Logo

Blog Details

चेपाङ(प्रजा) जातिबारे लेख्नुहोस् ।

SS Team 2025-02-11 16:57:34 352 0
  • चेपाङ जातिका मानिसहरु नेपालको खासगरी मकवानपुर , धादिङ, चितवन, र गोरखा जिल्लाहरु बसोवास गर्दछन् ।
  • चेपाङहरुकाो मुख्य चाड चोनाम हो । यसलाई चेपाङहरु सामुहिक रुपमा रमाईलो गरी मनाउँछन् ।
  • चेपाङहरु विहेका लागि मंगलवारको साईतलाई राम्रो मान्ने गर्दछन् ।
  • चेपाङहरुको पुरोहितलाई पाँडे भनिन्छ  ।
  • हरेक पाँच पाँच वर्षमा कुल पुजा गर्दछन् ।
  • बच्चा जन्मिदा आमाको दुध भन्दा पहिले ठुली आमा वा धाई आमाको दुध खुवाउने गरीन्छ ।
  • विवाहमा दुलाहा दुलहिको टाउको ३ पटक ठोकाएपछि र दुलहिले दुलाहाको जुठो खुवाएपछि विवाह सम्पन्न हुन्छ ।
  • चेपाङहरु विहेमा आफ्ना छोरीहरुलाई दाईजोको रुपमा चिउरीको बोट दिन्छन् ।

चितवन वागमती प्रदेशको एक जिल्ला हो । यस जिल्लाको केही माथिल्लो भेगमा चेपाङ जाति बस्दछन् । यस जातिको आफनै थातथलो, भाषा, संस्कृति र आर्थिक जीवन छ । अति सीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत भई यिनीहरूले आफनो जातीय मौलिक पहिचान पनि बनाइसकेको छ । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन यस आदि जातिको विशेषता हो । आज यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । जमिनको स्वामित्व, नागरिकता आदिका समस्याहरू छन् । भाषाको वक्ताहरू घटिरहेका छन् । संयुक्त परिवारमा पनि परिवर्तन आएको छ । हिन्दूकरण र इसाईकरणले उनीहरूको समाज र संस्कृतिमा ठूलो हेरफेर ल्याएको छ । यस जातिको विकासका लागि सरकारी र गैरसरकारी अनेक धार्मिक, सामाजिक संस्थाहरूले अनेक योजना र कार्यक्रम ल्याएको देखिन्छ । तर उनीहरूले छोडेपछि चेपाङ समाजको स्थितिमा कुनै सुधार नभई झन् बिग्रिएको पाइन्छ । ती संस्थाहरूले विकासका सपनाहरू त बाँडे तर यस जातिलाई आत्मनिर्भर बनाउन सकेनन् । सीप कौशल सिकाएनन् । यस जातिको मौलिक रूचि र क्षमतालाई वास्ता नगरी संस्थाहरूले आफना अभीष्ट सिद्धि प्राप्ति गर्न मात्र लागेका देखिन्छन् । यसकारण आज पनि चेपाङ जातिको जीवन सङ्क्रमणबाट गुज्रिरहेको छ । उनीहरू न हिजोको मौलिक पहिचानमा छन् न आजको विकासबाट लाभान्वित छन् । जातीय विद्वषका भावनाबाट भन्दा पनि जातीय जागरणका चेतनाबाट नै उनीहरूको उत्थान सम्भव हुन्छ । धर्मान्तरणले जातीय उत्थान हुन सक्तैन । यो कुरो बुझाउनु पर्नेछ र यसजातिको विकास र समुन्नत भविष्यका निम्ति नेपाल सरकारले नै दायित्व लिनुको अर्को विकल्प छैन ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team