Logo

Blog Details

संयुक्त राष्ट्र सङ्घ र यसको अङ्गहरू

SS Team 2025-02-12 23:25:26 482 2

संयुक्त राष्ट्र सङ्घ र  यसको अङ्गहरू

दोस्रो विश्वयुद्धको सुरुआतसँगै युद्ध रोक्नुपर्ने आवाज उठ्न थालेको थियो । यसका लागि विश्वव्यापी सङ्गठनको निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरियो । यसै क्रममा सन् १९४१ जुन १२ मा मित्र राष्ट्रहरूको समूहले शान्ति र सहयोग स्थापना गर्ने विषयलाई जोड दिँदै लन्डनमा एक सम्मेलनको आयोजना ग¥यो । यही सम्मेलनले शान्ति स्थापनामा जोड दिँदै अन्तरसम्बन्ध घोषणा जारी ग¥यो । अमेरिकाका तात्कालीन राष्ट्रपति एफ.डी. रुजवेल्ट र बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले आन्ध्र महासागरमा युद्धपोतमाथि बसेर अगस्ट १२ मा एउटा सम्झौतामा हस्ताक्षर गरे । यसलाई एट्लान्टिक चार्टर भनिन्छ । उक्त सम्झौताको मुख्य उद्देश्य दोस्रो विश्वयुद्ध अन्त्य गरी शान्ति कायम गर्नु थियो । यही क्रममा मस्को घोषणातेहरान घोषणाडम्बार्टन घोषणायाल्टा घोषणा आदिले विश्वव्यापी सङ्गठन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । १९४५ अप्रिल २५ मा अमेरिकाको सान् फ्रान्ससिकोमा आयोजित सम्मेलनले संयुक्त राष्ट्र सङ्घ गठन गर्ने प्रस्ताव ग¥यो । सुरुमा ५० देश र पछि पोल्यान्डले पनि संयुक्त राष्ट्र सङ्घ स्थापना गर्ने प्रस्तावमा हस्ताक्षर ग¥यो । उक्त देशहरूले बडापत्र (विधान) लाई अनुमोदन गरेपछि सन् १९४५ अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र सङ्घको विधिवत् स्थापना भयो । यसै दिनलाई संयुक्त राष्ट्र सङ्घ दिवसका रूपमा मनाउने गरिन्छ । हाल यसका सदस्य राष्ट्र १९३ रहेका छन् । संयुक्त राष्ट्र सङ्घको बडापत्रमा १९ अध्याय र १११ धारा छन् । यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा छ । यसमा अङ्गे्रजीफ्रेन्चचिनियाँरुसी र स्पेनिस भाषाहरूले स्थापना कालदेखि नै आधिकारिक भाषाको मान्यता पाएका छन् । सन् १९७३ मा अरेबियन भाषालाई पनि आधिकारिक भाषाका रूपमा थप गरिएको थियो ।

संयुक्त राष्ट्र सङ्घको स्थापनाको मुख्य उद्देश्यहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्नेराष्ट्रहरूबिच मैत्री सम्बन्ध कायम गर्नेमानव अधिकारको प्रवर्धन गर्नेलगायत छन् । संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्न निम्नानुसारका आधारहरू पुरा हुनुपर्छजस्तै: (क) शान्तिप्रिय राष्ट्र हुनुपर्ने,

(ख) बडापत्रलाई स्वीकार गरेको हुनुपर्ने,

(ग) सुरक्षा परिषद्का पाँच स्थायी सदस्यसहित नौ सदस्यले अनुमोदन गरेको हुनुपर्ने,

(घ) महासभाद्वारा दुई तिहाइ सदस्यले अनुमोदन गर्नुपर्ने आदि । संयुक्त राष्ट्र सङ्घका अङ्गहरू संयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा ७ मा संयुक्त राष्ट्र सङ्घका अङ्गहरूको उल्लेख गरिएको छ । यसका मुख्य अङ्गहरू र तिनीहरूका कार्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

यसका अङ्गहरू

आयोगहरू छन् । यसले अन्तर्राष्ट्रिय रूपमा आर्थिकशैक्षिकसामाजिक आदि क्षेत्रमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने, मानव अधिकार तथा मौलिक हकको पालना र अभिवृद्धिका लागि सिफारिस गर्ने, विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, महासभाले दिने कुनै पनि जिम्मेवार पालना गर्ने जस्ता कार्यहरु गर्छ 

४.      जिम्मा जमानी परिषद्

धारा ८६−९१ सम्म जिम्मा जमानी परिषद्को व्यवस्था छ । सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू हुने व्यवस्था छ ।  अन्य राष्ट्रको उपनिवेशबाट स्वतन्त्र वा स्वतन्त्र राष्ट्रहरू आफैँ शासन चलाउन असक्षम राष्ट्रहरूलाई शासन सञ्चालन गर्न योग्य र सक्षम बनाउन सहयोग गर्ने कार्य यसले गर्छ  हाल यो निस्क्रिय अवस्थामा छ 

५.      अन्तर्राष्ट्रिय न्यायालय

धारा ९२−९६ सम्म अन्तर्राष्ट्रिय न्यायालय सम्बन्धी व्यवस्था छ । उक्त न्यायालयमा १५ जना न्यायाधीश हुने र पदावधि नौ वषर्का हुने व्यवस्था छ । न्यायधीशहरू सुरक्षा परिषदको  सिफारिसमा महासभाबाट निर्वाचत हुने व्यवस्था छ । ५ जना न्यायधीशहरू पाचँ स्थायी सदस्य राष्ट्रबाट र बाँकी दस जना सबै महादेश समेट्ने गरी नियुक्ति हुन्छन् । न्यायाधीशमध्यबाट प्रमुख न्यायधीश छानिन्छन । यसको केन्द्रीय कार्यालय नेदरल्याण्डको हेगमा अवस्थित छ । अन्तर्राष्ट्रिय न्यायालयको आधिकारिक भाषा अंग्रेजी र फ्रेन्च हो । यसले अन्तर्राष्ट्रिय विवादमा निर्णय गर्ने, राष्ट्र सङ्घ र यसका निकायहरूलाई कानुनी सल्लाह प्रदान गर्ने, सन्धी सम्झौताको अर्थ स्पष्ट पार्ने, कानुनी शब्दको व्याख्या गर्ने जस्ता कार्य गर्दछ  

६.      सचिवालय

धारा ९७−१०१ सम्म सचिवालय सम्बन्धी व्यवस्था छ । यो संयुक्त राष्ट्र सङ्घको प्रशासकीय एकाइ हो । महासचिवका साथै विशेषज्ञप्राविधिक एवम् प्रशासनिक कर्मचारी पनि हुन्छन् । प्रमुख प्रशासकीय अधिकृतका रूपमा महासचिव हुन्छन् । उनको नियुक्ति सुरक्षा परिषद्को सिफारिसमा महासभाबाट हुन्छ । महासचिवको पदावधि ५ वर्षको हुन्छ र आवश्यकताअनुसार एक कार्यकाल थप्न सकिन्छ । सचिवालयले अन्तर्राष्ट्रिय विवादमा मध्यस्थता गर्ने, शान्ति कायम गर्ने क्रियाकलाप सञ्चालन गर्नेविश्वव्यापी महत्त्वका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, प्रतिवेदन प्रकाशन तथा वितरण गर्ने, विश्वका समाचार जगतलाई राष्ट्र सङ्घका विषयमा जानकारी गराउने जस्ता कार्य गर्दछ 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team