संस्कृति
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१।०९।२२ गते सोमबार नेपाल राजपत्रमा
सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि
पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को
उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ । यसअघि
गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । ६ हजारदेखि
६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले
गत असारमै सिफारिस गरेर पठाएको थियो । यसअघि नेपालमा
४१९ हिमाल आरोहणका लागि अनुमति प्राप्त थिए । योसँगै अब अनुमतिप्राप्त हिमालको
संख्या ४७६ पुगेको छ ।
Leave Your Comment