घाटु नाच विशेषत: गुरुङ जातिमा
प्रचलित लोकनृत्य हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु
गरिने घाटु नाच मातातीर्थ औंसीदेखि मध्ये वैशाखसम्म नाचिन्छ ।
घाटु एक शास्त्रीय नाच हो । घाटु गुरूङहरूको
लोक संस्कृतिमा आधारित एउटा गीती-नाटक हो ।
गण्डकी प्रदेशका विभिन्न भागमा
वसोवास गर्ने गुरुङ, मगर ,
दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त
पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।
बसन्त पञ्चमीका दिन तीन चार जना
कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा
भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।
घाटु जगाई देवि देवताको अंश चढेकी
केटीलाई घाटुली भनिन्छ ।
घाटुलिले नाच्दा छिटको गुन्यु,
चोली , घलेक
, पटुका ,
लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु
सजाउँछन् ।
यस नाचमा मादल तथा हातको ताली
बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् ।
यसको ऐतिहासिक किम्बदन्ती भने फरक
फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह,
प्रेम, गृहस्थी,
राजकाज, जंगल
प्रस्थान, सिकार आदि
घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको
कथावस्तु रहेको हुन्छ ।
घाटु नाच दुई प्रकारका रहेका छन्:-
१. सति घाटु
प्रचलित सति घाटु विमेसै नाचिदैन ।
सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी
अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । सति घाटु नाच मातातिर्थ औसी
देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म
नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच
शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने
क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा
मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास
गरिन्छ ।
२. बाह्रमासे घाटु
बाह्रमासे घाटु जहिले पनि नाच्ने
गरिन्छ । विशेषगरी गुरुङ समुदाय को गाउँ बस्ती अथवा मगर समुदाय को बस्तीमा पाहुना
जाँदा, कुनै विशेष मेला
उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष
पूजाअर्चना गर्न पर्दैन
घाटुमा नाच्नका लागि घाटुकी कन्या
कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि
अक्षेताले इष्टदेवी, हिउँचुली,
बरचुली, देउचुली,
गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने
कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा
बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ। घाटु
नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा,
धर्ति र आकाशलाई साक्षी राखिन्छ ।
घाटु नृत्यमा वाद्य र साज श्रृगार
भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर
शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ ।
सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने,
घाटुली चयन, सिंगार
गर्ने, नृत्यकला सिकाउने
सति ढलाउने सति जगाउने काम गर्दछन ।
Leave Your Comment