श्री मस्याम माध्यमिक बिधालय , तिनाउ गाउपालिका - ६, मस्याम, पाल्पा को संक्षिप्त परिचय
श्री मस्याम माध्यमिक बिधालय , तिनाउ गाउपालिका - ६, मस्याम, पाल्पा को संक्षिप्त परिचय
SS Team 2025-01-30 22:42:36 364 0
राणा शासनकाललाई शैक्षिक विकासको आधारमा हेर्दा एउटा अन्धकारले
छाएको युगको रुपमा हेर्न सकिन्छ । तापनि त्यस शासन कालको उत्तरार्धमा सयमको मागकाई
बन्दुकले छेक्न नसक्ने भएकोले केही विद्यालय वा एउटा कलेजको स्थापना भएको पाइन्छ ।
मस्याम गाउँमा पनि २००७ अघि एउटा पौवाबाट विद्यालयको सुरुवात हुन लागेको हो ।
तैपनि विद्यार्थी संख्या नहुनु, शिक्षाको स्पष्ट नीति
नहुनु र पठनपाठन गर्न उचित भवन वा ठाउँको अभावमा यो विद्यालयको अस्तित्व रक्षाकै
संघर्षमा कैयौँ वर्ष विते । विक्रम सम्वत २०१४ सालमा जिल्ला शिक्षा कार्यालय
पाल्पाबाट नर्मल तालिम प्राप्त शिक्षकलाई वार्षिक आर्थिक सहायता प्राप्त गरि
प्राथमिक विद्यालय तह स्विकृतको औपचारिक रुपमा भएको पाइन्छ । राष्ट्रिय शिक्षा
पद्दतिको योजना २०२८ कार्यान्वयनको क्रममा पाल्पा जिल्लामा विक्रम सम्वत २०३१।०३२
मा तत्कालीन ने रा प्रा वि मस्यामले कक्षा १-५ सम्म संचालन गर्ने प्रस्तावित नि मा
वि विद्यालयको स्वीकृती प्राप्त गरेको थियो । यसरी प्रस्तावित नि मा वि को रुपमा
संचालन गर्दा २०३३ मा कक्षा ६, २०३४ मा कक्षा ७ क्रमशः मा वि
९ र १० कक्षा पनि अनुमती प्राप्त भयो । २०४१ र २०४२ सालमा कक्षा ८,९ र १० कक्षा पनि अनुमति प्राप्त भयो र मस्याम मा वि का रुपमा जिल्ला भरी
चिनिने मौका पायो । सबै मस्यामी जनताको केही न केही सहयोग मस्याम मा वि स्थापनार्थ
अवश्यनै छ । तर यसको मुख्य श्रेय भने तत्कालिन गाउँ पञ्चालयतका पदाधिकारीहरु,
विद्यालय सहयोग समितिका पदाधिकारीहरु, विद्यालयका
शिक्षकहरु, स्थानीय बुद्धिजीविहरु, समाजसेवीहरुलाई
नै जान्छ । उहाँहरुको अटुट योगदान, अथक परिश्रम र कटीबद्धताकै
कारण मस्याम मा वि हालको अवस्थामा आइपुग्न सकेको हो भन्नुमा अतियुक्ति हुने छैन
। विद्यालय सञ्चालन खर्च दोभानको लघुवा, ठिमुरेको पोरक्नी र
यस गा वि स का सबै घरधुरीमा मुठीदान समेत उठाउदै हिडेको इतिहास स्मरण गर्दै आज पनि
त्यस बेला खटेका समाजसेवीहरु बताउनु हुन्छ । समय कसैको कब्जामा हुँदैन । यो
निरन्तर गतिशिल छ । यहि सत्य कै सापेक्षता रुपमा मस्याम माध्यमिक विद्यालय पनि
परिवर्तनका धैरै फड्को मार्दै हाल समुन्नत अवस्थामा आउन सकेको हो । माध्यमिक
विद्यालय कक्षा सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने कार्यलाई परम्परागत कार्य
भन्दा बढी जोड गर्नुपर्ने आवश्यक्ता थियो । गाउँका सबै घरधुरीलाई उनीहरुको
विद्यालयलाई गर्न सकिने आर्थिक त्यागको आधारमा विशिष्ट, क,
ख र ग गरी चार किसिमको श्रेणिमा विभाजन गरिएको थियो । जस अनुसार
विशिष्ट श्रेणी रु २०० भन्दा बढी, क श्रेणी रु १५० भन्दा
बढी, ख श्रेणी रु १०० भन्दा बढी र ग श्रेणी रु ५० भन्दा बढी
आर्थिक सहयोग गर्नुपर्ने गरी श्रेणी विभाजन गरियो । यसरी गाउँलेको पसिना र
समाजसेवी, बुद्धिजीवीको चिन्तनको उपज मस्याम माध्यमिक
विद्यालय साच्चिकै यस क्षेत्रको शैक्षिक धरोहर एवं ग्रामिण जनताको चौतर्फी विकासको
सम्वाहकको रुपमा रहेको छ । हाल यस मस्याम माध्यमिक विद्यालयले कक्षा ११ र कक्षा १२
सञ्चालन गर्न गरेको पहल अनुरुप शैक्षिक सत्र २०६० देखि कक्षा १२ सम्मका कक्षाहरु
सञ्चालन भएका छन् ।
Leave Your Comment