजपछि उनको वंशका चाप,
चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल
आदि राजा भए ।
२. क्राचल्ल
क्राशिचल्लपछि क्राचल्ल राजा भएका
हुन् । यिनी सिंजाका
छैटौं राजा थिए । उनी नागराजपछिका शक्तिशाली
राजा थिए
। यिनी आवश्यक्ताअनुसार विभिन्न कुटनीतिक योजनाहरू बनाउने
र कार्यान्वयन गर्ने काममा निकै सिपालु थिए । कुमाउँको
बालेश्वर महादेवको मन्दिरमा राखिएको सिलालेखमा क्राचल्लको
योगदानको चर्चा गरिएको छ । यिनले आफ्नो राज्य कुमाउँसम्म
विस्तार गरेका थिए । यिनको राज्यारोहणपछि खस राज्यको
प्रमाणिक इतिहास सुरु भएको मानिन्छ । सुर्खेतको काँक्रेबिहारको
निर्माण यिनैले गराएका थिए ।
३. अशोकचल्ल
अशोकचल्ल क्राचल्लका छोरा हुन् । उनी
आफ्ना बाबुजस्तै प्रतापी र विजयी थिए । गढवाल, गया तथा बोधगयामा
समेत यिनका प्रशस्तिका स्तम्भहरू प्राप्त भएका छन् । यिनी न्यायप्रेमी तथा धार्मिक
राजा थिए ।
४. जितारी मल्ल
जितारी मल्ल अशोकचल्लका छोरा हुन् ।
यिनी मल्ल उपाधि ग्रहण गर्ने पहिलो राजा मानिन्छन् । यिनले काठमाडाँै
उपत्यकाका मल्ल राजाहरूमाथि विजय प्राप्त गरेर मल्ल उपाधि लिएको अनुमान इतिहासकारहरूले गरेका
छन् । यिनले तीनपटक काठमाडौँ उपत्यकामाथि आक्रमणसमेत गरेका थिए । खसहरूको आक्रमणबाट आत्तिएर
त्यसबेलाका काठमाडौँ उपत्यकाका राजा अनन्त मल्लले जितारी मल्लसँग सम्झौता गरेका
थिए ।
५. रिपु मल्ल
रिपु मल्ल अशोक चल्लका नाति जितारी
मल्लका भाइ आनन्द मल्लका छोरा थिए । यिनी राज्यका उत्तराधिकारी नभए
पनि बाजे जितारी मल्लको मृत्युपछि उत्तराधिकारी खाली भएपछि राजा बनेका थिए ।
धार्मिक तथा विद्वान
हुनाले यिनले नेपाल मण्डलको यात्रा गर्नुका साथै लुम्बिनीको पनि भ्रमण गरेको कुरा
अशोक स्तम्भमा अङ्कित
रिपु मल्ल र उनका छोरा सङ्ग्राम मल्लको नामले स्पष्ट पार्दछ ।
६. आदित्य मल्ल
आदित्य मल्ल अशोक चल्लका नाति तथा
जितारी मल्लका कान्छा छोरा हुन् । यिनी राज्यका उत्तराधिकारी काक्रे
बिहास नभएका
हुनाले भोटको मठमा भिक्षु बनी बसेका थिए । यसबेला खस राज्यमा षडयन्त्र सुरु
भइसकेको थियो
। यिनले रिपु मल्लका छोरा सङ्ग्राम मल्ललाई उत्तराधिकारीबाट हटाई राज्यको शासन आफ्नो
हातमा लिए
। यसबेला उपत्यकाको अवस्था खस राज्यहरूको काबुबाहिर जान लागेको हु्नाले यिनले
काठमाडौँमाथि आक्रमण
गरी आफ्नो आधिपत्य कायम राखे । यिनका छोरा नभएका हुनाले ज्वाइँ पुण्य मल्ललाई
राज्यको उत्तराधिकारी
बनाइयो ।
७. पुण्य मल्ल
राजा आदित्य मल्लकी छोरी सकुनमालाका
पति पुण्य मल्ल धार्मिक सहिष्णु राजा थिए । बुद्धको आराधाना गर्दथे
। उनले विभिन्न स्थानमा देवल,
मठ,
गुम्बा तथा मन्दिरहरू निर्माण गराई पूजा र
संरक्षणका लागिजमाएका गुठीको समेत व्यवस्था गरेका थिए । यिनले काठमाडौंँ उपत्यकामा
आक्रमण गरी ५ महिनासम्म कब्जा जमाएका थिए ।
८. पृथ्वी मल्ल
पृथ्वी मल्ल पुण्य मल्लका छोरा हुन्
। यिनले देशको सिमाना बढाउने मात्र काम नगरी राज्यको आन्तरिक प्रबन्धमा
समेत ध्यान दिँदै प्रशासन सुधारका लागि मन्त्री र महाअमात्यहरूको नियुक्ति गरेका
थिए । यिनले विद्या
र सिपको कदर गर्दै विभिन्न सिप र योग्यता भएका मानिसहरूलाई पुरस्कार दिने र
उनीहरूको आम्दानीमा
कुनै किसिमको कर नलगाउने व्यवस्था गरेका थिए। यिनले भोट र भारतसँगको व्यापारलाई सुगम
बनाउनका लागि सडक निर्माण गराएका थिए । यिनको शासनकालबाट तिब्बत र डोटी स्वतन्त्र भएकाले
खस राज्यको अस्तित्वमाथि सङ्कट पैदा हुँदै गयो ।
दुल्लुको कीर्तिस्तम्भ यिनैले
स्थापना गरेका हुन् । यो खस राज्यको भरपर्दो ऐतिहासिक स्रोत हो । नेपाली भाषाको
विकास र विस्तारमा समेत यो स्तम्भमा कुँदिएका लिपिहरूको योगदान रहेको छ ।
९. अभय मल्ल
अभय मल्ल विशाल खस राज्यका अन्तिम
राजा हनु । पृथ्वी मल्लका शासनकालपछि भारदारहरूमा शक्ति सङ्घर्षको
थालनी भयो । त्यसलाई अभय मल्लर्ल
नियन्त्रण गर्न सर्क नने । अभय मल्लपछि सिंजाका शक्तिशाली भारदार
मलय वमार्ल सत्ता कब्जा गरे । यो घटनासँगै खस राज्य विभिन्न टुक्राहरूमा विभाजित भयो ।
सिंजा राज्यको सभ्यता आजका
नेपाली सभ्यतामा खस सभ्यताको गहिरो प्रभाव परको छ। खस सभ्यताका बारेमा तल चर्चा गरिएर्का
छ ।
१. राजनीतिक
अवस्था
खस राजाहरूले विकेन्द्रीकारणको
अभ्यास गरेका थिए । कर्णाली प्रदेशभन्दा अन्यत्रका क्षेत्रहरूमा स्थानीयहरूको जिम्मा
लगाइएको थियो । प्रशासन,
सैनिक सङ्गठन तथा न्यायका प्रमुख राजा हुने
हुँदा राज्यका तीनओटै
अङ्गहरू उनैद्वारा नियन्त्रित र निर्देशित
हुने व्यवस्था थियो । राजाको जेठा छोरा राज्यको उत्तराधिकारी हुने
र अन्य राजकुमारहरूले सेनापति,
मण्डलेश्वर, अमात्य आदिका
रूपमा रहेर शासनमा सहयोग गर्दथे ।
राजा पुत्रहीन भएमा ज्वाइँमा राज्यको
उत्तराधिकार जाने गरेको देखिन्छ । राजकाजमा सहयोग गर्नका लागि महाअमात्य, अमात्य, भण्डारी, राजगुरु
आदिको नियुक्ति गरिन्थ्यो । त्यसैगरी गुप्तचर, भूमि, प्रशासनिक, न्यायिक, तथा
ग्राम प्रशासन हेर्नका लागि प्रेक्षक,
अडै,
अधिकारी, कार्की÷कारिक, रोकाया, महातारा
आदि जस्ता
पदहरूको सिर्जना गरिएको थियो । यसरी हेर्दा सिंजाको राजनीतिक सभ्यता व्यवस्थित
रहेको देखिन्छ ।
२. सामाजिक
अवस्था
मध्यकालीन खस समाज सुरुमा बौद्ध
धर्मबाट प्रभावित हुनाले यो समाजमा वर्ण व्यवस्थामा आधारित जातअनुसारका
कार्य विभाजन गरिएको थिएन । यिनीहरूले खस भाषा बोल्दथे र यहीँबाट नै खस भाषाको उत्पत्ति
भएको हो । हाल आएर त्यही खस भाषा नेपाली भाषाको रूपमा विकसित भएको छ । समाजमा सर्वसाधारण
वर्गका नारीको अवस्था कस्तो थियो भन्ने कुराको जानकारी पाईंदैन । तर राजपरिवारका
नारीहरू भने
निकै सम्मानित र उच्च ओहदामा थिए । दैलेख पादुकास्थानको सउना कार्की र सउना
कक्र्यानीको देवलमा
नारी पात्रको नाम हुनाले समाजमा नारीहरूको स्थान पुरुष समान रहेको बुझिन्छ।
३. धार्मिक
अवस्था
सिंजा राज्य बौद्ध तथा हिन्दु धर्मको
सङ्गमस्थल थियो । राजाहरू आपूmलाई
वोधिसत्वको अवतार मान्दथे भने
हिन्दु धर्मअनुसारका संस्कारगत कार्यहरू पनि
गर्दथे । यस कालमा धार्मिक सहिष्णुताको राम्रो विकास भएको थियो
। वेलावेला खस राजाहरू काठमाडौँ आई पशुपतिनाथ, स्वयम्भूनाथ तथा
मच्छेन्द्रनाथको दर्शनसमेत
गर्दथे । प्रसिद्ध खस राजा क्राचल्लले
कुमाउँमा बालेश्वर महादेवको मन्दिर स्थापना गरी भूमिदान गरेका थिए भने
क्राचल्लले सुर्खेतमा काँक्रे बिहार बनाउनुका साथै गडवालमा महादेवको मन्दिर
स्थापना गरी त्रिशूल
चढाएका थिए । रिपु मल्लले लुम्बिनीको दर्शन
गरी अशोक स्तम्भमा आफ्नो नाम कुदाएका थिए ।
४. चाडपर्व
खस राज्यमा विभिन्न किसिमका
चाडपर्वहरू मनाइन्थ्यो । ती चाडपर्वहरू हिन्दु तथा बौद्ध संस्कारसँग सम्बन्धित
थिए । कुलपूजा, दसैँतिहार, बुद्ध
जयन्ती, एकादशी, चैते
दसैँ, नव
वर्ष, वैशाख
पूर्णिमा आदि सिंजामा
मनाइने चाडपर्वहरू थिए ।
५. आर्थिक अवस्था
कृषि, पशुपालन, घरेलु
उद्योग र उत्तरदक्षिण व्यापार आदि खस राज्यका प्रमुख आर्थिक अर्थोपार्जन गर्ने माध्यमहरू
थिए ।
Leave Your Comment