अन्टार्कटिका महादेश
परिचय
अन्टार्क्टिका
पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित एक महादेश हो। भौगोलिक दक्षिण ध्रुव यस
महादेशको अन्तर्गत पर्दछ। कुमरु वृत्तको दक्षिणमा पर्ने दक्षिणी गोलार्द्धको
अन्टार्क्टिक क्षेत्रमा लगभग पूर्णरूपमा अवस्थित यस महादेशलाई दक्षिणी महासागरले
घेरेको छ। १,४२,००,००० वर्ग
किलोमिटर (५,५००,००० वर्ग माइल)
क्षेत्रफल भएको अन्टार्क्टिका पृथ्वीको पाँचौँ सबैभन्दा ठूलो महादेेश हो र यो
अस्ट्रेलिया महादेश भन्दा दुई गुणा ठूलो छ। अन्टार्क्टिका संसारमा सबैभन्दा कम
जनसङ्ख्या भएको महादेेश हो। यस महादेशको जनसङ्ख्या घनत्व ०.००००८ प्रति वर्ग
किलोमिटर रहेको छ। अन्टार्क्टिकाको ९८% भूभाग औसत १.९ किलोमिटर (१.२ मि. ६,२०० फिट) हिउँले ढाकिएको छ।
अन्टार्कटिका हिउँ
नै हिउँले भरिएको मानवरहित महादेश हो । त्यहाँ जाडो याममा माइनस ८९ डिग्री र
गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने गर्छ । प्रतिघण्टा २ सय किलो
मिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र
ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न सकिँदैन र अहिलेसम्म मानव बस्तीसमेत
पाइएको छैन । ६ महिना दिन र ६ महिना रात हुने यो महादेशमा सन् १९११ मा मानिसले
पहिलो पटक पाइला टेकेको थियो । विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र
अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ ।
अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिँ
विश्वकर्मा सन् १९८६ मा भारतीय बङ्गाल इन्जियनिरिङ ग्रुप रुड्कीबाट छनौट भई
अन्ट्रार्कटिका गएका थिए ।
Leave Your Comment