बन रक्षकको लागि महत्वपूर्ण जानकारी
वन ऐन २०७६ का अनुसार वन भन्नाले पूर्ण वा आशिक रुपमा वा बुट्यानले ढाकिएको क्षेत्र सम्झनु पर्दछ भने राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कवुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन सम्झनु पर्छ भनि उल्लेख गरिएको छ ।
स्वामित्वको आधारमा वन दुई किसिमको हुन्छ :
१. सरकारी वन : सरकारको स्वामित्वमा रहेको साथै सरकारद्वारा व्यवस्थापन गरिएको वन।
२. निजी वन : प्रचलित कानुन बमोजिम कुनै व्यक्तिगत हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वन
व्यस्थापनको आधारमा वन ६ किसिमको हुन्छ ।
१) सरकारद्वारा व्यवस्थित वन २) संरक्षित वन ३) सामुदायिक वन ४) कबुलियती वन ५) धार्मिक वन ६) साझेदारी वन
वन्यजन्तुको परिचयः आम जनताको बुझाइमा वन्यजन्तु भन्नाले हात्ती, गैँडा, बाघ, चितुवा लगायतका जनावरलाई बुझाउने गर्दछन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का अनुसार वन्यजन्तु भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पँछि (एभ्स), घस्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति ( एम्फिवियन्स) र फट्याङग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेतलाई जनाउँदछ भनि उल्लेख गरिएको छ ।
के हो वन तथा वन्यजन्तुको सम्वन्धी अपराध ?
क) वनजन्य अपराध : सामान्यतया वनजन्य अपराध भन्नाले वनमा रहेको रुख विरुवाहरु अनियमित तरिकाले कटान गरी ओसार पसार गर्ने कार्यलाई बुझिन्छ । यद्यपि वनबाट रुख विरुवा कटान गर्नु र ओसार पसार गर्नु मात्र वनजन्य अपराध नभई वन ऐन २०७६ अनुसार निम्न कार्यहरुलाईसमेत वनजन्य भनि परिभाषित गरिएको छ ।
१. वन क्षेत्रको जग्गा फाँडनु, जोत्नु, खन्नु वा आवाद वा त्यस्तो जग्गाको घर छाप्रो बनाउनु ।
२ आगो लगाउनु वा आगोलागी हुन जाने कुनै कार्य गर्नु गराउनु ।
३.चौपायलाई निषेधित वन क्षेत्रभित्र पसाउनु वा चराउनु ।
४. वन क्षेत्रबाट पैदावार हटाउनु, ओसार पोसार गर्नु विक्री वितरण गर्नु ।
५.रुख वा विरुवा काट्नु, हाँगा, छिमल्नु, खोटो वा बोक्रा झिक्नु वा कुनैपनि प्रकारले नोक्सानी गर्नु गराउनु ।
६. इजाजत प्राप्त गरी रुख काट्नु, ढाल्दा, घिार्सादा वा वन क्षेत्र बाहिर लैजाँदा लापरबाहीसँग अन्य कुनै वन पैदावार हानी नोक्सानी गर्नु।
७. ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्नु, गोल वा चून पोल्नु वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउनु वा यी वस्तुहरु संकलन गर्नु ।
८. वन पैदावार लिन पुर्जी पाएकोमा पूर्जीको शर्त उल्लङ्घन गरी निकासी गर्नु ।
९. विदेश निकासी गर्न प्रतिबन्ध लागेका वन पैदावार विदेश निकासी गर्नु ।
१०. वन सिमाना चिन्ह् उखेल्नु, सार्नु, फेर्नु, मेट्नु वा बिगार्नु ।
११. नर्सरीमा रहेको वा वृक्षारोण गरिएको विरुवा काट्नु, भाँच्नु , उखेल्नु वा अरु कुनै प्रकारले हानी नोक्सानी गर्नु ।
१२. नर्सरी वा वृक्षारोपण गरिएको क्षेत्रका खम्बा वार त्यस्ता अरु सम्पत्ति बिगार्नु वा चोरी गर्नु ।
१३. टाँचा वा निकासा किर्ते वा काठ खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्नु, बिगार्नु वा मेट्नु ।
१४. शिकार खेल्नु, वन्यजन्तुको आखेटोपहार राख्नु, ओसारपसार गर्नु वा विक्रि वितरण राख्नु ।
१५. वन पैदावारमा आधारित उद्योगले प्रचलित कानुन विपरित वन पैदावार राख्नु ।
१६. उपभोक्ता समुहका पदाधिकारी वा सदस्यले समुहको हितका नाममा कोषको रकम हिनामिना गर्नुका साथै समुहको विधान तथा कार्ययोजना विपरित कुनै कार्य गर्न गराउनु ।
१७. यो ऐन र यस अन्तर्गत बनेका नियमको विपरित अन्य कुनै कार्य गर्नु गराउनु ।
के हो वन्यजन्तु सम्बन्धी अपराध ?
सामान्यतया वन्यजन्तु सम्बन्धी अपराध भन्नाले गैह्र कानूनी तवरले वन्यजन्तुको शिकार गर्नुका साथै त्यसको अंग (आखेटापहार) ओसार पसार गर्नु हो भन्ने बुझिन्छ । यद्यपि यस्ता कार्यहरु मात्र वन्यजन्तु सम्बन्धी अपराध नभई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम निन्न कार्यहरुलाई समेत वन्यजन्तु सम्बन्धी अपराध भनिन्छ ।
१८. राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र भित्र अनुमति पत्र नलिई प्रवेश गर्नु ।
१९. राष्ट्रिय निकुञ्ज, आरक्षभित्र नेपाल सरकार स्वयम् वा तोकिएको कार्यविधि बमोजिम करार नगरी कुनै प्रकारको सेवा सुविधा संचालन गर्नु ।
२०. अनुज्ञा पत्र निलई वन्यजन्तुको शिकार गर्नु वा अखेटोपहार ओसार पसार गर्नु ।
२१. जनुसुकै पदार्थको घर, छाप्रो, आश्रम वा अरु आकार बनाउनु वा भोग गर्नु ।
२२. कुनै भू–भागमा कब्जा गर्नु, सफा गर्नु, आवाद गर्नु, खेती गर्नु वा कुनै बाली उब्जाउनु वा काट्नु ।
२३. घर पालुवा जीवजन्जु वा पंक्षी चराउनु वा पानी खुवाउनु ।
२४. रुख पालुवा जीवजन्तु वा अन्य कुनै वन पैदावार काट्नु ढाल्नु, हटाउनु, छेक्न्ु वा वन पैदावार सुक्ने कुनै काम गर्नु वा आगो लगाउनु वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्याउनु ।
२५. खानी खन्नु, ढुङ्गा खन्नु वा कुनै खनिज पदार्थ, ढुङ्गा, कंकड, माटो वा अन्य यस्तै पदार्थ हटाउनु ।
२६. हातहतियार वा वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पुुर्याउनु ।
२७. काजमा खटिएका कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्रको प्रचलित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमको जीवजन्तु वा अखेटोपहार लैजानु ।
२८. राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्नु, फर्काकाउनु वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्नु ।
२९. इजाजतपत्र नलिई नमुना संकलन गर्नु ।
३०. निस्सा वा प्रमाण पत्र नलिई अखेटोपहार रान्नु ।
३१. वन तथा वातावरण मन्त्रालयबाट इजाजतपत्र नलिई अखेटोपहार विक्रि वितरण वा व्यवसाय गर्नु ।
३२. राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यबवर्ती क्षेत्रको सिमाना बार, पर्खाल, चिन्हपट वा सुचनाहरु नष्ट गर्नु, बिगार्नु, कुरुप पार्नु, हटाउनु वा अन्यथा बाधा अड्चन गर्नु ।
वनजन्य अपराध गर्ने वा अपराधमा संलग्न हुने व्यक्तिलाई हुने सजाय सम्बन्धी कानुनी व्यवस्था :
१. वन ऐन, २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा दर्ता गरे गराएमा व्यक्तिगतलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म वा दुवै सजाय हुनेछ ।
२. निषेध गरिएको वन क्षेत्रमा प्रवेश गरेमा त्यस्तो व्यक्तिलाई एक महिनासम्म कैद वा एक हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३.राष्ट्रिय वन फाँडने वा वनक्षेत्रको जग्गा जोत्ने , खन्ने , खनिजकार्य उत्खनन गर्ने , आवाद गर्ने घर छाप्रो बनाउने , व्यवसाय संचालन गर्नेवा अतिक्रमण गर्ने काम गरे गराएमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयासम्म जरिवाना वा दुवै सजाँय गरी सो जग्गामा बनाएको घर वा छाप्रो समेत जफत हुनेछ । त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए निजलाई सो बाफत हुने सजाँय समेत हुनेछ ।
४. वनमा आगो लगाउने आगलागी हुन जाने कुनै कार्य गर्ने गराउनेलाई क्षति भएको बिगो असुल गरी तीन वर्ष सम्म कैद वा साठी हजारसम्म जरिवाना हुनेछ ।
५. निषेध गरिएको वनक्षेत्र भित्र चौपाय प्रवेश गराएमा वा चराएमा चौपायको जात र विगा हेरी प्रति चौपाय पचास हजार रुपैँयादेखि एक हजार रुपैँयासम्म जरिवाना हुनेछ ।
६. राष्ट्रिय वनक्षेत्रबाट वन पैदावार हटाउने , ओसारपसार वा विक्रि वितरण गर्ने वा घाटगद्दी राखेको वन पैदावार हटाउने वा चोरी गर्ने , वन क्षेत्रबाट बग्ने नदीबाट ढुङ्गा , गिट्टी ,बालुवा वा माटो झिक्ने , गोल वा चुन पोल्ने वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउने वा संकलन गर्ने र खनिज पदार्थ निकाल्ने वा संकलन गर्ने काम गरेमा वा वन चून पोल्ने वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउने वा संकलन गर्ने र खनिज पदार्थ निकाल्ने वा संकलन गर्ने काम गरेमा वा वन पैदावार लिन पाएको पूर्जीको शर्त उल्लंघन गरी वन पैदावार नोक्सानी गरेमा कसुुरसँग सम्बन्धी वन पैदावार जफत गरी विगो अनुसार एक हजार रुपैँयादेखि विगोको दोब्बर जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
७. विदेश निकासी गर्न प्रतिवन्ध लागेको वन पैदावार विदेश निकासी गर्नेलाई कसुरसँग सम्न्धित वन पैदावार जफत गरी तीन वर्षसम्म कैद वा विगोको दोब्बर जरिवाना दुवै सजाय हुनेछ ।
८. वन सिमाना चिन्ह उलैख्ने , सार्ने, फेर्ने वा बिगार्ने वा टाँचा वा निसान किर्ते गर्ने वा काठ खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्न, विगार्न वा मेट
५. रुख वा विरुवा काट्नु, हाँगा बिगा छिमल्नु, खोटो वा बोक्रो झिक्नु वा पनि प्रकारको नोक्सानी गर्नु गराउन
६. इजापत्र प्राप्त गरी रुख काट्दा, ढाल्दा, घिर्सादा वा वन क्षेत्र बाहिर लैजादा लापरबाहीसँग अन्य कुनै वनपदैवार हानी नोक्सानी गर्नु । , ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्नु, गोल वा चुन पोल्नु वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउनु वा यी वस्तुहरु संकलन गर्नु
७. वन पैदावार लिन पाएकोमा पुर्जीको शर्त उल्लङ्घन गरी गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी तीन वर्षसम्म कैद वा विगोको दोब्बर जरिवाना वा दुवै सजाय हुनेछ ।
८. वन सिमाना चिन्ह् उलेख्ने, सार्ने, फेर्ने वा विगार्ने वा टाँचा वा निसान किर्ते गर्ने वा काठ खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्ने, बिगार्र्ने वा मट्नेलाई एक वर्षसम्म कैद र बीस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
९. नर्सरीमा रहेको वा वृक्षारोपण गरिएको बिरुवा काट्ने, भाच्ने, उखेल्ने वा अरु कुनै प्रकारको नोक्सानी गर्नेलाईप्रति बिरुवाको पाँचसयसम्म जरिवाना हुनेछ र सोहि कसुर पुन: गर्नेलाई कसुरको मात्रा अनुसार प्रत्येक पटक एक वर्षसम्म कैद वा वीस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१०. शिकार खेल्ने, वन्यजन्तुको ओखेटोपहार राख्ने, ओसारपसार गर्ने वा विक्रि वितरण काम गरेमा वन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानून बमोजि सजाय हुनेछ ।
११. उपभोक्ता समुहका पदाधिकारी वा सदस्यले समुहको हितको नाममा कोषको रकम हिनामिना गर्ने र त्यस्तो समुहको विधान तथा कार्ययोजना विपरित कुनै कार्य गरेमा विगो भए विगो असुल गरी एक वर्षसम्म कैद वा बीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१२.वन ऐन २०७६ र यस ऐन अन्र्तगत बनेको नियमको विपरित अन्य कुनै कार्य गरेमा विगो भए विगो असुल गरी छ महिनासम्म कैद वा दस हजार रुपैँयासम्म जरिवाना हुनेछ ।
१३. मनासिव माफिकको कारण नभई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा सुरक्षाकर्मीले रिसईविले वा हैरानी गर्ने नियतले मालवस्तु कब्जा गरेमा वा कसैलाई पक्राउ गरेमा त्यस्ता कर्मचारीलाई पचास हजार रुपैँयासम्म जरिवाना हुनेछ ।
१४. वन ऐन २०७६ बमोजिम सरकारी कर्मचारीले आफ्रनो पदिय कर्तव्य पालन गर्दा कसैले बाधा अड्चन वा तीन पुर्याएमा निजलाई पाँच हजाररुपैँयासम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
१५. वन ऐन २०७६ अन्तर्गतको कसुर गर्न दुरुत्साहन दिने वा मिलामतो गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सरहको सजाय हुनेछ ।
१६. वन ऐन २०७६ अन्तर्गतको कसुर गर्न दुरुत्साह दिने वा मिलोमतो गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सरहको आधा सजाय हुनेछ ।
१७. कसैले वन ऐन २०७६ बमोजिम सजाय हुने कसुर गरेको ठहरेमा हतियार, चौपाया र अन्य साधनहरु जफत हुनेछ ।
वन्यजन्तु सम्बन्धी अपराध गर्ने वा अपराधमा संलग्न हुने व्यक्तिलाई हुने हुने सजाय सम्बन्धी कानूनी व्यवस्था :
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , १०२९ अनुसार १. गैरकानुनी तरिकाले गैडा , बाघ, हात्ती , कस्तुरी , मृग, ध्वाँसे ,चितुव, हिउँ चितुवा वा गैरी गाई मार्ने , घाइते बनाउने , खरिद गर्ने , बिक्रि गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैडाको खाग वा कस्तुरीको विना , हिउँ , चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित अखेटोपखर खरिद गर्ने , विक्रि गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैँयासम्म दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
२. गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिँउ चितुवा वा गौरी गाई बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैँयादेखि पाँचलाखसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
३. राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तुु आरक्ष संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भित्र अनुज्ञापत्र नलिइ पंक्षी र माछा बाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा बिस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
४.संरक्षित पंक्षि शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैँयादेखि तिस हजार रुपैयासम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
५. राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भित्र अनुज्ञापत्र नलिइ संरक्षित पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा बिस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
६. कसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तगरत ईजाजत प्राप्त नगरी वन्यजन्तु पालन वा प्रजनन गरे गराएमा वा चिडियाखाना संचालन गरेमा छ महिनासम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
७. कसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अुनसार कसुर हुने कुनै अपराधको उद्योग गरेमा त्यस्तो उद्योग गर्नेलाई संरक्षित वन्यजन्तु सम्बन्धि अपराधको उद्योग भए कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
८. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तरगत बनेका नियम विपरित विपरित कसुर गर्ने व्यक्तिलाई विगो कायम भएकोमा विगोको दाब्बर जरिवाना र एक वर्षसम्म कैद र विगो कायम नभएको कसुरमा कसुरको मात्रा हेरी विस हजार रुपैँयासम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
९. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ अन्तरगत कसुर ठहरिने कुनै अपराध गर्ने व्यक्तिालाई जानि जानि मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधी सजाय हुनेछ तर गैडा, कस्तुरी मृग र हात्ति सित सम्बन्धित कसुर गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजाय सरहनै सजाय हुनेछ ।
१०.राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , २०२९ अन्तरग बनेका नियमहरुको उल्लंघन गर्ने कसुरदार दोषी ठहरिएमा मुद्दा, हेर्ने अधिकारीले सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीको साधन र अन्य वस्तरुहरु जफत गर्न सक्नेछ ।
(श्रोतः डिभिजन वन कार्यालय काठमाडौंको ब्रोसरबाट
लिइएको)
(क) ऐन, नियम
१. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कहिले लागु भएको हो ? २०२९ सालमा
२. भू-तथा जलाधार संरक्षण ऐन कहिले लागु भयो ? २०३९ सालमा
३. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय ब्यापार नियन्त्रण ऐन कहिले लागु भयो ? २०७३ साल
४. वातावरण संरक्षण ऐन कहिले लागु भयो ? २०७६ सालमा
५. वर्तमान वन ऐन कहिले लागु भएको हो ? २०७६ साल
६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष नियमावली कहिले लागु भएको हो ? २०३० साल
७. चितवन राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ? २०३०
८. वन्यजन्तु आरक्ष नियमावली कहिले लागु भयो ? २०३४ सालमा
९. हिमाली राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भयो ? २०३६ साल
१०. खप्तड राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भयो ? २०४४
११. भू-तथा जलाधार संरक्षण नियमावली कहिले लागु भएको हो ? २०४२
१२. मध्यवर्ती क्षेत्र ब्यवस्थापन नियमावली कहिले लागु भएको हो ? २०५२ सालमा
१३. बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली कहिले भएको हो ? २०५३ सालमा
१४. वर्तमान वातावरण संरक्षण नियमावली कहिले देखि लागु भएको हो ? २०७७
१५. वन नियमावली कहिले लागु भएको हो ? २०५१
१६. संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली कहिले देखि लागु भएको हो ? २०५३ साल
१७. संरक्षण क्षेत्र सरकारी ब्यवस्थापन नियमावली कहिले लागु भएको हो ? २०५७ साल
१८. कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली कहिले लागु भएको हो ? २०६४ साल
१९. बाँके राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ? २०७१
२०. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली कहिले लागु भएको हो ? २०७६
२१. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय ब्यापार नियन्त्रण नियमावली कहिले लागु भएको हो ? २०७६
२२. मध्यवर्ती क्षेत्र ब्यवस्थापन निर्देशिका कहिले लागु भएको हो ? २०५६ साल
२३. संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका कहिले लागु भयो ? २०५६ साल
२४. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका कहिले लागु भयो ? २०६९ साल
२५. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार मानबीय क्षतिमा के कति राहत पाउने ब्यवस्था छ ?
• सामान्य घाइते भएमा- रु.१० हजार सम्म ।
• गम्भिर घाइते भएमा- रु. २ लाख सम्म ।
• दुइ लाख भन्दा बढी खर्च लाग्ने अत्यन्त गम्भिर घाइतेको हकमा जुनसुकै अस्पतालमा आकस्मिक (ईमरजेन्सी) उपचार गराउँदा लागेको खर्च र तत्पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च त्यस्तो अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहोर्नेछ ।
• वन्यजन्तुको आक्रमणमा परेर कुनै ब्यक्तिको मृत्यु भएमा आश्रीत परिवारले रु. १० लाख राहत पाउनेछन ।
२६. नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन ? १२ वटा
२७. नेपालमा कतिवटा वन्यजन्तु आरक्ष छन ? १ वटा, कोशीटप्पु वन्यजन्तु आरक्ष
२८. नेपालमा कतिवटा शिकार आरक्ष छन ? १ वटा, ढोरपाटन शिकार आरक्ष
२९. नेपालमा कति संरक्षण क्षेत्र छन ? ६ वटा
३०. नेपालमा कतिवटा मध्यवर्ती क्षेत्र घोषणा भएका छन ? १३ वटा
३१. नेपालको सबै भन्दा जेठो राष्ट्रिय निकुञ्ज कुन हो ? चितवन राष्ट्रिय निकुञ्ज, स्थापना २०३० (सन् १९७३) क्षेत्रफल ९५२.६३ बर्ग कि.मि.
३२. नेपालका १२ वटा राष्ट्रिय निकुञ्जले कति क्षेत्रफल ओगटेका छन ? ११८०६.०२ बर्ग कि.मि.
३३. नेपालको एक मात्र वन्यजन्तु आरक्ष कोसीटप्पुको क्षेत्रफल कति छ ? १७५ वर्ग कि.मि.
३४. नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनको क्षेत्रफल कति छ ? १३२५ बर्ग कि.मि.
३५. नेपालका ६ वटा संरक्षित क्षेत्रले कति क्षेत्रफल ओगेटेका छन ? १५४२५.९५ बर्ग कि.मि.
३६. नेपालका १३ वटा मध्यवर्ती क्षेत्रले कति क्षेत्रफल ओगटेका छन ? ५६८७.७८ बर्ग कि.मि.
३७. नेपालका संरक्षित क्षेत्रहरुले कति क्षेत्रफल ओगटेका छन ? ३४,४१९.७५ बर्ग कि.मि.
३८. नेपालका संरक्षित क्षेत्रले कुल क्षेत्रफलको कति प्रतिसत भू-भाग ओगटेका छन ? २३.३९ प्रतिसत
३९. नेपालको सबै भन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज- क्षेत्रफल ३,५५५ बर्ग कि.मि.
४०. नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ? रारा राष्ट्रिय निकुञ्ज -१०६ वर्ग कि.मि.
४१. नेपालको सबै भन्दा सानो संरक्षित क्षेत्र कुन हो ? कृष्णसार संरक्षण क्षेत्र खैरापुर, क्षेत्रफल १६.९५ बर्ग कि.मि., स्थापना २०६५ साल
४२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कति प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ? स्तनधारी- २६ प्रजाति , पंक्षी- ९ प्रजाती, घस्रिने वन्यजन्तु- ३ प्रजाति
४३. काठमाण्डौबाट सबै भन्दा नजिकको राष्ट्रिय निकुञ्ज कुन हो ? शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
४४. नेपालको बिश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्ज कुन कुन हुन ? सगरमाथा राष्ट्रिय निकुञ्ज- १९७९ र चितवन राष्ट्रिय निकुञ्ज-१९८४
४५. अन्तराष्ट्रिय सिमसार दिवस कहिले पर्दछ? फेब्रुअरी २
४६. अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले पर्दछ ? मे २२
४७. अन्तराष्ट्रिय पानी दिवस कहिले पर्दछ ? मार्च २२
४८. अन्तराष्ट्रिय वन दिवस कहिले पर्दछ ? मार्च २१
४९. अन्तराष्ट्रिय रेञ्जर दिवस कहिले पर्दछ ? जुलाई ३१
५०. अन्तराष्ट्रिय बाघ दिवस कहिले पर्दछ ? जुलाई २९
५१. अन्तराष्ट्रिय हात्ती दिवस कहिले पर्दछ ? अगस्ट १२
५२. बिश्व गैंडा दिवस कहिले पर्दछ ? सेप्टेम्बर २५
५३. बिश्व दुम्सी दिवस कहिले पर्दछ ? जुलाई २
५४. बिश्व सालक दिवस कहिले पर्दछ ? फेब्रुअरी महिनाको तेस्रो सनिबार
५५. नेपालमा CBAPU Day कहिले मनाइन्छ ? ३ मार्च
५६. बिश्व सम्पदा दिवस (World Heritage Day) कहिले पर्दछ ? अप्रिल १८
५७. विश्व वातावरण दिवस कहिले पर्दछ ? जुन ५
५८. बिश्व गोही दिवस कहिले पर्दछ ? जुन १७
५९. अन्तराष्ट्रिय डल्फिन दिवस कहिले पर्दछ ? अप्रिल १४
६०. नेपालमा खोटो संकलन गरिने मुख्य प्रजाति कुन हो ? खोटेसल्ला
६१. कत्था कुन प्रजातिको काठ बाट बन्दछ ? खयर
६२. प्रकृतिको कुचिकार भनेर कुन जनावरलाई चिनिन्छ ? गिघ्द
६३. सामुदायिक वनको कार्ययोजना कस्ले स्वीकृत गर्दछ ? डिभिजन वन अधिकृतले
६४. टाँचा भनेको के हो ? काठ वा खडा रुखमा लगाइने छाप
६५. डिभिजन वन कार्यालय कुन सरकार अन्तर्गत पर्दछ ? प्रदेश सरकार
६६. राष्ट्रिय वनको भू-स्वामित्व कसमा रहन्छ ? नेपाल सरकारमा
६७. वन क्षेत्र रणनीति कहिले लागु भएको हो ? २०७२ साल
६८. वन अतिक्रमण रणनीति कहिले लागु भयो ? २०६८
६९. यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसार पसार) निर्देशिका कहिले लागु भयो ? २०७३ साल
७०. नेपालमा च्युरीको रुख कुन जातीले दाइजो दिने गर्दछन ? चेपाङ्ग (प्रजा)
७१. कस्को बच्चालाई के भनिन्छ ?
• हात्ती- छावा
• गैंडा-केटाकेटी
• बाघ-डमरु
• भालु-गठु, गद्दु
• चरा- बचेरा
• अर्ना- पीडा
• ऊट-उल्लु
• हाँस- टिउरो
७२. हात्तीको पोथीलाई के भनिन्छ ?
ढोई
७३. दाँत बाहिर ननिस्केको भाले हात्तीलाई के भनिन्छ ?
मकुना
७४. वन्यजन्तुको गर्भाधारण अवधि
• हात्ती- १८ देखि २२ महिना
• गैंडा- १५ देखि १६ महिना
• बाघ- ९३ देखि ११२ दिन
• चितुवा- ९० देखि १०५ दिन
• अर्ना- २८१ देखि ३३४ दिन
• गौरीगाई- २७४ दिन
• हुँडार- ११० दिन
• चित्तल- २२७ दिन
• बाह्रसिंगा-२४५ दिन
• जरायो- २४६ दिन
• लगुना- २२० दिन
• डल्फिन ९ देखि ११ महिना
७५. वन ऐन २०७६ अनुसार उपभोक्ता समूहले कार्ययोजना बमोजिम आर्जन गरेको कति प्रतिसत रकम वन बिकास, संरक्षण र व्यवस्थापनमा खर्च गर्नु पर्दछ ?
२५ प्रतिसत
७६. स्वीकृत कार्ययोजना बमोजिम कार्य गर्न नसकेमा उपभोक्ता समूहको दर्ता खारेज गर्ने र सामुदायिक वन फिर्ता लिने अधिकार कस्लाई हुन्छ ?
डिभिजन वन अधिकृतले
७७. डिभिजन वन अधिकृतले उपभोक्ता समूह दर्ता खारेज र सामुदायिक वन फिर्तालिने निर्णय गरेकोमा कहाँ र कहिले उजुर गर्नु पर्दछ ?
३५ दिन भित्र प्रदेश वन निर्देशक समक्ष उजुर गर्नु पर्दछ ।
७८. वन ऐन बमोजिम अपराध हुन लागेको सूचना दिने वा अपराधि पक्राउ गर्न सहयोग गर्ने सुराकीलाई कति पुरस्कार दिने व्यवस्था छ ?
कसूरदारलाई हुने जरिवानाको १० प्रतिसत
७९. वन ऐन २०७६ मा कति बर्ष पछि ऐन कार्यान्वयनको प्रभाव मापन गर्ने ब्यवस्था छ ?
५ बर्ष पछि
८०. वन ऐन २०७६ को कुन दफामा ऐनको कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सकिने व्यवस्था ऐनको कुन दफामा छ ?
दफा ८३
८१. राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रले गरेको आम्दानीको कति प्रतिसत रकम स्थानीय जनताको सामुदायिक बिकासका लागि खर्च गर्न सकिन्छ ?
३० देखि ५० प्रतिसत
८२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा भएको व्यवस्था अनुसार गैरकानूनी तरिकाले हात्ती, गैंडा, बाघ,कस्तुरी मृग, ध्वाँसे चितुवा, हिऊँ चितुवा वा गौरीगाई चोरीशिकार गर्ने वा यिनिहरुका अङ्ग खरीद बिक्री वा ओसार पसार गर्नेलाइ कति दण्ड सहाय हुन्छ ?
५ लाख देखि १० लाख रुपैया सम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्ष कैद वा दुबै सजाय
८३. जैविक मार्ग भनेको के हो ?
वन्यजन्तुहरु एक वासस्थानबाट अर्को वासस्थानमा आवत जावत गर्ने बाटो
८४. आखेटोपहार भन्नाले के बुझिन्छ ?
वन्यजन्तुको जीवित वा मृत शरीर वा चिन्हिन सकिने अवस्थामा रहेको शरीरको कुनै पनि अङ्ग
८५. अनुज्ञापत्र भनेको के हो ?
अनुमतिपत्र (लाइसन्स)
८६. नेपालमा रामसार साइटमा सूचीकृत सिमसार क्षेत्र कति वटा छन ?
१० वटा
८७. रामसार साइटमा सूचीकृत सिमसार क्षेत्रले कति क्षेत्रफल ओगटेका छन ?
६०५६१ हेक्टर
८८. रामसार साईटमा सबै भन्दा पहिला सूचीकृत सिमसार कुन हो ?
कोशीटप्पु (१७५०० हेक्टर) सन् १९८७ मा
८९. सबै भन्दा पछि रामसार साइटमा सूचीकृत सिमसार क्षेत्र कुन हो ?
पोखरा उपत्यका तालहरु (२६१०६ हेक्टर) सन् २०१६ मा
९०. रामसार साइटमा सूचीकृत सबै भन्दा कम क्षेत्रफल भएको सिमसार क्षेत्र कुन हो ?
माईपोखरी ९० हेक्टर (इलाम जिल्लामा पर्दछ)
९१. जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ?
रियो सम्मेलन
९२. जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ?
२५ औ
९३. ग्रीन पिसको स्थापना कहिले भएको हो ?
सन १९७१
९४. ओजन तह पृथ्विको सतहबाट कति माथी रहेको छ ?
२५ देखी ४० किमि सम्म
९५. पृथ्वी दिवस कहिले मनाइन्छ
अप्रील २२
९६. जैविक विविधता कायम गर्नको लागी नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-के हुन ?
• वन जंगलको संरक्षण
• कृषिको विविधता
• सिमसार क्षेत्रको संरक्षण
९७. जैविक विविधताका ३ प्रकारहरु के के हुन ?
• पारिस्थितिक प्रणाली विविधता
• प्रजाती विविधता
• आनुवंशिक विविधत
९८. जैविक विविधताको हिसावले विश्वको सबैभन्दा सम्पन्न पहिलो र दोस्रोमुलुक कुन कुन हुन ?
पहिलो इन्डोनेसिया- दोश्रो ब्राजिल
९९. विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत नेपालमा पाईन्छ ?
३%
१००. विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका छन ?
दक्षिण अफ्रीका(७३%)
१०१. संसारको सबैभन्दा सानो चरा कुन हो ?
बी हमिङ बर्ड
१०२. नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र माछा पाइने उपत्यका कुन हो ?
अरुण उपत्यका
१०३. नेपालमा हाल कति किसिमका लाटकोसेराहरु पाईन्छन ?
१९ प्रजातिका
१०४. नेपालमा पहिलो बाघ गणना कहिले गरिएको थियो ?
सन २००९ मा
१०५. जलवायु परिवर्तन भनेको के हो ?
पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल तथा वायु अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई
१०६. जलवायु परिवर्तन सम्बन्धी विश्वको ध्यानकर्षण गराउन सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक कहिले बसेको थियो ?
वि •सं• २०६६ मंसिर १९
१०७. वातावरण प्रदुषण भनेको के हो ?
पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न अप्ठायारो हुने अवस्था
१०८. नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरिएको हो ?
वि•सं• २०५६ मा
१०९. नेपालमा पहिलो पटक गिद्ध महोत्सव कहाँ भएको थियो ?
तिलकपुर, नवलपरासी
११०. च्याउमा कति प्रतिसत पानी हुन्छ ?
८४ प्रतिसत
१११. Forest of Flame भनेर कुन प्रजातिको रुखलाई चिनिन्छ ?
पलाँस
११२. नेपालका ४ धाम कुन कुन हुन ?
बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र ,हरिहर क्षेत्र
११३. नेपालको कान्छो जिल्ला कुन हो ?
रुकुम पूर्व
११४. नेपालमा सबै भन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ?
रुकुम पूर्व ( ३ गाउँपालिका)
११५. नेपालमा गाऊँपालिका नभएका जिल्ला कति छन ?
२ जिल्ला, काठमाण्डौ र भक्तपुर
११६. नेपालमा सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला किन हो ?
सर्लाही (नगरपालिका-११, गाऊपालिका ९ गरी जम्मा २०)
११७. नेपालमा सबै भन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
रौतहट (१६ नगरपालिका)
११८. नेपालमा नगरपालिका नभएका जिल्ला कति छन ?
५ जिल्ला, पूर्वी रुकुम, हुम्ला, मनाङ्ग, मुस्ताङ्ग, रसुवा
११९. नेपालमा सबै भन्दा बढी गाऊँपालिका भएको जिल्ला कुन हो ?
धादिङ्ग ११ वटा गाऊँपालिका
१२०. नेपालको कुन ठाउँमा छन ?
• गिद्ध प्रजनन केन्द्र-कसरा चितवन
• हात्ती प्रजनन केन्द्र- खोरसोर चितवन
• गोही प्रजनन केन्द्र- कसरा चितवन
• सर्प संग्रहालय-दमक झापा
• चमेरा संरक्षण केन्द्र-देवानगडिया, नवलपरासी
• अन्तराष्ट्रिय पर्वतिय उद्यान- ककनि, नुवाकोट
• अन्तराष्ट्रिय पर्वतिय संग्रहालय- पोखरा
• जीन बैंक- खुमलटार ललितपुर
• जैविक विविधता सूचना केन्द्र- टिकौली चितवन
१२१. नेपालमा जैविक विविधता महासन्धि कहिले लागु भएको हो ?
फेब्रुअरी २२, १९९४
१२२. नेपालमा सामुदायिक वन बिकास कार्यक्रम कहिलेबाट थालनि भएको हो ?
२०४९/०५०
१२३. नेपालमा कबुलियति वनको अवधारणा कहिले आएको हो ?
२०४८/०४९
१२४. सदर चिडियाखानाको स्थापना कहिले भएको हो ?
बि.सं. १९९८ साल बैशाख २७ गते
१२५. नेपालमा वन्यजन्तु सप्ताह कहिले मनाउन शुरु गरिएको हो ?
बि.सं. २०५३ साल देखि
१२६. नेपालमा पहिलो पटक गैंडा स्थानान्तरण कहिले भएको थियो
सन् १९८६ मा चितवनबाट १३ गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो
१२७. नेपालमा पहिलो पटक बाघ कहिले स्थानान्तरण गरिएको थियो ?
सन् २०११
१२८. सन् २०११ मा चितवनबाट बर्दिया स्थानान्तरण गरिएको बाघको नाम के राखिएको थियो ?
नमोबुद्ध
१२९. सन् २०११ मा चितवनबाट स्थानान्तरण गरिएको बाघ लिएर बर्दिया जाने मन्त्री को थिए?
तत्कालिन वन मन्त्री दीपक बोहरा
१३०. सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको बाघ पाइने देशका सरकार प्रमुखहरुको सम्मेलनमा नेपालको नेतृत्व कस्ले गरेको थियो ?
तत्कालिन प्रधानमन्त्री माधब कुमार नेपालले
१३१. नेपालमा वन्यजन्तु द्धार केन्द्र व्यवस्थापन कार्यविधि कहिले बनेको हो ?
२०७३ सालमा
१३२. नेपालमा राष्ट्रिय बाघ संरक्षण समिति (NTCC) नेपालको गठन तथा काम कर्तब्य र अधिकार २०६७ मन्त्रीपरिषद बाट कहिले स्वीकृत भएको हो ?
२०६७ साल जेष्ठ २
१३३. नेपालमा राष्ट्रिय बाघ संरक्षण समिति (NTCC) को अध्यक्ष को रहने ब्यवस्था छ ?
प्रधानमन्त्री
१३४. नेपालमा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति(WCCC) को अध्यक्ष को रहने ब्यवस्था छ ?
वन तथा वातावरण मन्त्री
१३५. नेपालमा केन्द्रिय स्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाई(WCCB) को संयोजक को रहने व्यवस्था छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाका महानिर्देशक
१३६. जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई(WCCB) को संयोजक को रहने ब्यवस्था छ ?
संरक्षित क्षेत्र रहेको जिल्लामा सम्बन्धित संरक्षक नभएको जिल्लामा डिभिजन वन अधिकृत
१३७. वातावरण सम्बन्धि चिपको आन्दोलन कहिले सुरु भएको हो ?
सन् १९७३ मार्च
१३८. चिपको आन्दोलनको सुरुवातकर्ता गर्ने व्यक्ती हो ?
सुन्दरलाल बहुगुणा
१३९. ग्लोबल ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
डा. कृष्ण कुमार पाण्डे
१४०. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ?
गोल्डम्यान इन्भाइरोमेन्ट प्राइज
१४१. विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
रेड डाटा बुक
Leave Your Comment