Logo

Blog Details

नेपालको भौगोलिक अवस्थितिको परिचय

SS Team 2025-02-05 22:45:58 565 0

परिच्छेदः एक

नेपालको भौगोलिक परिचय

 

.१     नेपालको भौगोलिक अवस्थितिको परिचय

अवस्थिती :- नेपाल एसिया महादेशको उत्तरी गोलार्द्धमा अवस्थित भूपरिवेष्ठित मुलुक हो । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको पुर्व-पश्चिम औसत लम्बाई ८८५ कि.मी. र उत्तर-दक्षिण औसत चौडाई १९३ कि.मी. रहेको छ ।

क्षेत्रफल :- नेपाल एसियाका दुई विशाल मुलुक भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि अर्थात् ५६,८२७ वर्गमाइल छ । सन् १८१६ मार्च ३ को सुगौली सन्धीपश्चात यो क्षेत्रफल कायम भएको हो, सुगौली सन्धी भन्दा अगाडी  नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग कि.मी. थियो । नेपालको पूर्व-पश्चिम लम्बाइ ८८५ किमि र उत्तर-दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ। नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ।

प्रमाणिक समय :- नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीश‌ङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ। यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो।

सिमानाः- नेपाल समुद्र/बङ्गालको खाडीदेखि करिव ११२७ कि.मि. टाढा छ। नेपालबाट बंगलादेश २७ कि.मी. र भुटान ३२ कि.मी. टाढा पर्छ । नेपालको पुर्बी बिन्दु ताप्लेजुङ, पश्चिम बिन्दु कञ्चनपुरको दोधारा, उत्तरी बिन्दु हुम्लाको चाङ्ला भञ्ज्याङ र दक्षिण बिन्दु झापाको लोदावारी हो । यसको दक्षिणमा भारतको बिहार र उत्तरप्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।

भौगोलिक विभाजन  :-

१)      धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

२)     नदीका आधारमा नेपालका विभाजन

३)     हावापानीका आधारमा नेपालको विभाजन

राजनीतिक विभाजन :-

१)     सङ्घ

२)    प्रदेश  

३)    स्थानीय तह

 थप विशेषताः

·     विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये नेपालमा आठ ओटा पर्दछन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुरा १,३०० भन्दा वढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् ।

·     नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता ठुला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् ।

·     भूस्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), अर्धोष्ण (Mesothermal), सूक्ष्म तापीय (Micro thermal), टाइगा र टुन्ड्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् ।

·     नेपालको भौगोलिक भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, सीता जन्मेको देश र विशेष किसिमको झन्डा भएको देशको रूपमा समेत परिचित छ ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team