पारिस्थितिक
प्रणाली
●
पृथ्वीमा
रहेका जैविक र अजैविक तत्वहरु बीचको अन्तरक्रिया एवम् अन्तरसम्बन्धलाई पारिस्थितिक
प्रणाली भनिन्छ ।
●
वातावरणमा
रहेका हावा, पानि,
ढुङ्गा, माटो, प्रकाश जस्ता
निर्जीव वस्तु र सजीव बिचको अन्तरसम्बन्धबाट बनेको निरन्तर,स्थायी
र स्वचालित प्रणालीलाई पारिस्थितिक प्रणाली भनिन्छ।
कस्तो
अन्तरसम्बन्ध ?
●
हरिया
वनस्पतिले माटाबाट पानी, लवण, वायुमण्डलबाट कार्बन डाइअक्साइड प्राप्त गरी सूर्यको
प्रकाशको उपस्थितिमा पातमा रहेको हरितकणमा खाना बनाउँछ ।
●
जीवहरूले
सास फेर्न वातावरणबाट अक्सिजन लिन्छन्
र कार्बन डाइअक्साइड ग्याँस फाल्छन्, जुन बिरुवाले
खाना बनाउन प्रयोग गर्छन् ।
●
पोखरीमा
हुने जलकम्भी तथा अन्य जलीय वनस्पतिहरूले पोखरीमा भएको पानी, माटोबाट आवश्यक तत्वहरू सोसेर लिन्छन्
।
●
सबै
जीवहरू मरेपछि यिनीहरूको शरीर विच्छेदकद्वारा कृहिन्छ र ससाना अणुमा परिणत हुन्छ जसलाई
बिरुवाले सोसेर लिन्छन् ।
●
यसरी
वातावरणमा रहेका सजीव र निर्जीव वस्तुहरूबिच अन्तरसम्बन्ध कायम भएको हुन्छ।
●
वातावरणको
महत्वपूर्ण पक्ष इकोसिस्टम हो, जुन जैविक र अजेविक तत्वहरु मिली बनेको हुन्छ ।
●
अजैविक
तत्व अन्तर्गत हावा, पानी, माटो, सूर्य, उर्जा आदि पर्दछन् भने जैविक तत्त्वअन्तर्गत उत्पादक,
उपभोक्ता र विच्छेदक पर्दछन् ।
●
जैविकको
लागि अजैविक तत्वहरु उपयुक्त तरिकाबाट निरन्तर उपलब्ध भई इकोसिस्टम सञ्चालन भइरहन्छ
।
●
हरिया
वनस्पतिहरू उत्पादक हुन् भने तिनलाई खाएर आफनो जीवन निर्वाह गर्ने उपभोक्ता हुन् ।
●
ईकोसिस्टममा
विच्छेदकले मरेका वस्तुलाई सडाउने,
गलाउने गर्छ र माटामा मिलाउँछ । यसलाई विरुवाहरूले प्रयोग गरी खाना बनाउँछन्
।
●
कुहिएर
माटामा मिलेका जैविक तत्त्वहरू विरुवा हुर्किन र बढ्न प्रयोग हुन्छन् ।
●
जनावर
र बिरुवाहरूबिच कार्बन डाइअक्साइड र अक्सिजन ग्याँस निरन्तर साटफेर हुने गर्दछ ।
विशेषता
•
एउटा
निश्चित भौगोलिक सीमा हुन्छ । तलाउ ,नदी,मरुभूमी,घाँसे मैदान,महासागर सम्म ।
•
जैविक
र अजैविक वस्तुबीचको तालमेल भएको हुन्छ । जीवहरु बाँच्नका लागि जैविक र अजैविक तत्वमा भर पर्छन्
।
•
a functional unit/dynamic /active
process ( निर्जीव मात्रै भएर हुदैन । सजिब बस्तु
पनि हुनुपर्छ अनि सक्रिय हुन्छ ।)
•
जिबहरु freedom हुनुपर्छ
। मानबिय हस्तक्षेप कम ।
Open Space हुनुपर्छ ।
•
३ वटा पक्ष अनिवार्य हुनैपर्छ
। ऊर्जा,जैविक र अजैविक पक्ष ।
•
Energy Flow Process हुन्छ ।
पारिस्थितिक
पद्वतिमा मुख्य २ प्रकारका तत्वहरू रहेका हुन्छन् ।
१।
जैविक तत्वहरू-
उत्पति हुने, बृद्धि र विकास भई जीवनको अन्त्यमा
मरेपछि कुहिने सड्ने अनि माटोमै मिल्ने
सजिव जन्तु, वनस्पति तथा सृक्ष्मजीवहरूलाई
जैविक तत्त्व भनिन्छ ।यिनीहरूलाई खाना प्राप्त गर्ने प्रक्रियाका आधारमा तीन भागमा
बाँडिन्छ; उत्पादक,उपभोक्ता र विच्छेदक
।
२। अजैविक तत्वहरू
अजैविक तत्वहरू भन्नाले
पारिस्थितिक पद्धतिमा रहेका निर्जीव तत्वहरू पर्दछन् । जस्तै:- हावा, पानी, माटो, प्रकाश, जलवाष्प, ताप, खनिज
पदार्थ, आदि
।

उत्पादक/ स्वपोषक/ Autotrophic/Producer
धान, गहुँ, मकै,
कोदो, तोरी, फापर,
आँप, केरा, सुन्तला,
स्याउ, नास्पाती आदि सबै बिरुवा भएको हँदा यी वनस्पतिहरू
पनि उत्पादक हुन् ।
उपभोक्ता /परपोषक Consumer/Heterotrophic
पारिस्थितिक पद्धतिमा
रहेका जीवहरू जुन खानाको लागि अन्य जीवमा भर पर्दछन् तिनीहरूलाई
उपभोक्ता भनिन्छ । जस्तै :- किरा, फटयाङ्गा,
गाई,
बाख्रा,
जरायो,
वाघ आदि । बोटबिरुवा र तिनबाट प्राप्त अन्न,फलफूल खाएर बाँच्ने भएकाले हामी मानिस
पनि उपभोक्ता हौ ।सबै जनावरहरू उपभोक्ता हुन्छन् । उपभोक्ताहरू
पनि शाकाहारी, मांसाहारी र सर्वहारी हुन्छन् ।
उपभोक्तालाई मुख्यतया
तीन भागमा बाँड्न सकिन्छ ।
●
प्राथमिक
उपभोक्ता : खानाको
लागि वनस्पतिमा भर पर्ने जीवलाई प्राथमिक उपभोक्ता भनिन्छ ।शाकाहारी जीवहरू पर्दछन् । जस्तै: गाइ, भैंसी, खरायो, जरायो
आदि ।
●
द्वितिय उपभोक्ता : खानाको लागि प्रत्यक्ष रूपमा प्राथमिक उपभोक्तामा भरपर्ने जीवलाई द्वितिय उपभोक्ता
भनिन्छ । यिनीहरूमध्ये कुनै मांसाहारी त कनै सर्वहारी हुन्छन् ।जस्तै- विरालो, सर्प, स्याल
आदि ।
●
तृतिय
उपभोक्ता : सजीवहरू जुन खानाका लागि प्राथमिक उपभोक्ता र द्वितीय
उपभोक्तामा भर पर्दछन्, त्यसलाई तृतीय उपभोक्ता भनिन्छ । यी सजीवहरू शारीरिक रूपले बिकसित र बलिया
हुन्छन् साथै पूर्ण रुपमा मांसाहारी हुन्छन् ।
विच्छेदक
मरेका जनावर तथा
वनस्पतिको शरीर कुहाएर, सडाएर, गलाएर माटामा मिसाउन सहयोग गर्ने जीवहरूलाई विच्छेदक
भनिन्छ । यस अन्तर्गत सुक्ष्मजीवहरू ब्याक्टेरिया, फन्जाई आदि
पर्दछन् । विच्छेदकले आफ्नो इन्जाइम प्रयोग गरी वस्तुलाई गलाउँछन्
र अन्तमा घुलनशील ससाना कणहरूमा परिणत गरिदिन्छ । जसलाई बिरुवाका जराले
सोसेर लिन्छ ।बिरुवाहरूले आवश्यक पौष्टिक तत्त्वहरू माटाबाट प्राप्त गर्दछन्
। यसकारण विच्छेदकहरूले इकोसिस्टम सन्तुलन कायम राख्न मदत गर्छन्।
पारिस्थितिक
प्रणालीलाई २ भागमा वर्गिकरण गर्ने गरिन्छ ।
क) स्थलीय पारिस्थितिक पद्धति
(Terrestrial Ecosystem)
ख) जलीय पारिस्थितिक पद्धति
(Aquatic Ecosystem)
जलिय
पारिस्थितिक पद्धति
पानी भएको ठाउँमा
कायम हुने पारिस्थितिक पद्धतिलाई जलिय पारिस्थितिक पद्धति भनिन्छ । पानीमा रहेको जैविक, अजैविक
तत्वहरू तथा पानीका स्रोतहरूबीच एउटा स्थाई प्रकारको प्रणाली कायम भई जलीय पारिस्थितिक
पद्धतिको निर्माण भएको हुन्छ । जस्तै
: पोखरीको पारिस्थितिक पद्धति ।
स्थलिय
पारिस्थितिक पद्धति
जमिनमा भएको ठाउँमा
पाइने जैविक र अजैविक तत्वहरू बीच कायम रहेको प्रणालीलाई स्थलिय पारिस्थितिक पद्धति
भनिन्छ । जस्तै :- चौरमा हुने, जङ्गलमा
हुने,पहाड,मरुभूमी
आदि स्थानमा हुने पारिस्थितिक पद्धतिहरू ।
पारिस्थितिक
पिरामिड
कुनै पनि पारिस्थितिक
पद्धतिका उत्पादकहरू, प्राथमिक उपभोक्ता, द्रितिय उपभोक्ता, र
तृतिय उपभोक्ताहरूका संख्या, पिण्ड र शक्तिको मात्रा बीच निश्चित
सम्बन्ध देखाउने गरी बनाइएको पिरामीड आकारको चित्रलाई
पारिस्थितिक पिरामिड
भनिन्छ । यो संख्या पिरामिड,पिण्ड पिरामिड र शक्ति पिरामिड गरि ३ प्रकारको हुन्छ
।
Pyramid of number संख्या पिमामिड
निश्चित क्षेत्रमा
रहने जिवहरुको संख्याको आधारमा निर्माण हुन्छ ।
सामान्यतया समुन्द्र
र जमिनमा एकै हुन्छ । ठाडो हुन्छ ।
Parasitic , tree को Inverted

Pyramid of biomass जीव पिण्डको पिरामिडको बनावट
जीवको तौलको Weight
आधारमा निर्माण ।
स्थल र जलमा गरि
२ प्रकारको हुन्छ ।
क)स्थलमा हुने जीव पिण्डको पिरामिड
उत्पादक वनस्पति
तथा रुखहरूको जीव पिण्ड सवैभन्दा वढी हुन्छ । त्यसपछि प्राथमिक, द्वितिय, तृतिय
उपभोक्ताहरूको जीवपिण्ड क्रमश : कम हुँदै जान्छ र ठाडो प्रकारको जीव पिण्डको पिरामीड वन्दछ । स्थलिय जीवपिण्डको
पिरामिड सुल्टो हुन्छ ।

ख)जलिय पारिस्थितिक पद्धतिको
जीवपिण्डको पिरामिड
जलिय पारिस्थितिक
पद्धतिमा जलिय विरुवाहरू/जिवहरु
उत्पादक हुन् । तिनीहरूको जीवपिण्ड सवैभन्दा कम हुन्छ । क्रमश
अन्यको बढ्दै जान्छ ।
उल्टो हुन्छ ।phytoplankton zooplankton fish wheel

जिव
शक्तिको पिरामिड Pyramid of Energy
Energy Flow हेरिन्छ । १०%
का दरले प्रवाह हुन्छ । ten percent law of Linderman. सबै ecosystem
मा सिधा हुन्छ ।

खाद्यश्रंखला
कुनै पारिस्थितिक
पद्धतिमा रहेका सजीवहरूमा खाद्य पदार्थ एक जीववाट अर्को जीवमा सर्दै जाने क्रियालाई
खाद्य श्रृंखला भनिन्छ ।


पारिस्थितिकीय प्रणालीको
हास भनेको मानव सृजित कारणहरु(प्रत्यक्ष वा अप्रत्यक्ष) ले निम्ताएको
पारिस्थितिकीय प्रणालीको नकारात्मक प्रवत्ति हो । जैविक विविधता, पारिस्थितिक अखण्डता र अन्त्यमा
मानवीय मूल्यमा दीर्घकालीन हानि गर्दछ।
पारिस्थितिकीय प्रणालीको
हास
•
पारिस्थितिकीय प्रणालीको हास भनेको मानव सृजित कारणहरु(प्रत्यक्ष वा अप्रत्यक्ष) ले निम्ताएको पारिस्थितिकीय प्रणालीको नकारात्मक प्रवत्ति हो ।
•
जैविक विविधता, पारिस्थितिक अखण्डता र अन्त्यमा मानवीय मूल्यमा दीर्घकालीन हानि गर्दछ।
हासको
कारण
• वन विनास,
• वातावरण प्रदुषण,
• जलबायु परिवर्तन,
• जैविध विविधता विनास,
• प्राकृतिक साधनको अधिक दोहन,
• औधोगिक ग्यासको उत्सर्जन,
• अप्राकृतिक विकास निर्माण,
• बाढी,पहिरो,भुक्षय र ज्वालामुखी लगायतका प्राकृतिक प्रकोप,
• विश्वव्यापीकरण, औद्योगिकीकरण, सहरीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण
आदिको अव्यवस्थित उपयोग
• बासस्थान विनाश,चोरी सिकारी, चरिचरण, डढेलो आदि ।
• बढ्दो सवारी साधन, आणविक भट्टीको प्रयोग
नकरात्मक
प्रभाव
• जैविक विविधता नष्ट हुँदै
जान्छ । प्रजाती लोप हुन्छन् ।
• मानव
र प्रकृतिबिच द्वन्द्व बढ्छ ।
• पारिस्थितिक सेवा
घट्दै जान्छ ।
• संक्रामक रोगहरु देखापर्न
थाल्छ ।मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव,
• मानिसको जीवनको गुणस्तर घट्दैजान्छ
।
• GDP
को आधा हिस्सा प्रकृतिसँग सम्बन्धीत छ ।
घट्दै जान्छ ।
• मौसमको स्वरुपमा परिवर्तन,
• खानेपानी र खाद्यान्न हाहाकार
।कृषि उत्पादनमा ह्रास, खाद्य संकट देखापर्छ ।
• खाद्य श्रृङ्खला कमजोर
हुन्छ ।
उपाय
• दिगो विकासमा जोड दिने,
• जलवायु परिवर्तनको मुद्धामा विश्वसमुदाय जुट्ने,
• जनसंख्या,वसाईसराई र शहरीकरणको व्यवस्थापन,
• वृक्षारोपण कार्य गर्ने,
• दुर्लभ वन्य तथा जीवजन्तुको संरक्षण गर्ने,
• वातावरणीय चेतना र शिक्षा फैलाउने,
• रासायनिक मल,किटनाशक औषधि र आणविक हतियारको प्रयोग रोक्ने, ।
• हरित विकास कार्यक्रमलाई अवलम्वन गर्ने,
• डढेलो नियन्त्रण, गरि वनसम्पदा जगेर्ना
गर्ने
• वातावरण प्रदुषण नियन्त्रण गर्ने,
• प्राकृतिक साधनको दोहन रोक्ने,
• संवेदनशिल पारिस्थितिक प्रणालीलाई
Ecosystem Restoration गर्ने
Leave Your Comment