बेलायतमा लामो समय देखि शक्तिका लागि राजा र धर्मगुरुहरु विच संघर्ष चलिआएको थियो । यस्तो संघर्षमा बेलायतका शोषित जनताले धर्मगुरुहरुलाई साथ दिए । अन्ततः ततकालिन बेलायती राजा जोनले राज्य भन्दा पनि माथि मौलिक अधिकार छ जुन अनतिक्रम्य छ र यसलाई स्वयं राज्य तथा राजाले पनि अतिक्रमण गर्न सक्दैनन् भन्ने मूल सिद्धान्तलाई आत्मासाथ गर्न पुगे र बेलायती जनतालाई सार्वभौमसत्ता सुम्पन पुगे । यसै घटनालाई विश्वको ईतिहासमा Magna -Carta (महाअधिकार–पत्र) भनिन्छ ।
म्याग्नाकार्टामा भएका प्रमुख विशेषताहरुः
#ब्यक्तिलाई स्वतन्त्रताको अधिकार दिने विश्वकै प्रथम दस्ताबेज, #सार्वभौमसत्ता जनतामा निहित, #ऐन बनाउने र पारित गर्ने अधिकार संसदलाई हुने, #संवेधानिक राजतन्त्रको स्थापना, #संसदको स्वीकृति विना कुनैपनि प्रकारका करहरु लगाउन नपाइने, #राजाले नियमित रुपमा संसदको बैठक बोलाउनु पर्ने, #जनतालाई स्वतन्त्रता, सम्पत्ती जस्ता मौलिक अधिकारको प्राप्ती, #राजकीय सेनाको आर्थिक प्रवन्ध संसदको स्वीकृतिले मात्र हुने, #कानुन बमोजिक बाहेक कुनै पनि ब्क्तिलाई थुनामा राख्न र देश निकाला गर्न नपाइने, #विना ढिलाई र निश्पक्ष रुपमा न्याय प्रदान गरिने, #कनुन बमोजिम बाहेक कसैलाई पनि सजाय नगरिने आदि । ककेही प्रश्नोत्तरहरु #राजा जोन भन्दा पूर्व बेलायतको गद्दि कसले सम्हालेका थिए ? – राजा रिचार्ड #म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ? – राजा जोन #राजा जोनले म्याग्नाकार्टामा कहिले हस्ताक्षर गरेका थिए ? – सन् १२१५ जुन १५ #म्याग्नाकार्टामा कुन ठाउंमा हस्ताक्षर भएको थियो ? – रेनिमेड नामक गाउँ #म्याग्नाकार्टाको प्रमुख विशेषता के हो ? – विश्वमै मानव अधिकारका सम्वन्धमा भएको प्रमुख दस्तावेज #ब्यारोन धर्मगुरुहरुले राजा जोनलाई सत्ताच्युत गरी कसलाई गद्दिमा बसाले ? – फ्रान्सका राजकुमार लुईस #राजा जोनको मृत्यु कहिले भएको थियो ? – सन् १२१६ मा #ब्यारोन धर्मगुरुहरुले राजा लुइसलाई सत्ताच्यूत गरी कसलाई गद्दिमा बसाले ? – हेनरी तृतिय (Henry lll) #Magna -Cartaलाई कहिले संशोधन गरियो ? – सन् १२२५ मा #संशोधित Magna -Cartaमा हस्ताक्षर गर्ने राजा को थिए ? – Henry lll #Magna -Cartaमा कतिवटा धाराहरु रहेका थिए ? – ६३ वटा #हालसम्म पनि Magna -Cartaका कतिवटा मूल प्रति संग्रहित छन् ? – ४ (चार) #म्याग्नाकार्टा बेलायती नागरिकहरुको नागरिक अधिकारको प्रत्याभूति गर्ने पहिलो महत्वपूर्ण दस्तावेज हो । #Magnacarta Libertatum को शाब्दिक अर्थ के हुन्छ ? –स्वतन्त्रताको महाअधिकारपत्र #धार्मिक मामलामा हस्तक्षेप गर्ने र स्वेच्छाचारितापूर्वक कर उठाउने राजकीय सत्ता विरुद्ध पोपको तत्वावधानमा बेलायती जनताले गरेको विद्र्रोहको परिणामस्वरुप जारी हुन पुगेको दस्तावेज कून थियो ? –म्याग्नाकार्टा #पश्चिमाहरुले कुन दस्तावेजलाई मानवअधिकारको विकासको प्रारम्भिक बिन्दूको रुपमा लिएको पाइन्छ ? –म्याग्नाकार्टा #गौरवमय क्रान्तिलाई अर्को के नामले चिनिन्छ ? –रक्तहीन क्रान्ति #म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ? –बेलायती नागरिकहरुको स्वतन्त्रताको प्रथम बडापत्र #म्याग्नाकार्टा कहिले जारी भएको हो ? –सन् १२१५ मा #म्याग्नाकार्टालाई कस्तो दस्तावेज मानिन्छ ? –मानवअधिकार विकासको प्राचीन दस्तावेज #म्याग्नाकार्टालाई कुन सभ्यताको प्रभावको रुपमा लिइन्छ ? –ग्रिक सभ्यता #म्याग्नाकार्टा ल्याटिन भाषामा लेखिएको थियो भने म्याग्नाकार्टा कुन भाषाबाट लिइएको शब्द हो ? –ल्याटिन #म्याग्नाकार्टाको मस्यौदा व्यारोन पादरीहरुले तयार पारेका थिए भने म्याग्नाकार्टामा कुन राजाले हस्ताक्षेर गरेका हुन् ? –जोन द्वितीय #राजा जोन द्वितीयभन्दा पहिले बेलायतको गद्दीमा को बसेको थियो ? –रिचर्ड #म्याग्नाकार्टामा राजा जोन द्वितीयले कहिले हस्ताक्षेर गरेका थिए ? –१५ जुन १२१५ #म्याग्नाकार्टामा हस्ताक्षेर भएको स्थान ? –लण्डनदेखि १९ माइल दक्षिण–पश्चिम रन्नीमेड -Runnymede)भन्ने गाँउमा, Thames River को किनारमा, #म्याग्नाकार्टामा हस्ताक्षेर गरे तापनि राजाले यसका प्रावधान नमान्दा बेलायतका व्यारोन्सले राजालाई हटाई कसलाई राजा बनाएका थिए ? –फ्रान्सका राजकुमार लुइस आठौंलाई #लुइस आठौं पछि बेलायतमा को राजा भए ? –हेनरी तृतीय #म्याग्नाकार्टालाई कुन राजाले संशोधन र पूर्णता प्रदान गरेका थिए ? –हेनरी तृतीय #म्याग्नाकार्टामा पहिलो संशोधन कहिले भएको थियो ?– 12 November 1216 (Henry III) #म्याग्नाकार्टामा दोस्रो संशोधन कहिले भएको थियो ?– February 1217 (Henry III) #हेनरी तृतीय (-Henry III)ले म्याग्नाकार्टामा कहिले तेस्रो संशोधन गरी पूर्णता दिएका थिए ?– 1225 #राजा एडवर्ड प्रथमले म्याग्नाकार्टामा कहिले चौथो संशोधन गरे ? –1297 #म्याग्नाकार्टालाई बेलायतको संवैधानिक इतिहासमा स्वतन्त्रताको कति औं वडापत्र मानिन्छ ? –प्रथम #“म्याग्नाकार्टा,बिल अफ राइट्स र पेटिसन अफ राइट्स बेलायती संविधानका बाइबल हुन्”योभनाई कसको ? –पिट द एल्डर #हेनरी द्वितीयको समयमा बेलायतका पोप को थिए ? –इन्नोसेन्ट तृतीय #जोन द्वितीयको जन्म कहिले भएको थियो ? –२४ डिसेम्बर११६६ #जोन द्वितीय कहिले राजा भएका थिए ? –६ अप्रिल ११९९ #जोन द्वितीय को मृत्यु कहिले भएको थियो ? –१८ अक्टोवर १२१६ #राजा जोन द्वितीयलाई के नाम समेतले चिनिन्छ ? –जोन लेकल्याण्ड #जोन द्वितीयका बाबुको नाम के थियो ? –हेनरी द्वितीय #जनप्रतिनिधीको स्वीकृतिविना कर लगाउननपाइने भन्ने अवधारणाको विकास कुन दस्तावेजबाट आएको हो ? –म्याग्नाकार्टा #म्याग्नाकार्टा दस्तावेज क–कसको संघर्षको प्रतिफल हो ? –राजा र पादरी #बेलायतमा राजा र जनताबीच संघर्ष हुनु पूर्व क–कसबीच संघर्ष भएको थियो ? –राजा र धर्मगुरुहरुबीच #म्याग्नाकार्टा जारी हुने आधारशीलाका रुपमा कुन घटनालाई मानिन्छ ?–सत्ताको लागि राजा र धर्मगुरुहरुबीच भएको संघर्ष #प्राकृतिक अधिकारलाई विभिन्न तरिकाबाट व्याख्या गर्ने क्रममा युरोपमा इशाई धर्मको प्रभूत्व रहेको समयमा प्राकृतिक कानूनलाई मुख्य रुपले कुन कानूनको रुपमा व्याख्या गरिएको थियो ?–ईश्वरीय कानून #राजा र धर्मगुरुहरु बीचको संघर्षमा बेलायती जनताले कसलाई साथ दिएका थिए ?–धर्मगुरुहरुलाई #बेलायतमा कून राजाको शासनकालमा राजाको शक्ति बढाउने क्रममा अत्यधिक कर लागू गरेपछि पोपको साथै शोषित जनतापनि राजा विरुद्ध एकत्रित हुन थाले ? –राजा रिचर्ड #म्याग्नाकार्टामा हस्ताक्षेर गर्न राजा जोनलाई बाध्य पार्ने व्यक्ति को थिए ? –अंग्रेजी व्यारोन्स #हालसम्म सुरक्षित रहेका म्याग्नाकार्टाका ४ वटा मूल प्रतिहरुमध्ये दुई वटा लण्डनस्थित ब्रिटिश लाइब्रेरीमा रहेका छन् भने अन्य दुई प्रति कहाँ रहेका छन् ? –एउटा Salisbury Cathedral र अर्को Lincoln Cathedralमा #म्याग्नाकार्टाको मस्यौदा कसले तयार पारेका थिए ? –व्यारोन पादरीहरुले #म्याग्नाकार्टामा अनुसूची बाहेक कतिवटा धाराहरु रहेका छन् ? –६३ #म्याग्नाकार्टाको धारा १ मा के कुरा उल्लेख छ ? –चर्चको स्वयत्तता #प्रत्येक व्यक्तिलाई कानून अनुसार नै दण्ड दिइने कुरा म्याग्नाकार्टाको कुन धारामा छ ? –३९ #म्याग्नाकार्टाको कुन धारामा राजाका मन्त्री तथा कर्मचारीले कानून जान्नु र मान्नुपर्दछ भनी लेखिएको छ ? –५४ #म्याग्नाकार्टाको कुन चाँही धारामा हामी (राजा) ले न्यायको अधिकार बेच्ने छैनौं भनी लेखिएको छ ?–४० #म्याग्नाकार्टाको परिणामस्वरुप प्रचलनमा आएको पहिलो असाधारण क्षेत्राधिकार (रिट) कुन हो ? –बन्दीप्रत्यक्षीकरण #बेलायतमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी कानून कहिले बन्यो ? – सन् १६७९ #बन्दी प्रत्यक्षीकरण म्याग्नाकार्टाको कुन बुँदासँग सम्बन्धित छ ? – ३९ औं #List of Participants in Magna carta, 1225 : 1.Barons : 25 2.bishops : 12 3.abbots : 20 #म्याग्नाकार्टाको मस्यौदा कहिले गरिएको थियो ?९सन् १२१३ मा Archbishop Langtonले लेखेका, ब्यारोन्सले प्रस्ताव गरेबमोजिम ) । #म्याग्नाकार्टामा जोन द्वितीयले हस्ताक्षेर गर्दा उनको कतिऔं शासन वर्ष चलेको थियो ? –सत्रौं #गौरवमय क्रान्तिः #संसदको निर्वाचनमा राजाको हस्तक्षेप, दैवी अधिकारको सिद्धान्त विषयमा मतभेद, राजा जेम्स द्वितीयको अदूरदर्शिता तथा कठोर दमन नीतिविरुद्ध सन् १६८८ मा बेलायतमा भएको क्रान्तिलाई गौरवमय क्रान्ति भनिन्छ । जसको परिणामस्वरुप बेलायतमा संवैधानिक राजतन्त्रको स्थापना, संसदको सर्वोच्चता र वैदेशिक सम्बन्धमा परिवर्तन आयो । #गौरवमय क्रान्ति के हो ? –विना रक्तपात बेलायतको राजगद्दीमा वंश परिवर्तन भएको घटना #बेलायतमा गौरवमय क्रान्ति कहिले भएको थियो ? –सन् १६८८ #बेलायतको गौरवमय क्रान्ति केको विरुद्ध थियो ? –तत्कालीन शासकको निरंकुशता विरुद्ध #गौरवमय क्रान्तिको समयमा बेलायतमा राजा को थिए ? –जेम्स द्वितीय #James IIकुन वंशका थिए ? –स्टुअर्ट #स्टुअर्ट वंशका सबै शासक कुन सिद्धान्तका आधारमा शासन चलाउदथे ? –दैवीसिद्धान्तको आधारमा #गौरवमय क्रान्ति कोको बीचको शक्ति संघर्षको परिणाम थियो ? –राजा र संसदबीचको #गौरवमय क्रान्तिमा पराजीत भई राजा James IIभागेर कहाँ गए ? –फ्रान्स #गौरवमय क्रान्तिपछि बेलायतीहरुले कसलाई राजा बनाए ? –हल्याण्डका विलियम अफ ओरेन्ज र मेरी #गौरवमय क्रान्तिको परिणामस्वरुप जारी भएको दस्तावेज कुन हो ? –बील अफ राइट्स् (अधिकारपत्र) #बील अफ राइट्स् (अधिकारपत्र) मा विलियम अफ ओरेन्ज र मेरीले कहिले हस्ताक्षेर गरे ? –१६ डिसेम्वर १६८९
Leave Your Comment