Logo

Blog Details

नेपालको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

SS Team 2025-02-27 18:57:50 4994 9

सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? 

-मेजर ब्राडशा
नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? 

-राणाकाल
नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? 

-बि.सं १८४६
भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? 

-बिरध्वज बस्नेत
पाण्डिकी अड्डा काहाँ थियो ? 

-सिंहदरवार
गोरखा राज्यको स्थापना कहिले भयो ? 

-बि.सं.१६१६ भाद्र २५
नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? 

-राघवदेव
अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? 

-देवशमशेर


नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? 

-मानदेव
१०सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? 

-रणबहादुर शाह
११शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?

 -वि.स. १९९७ माघ १४ गते
१२काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?

 -माथवरसिंह थापा
१३नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? 

-राजा ज्ञानेन्द्र
१४जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? 

-१ वर्ष २९ दिन
१५सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?

 -श्री ५ त्रिभुवन
१६नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?

 -श्री ५ रणवहादुर
१७नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? 

-वि.स. १९८१
१८धर्म कचहरीको स्थापना कसले गरेका थिए ?

 -जंगबहादुर राणा
१९नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?

 -राजेन्द्र लक्ष्मी
२०नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?

 -वि.स. १८२२
२१शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? 

-वि.स. १९९७ माघ १२
२२नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतमआन्दोलन कहिले प्रारम्भ भएको थियो ?

 – वि.स.२००४
२३राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? 

-वि.सं. २०११
२४निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? 

-वि.सं. २०१७
२५हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? 

-प्रताप मल्ल
२६गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?

 -गुणाङ्क
२७मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?

-दिगबन्धन सेन
२८श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? 

-कला बहादुर
२९नरहरि शाह कहाँका राजा थिए ?

 -लमजुङ
३०लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? 

-पाली
३१लिक्ष्छवीकालमा 'कुथेर’ अड्डाको मुख्य कार्य के थियो ?

 -राजस्व उठाउने
३२लिच्छवीकालिन समयमा लगाइने "त्रिकर” भित्र कुन कुन कर पर्छन ? 

-भाग भोग कर
३३यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?

-लिंङंवल
३४पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? 

-भोग
३५विवाहसम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? 

-माप्चोक
३६मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? 

-चौतारिया
३७लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?

 -शुल्ली
३८राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?

 –छेभडेल
३९राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?

 -१२ जिल्ला
४०सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? 

-भिम शमशेर
४१राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?

 -वि.सं २०३१फाल्गुन १३
४२फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? 

-चन्द्र शमसेर
४३द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?

-जुद्धशमशेर
४४काल भैरवलाई हसाउने राजा को हुन् ? 

-प्रताप मल्ल
४५कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? 

-फत्तेजंग शाह
४६पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?

 -वि.स. १८२५ असोज १३
४७काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए

-पूर्वतर्फ
४८प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?

 -वाइसे राज्य
४९जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? 

-वि.सं. १९०५
५०निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? 

-रणबहादुर शाह
५१राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?

 -कोत पर्व
५२काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? 

-वि.स.१९१४
५३. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?

 -अमरसिंह थापा
५४स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?

 -मानदेव
५५मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? 

-पञ्च कचहरी र पञ्च समुच्चय
५६राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?

 -सुब्बा
५७कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

 -मातृका प्रसाद कोइराला
५८लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

-सर्वदण्डनायक
५९राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो

-चाँदतोडा
६०नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?

 -बलभद्र कुँवर
६१किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो?

 -बिषय
६२न्याय विकासिनी कसको दस्तावेज हो ? 

-जयस्थिति मल्ल
६३पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? 

-इन्द्रजात्रा
६४अन्तिम किराती राजा को हुन् ? 

-गस्ती
६५किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?

 -सोमवंशी
६६भूकम्पमा परी मर्ने राजा को हुन् ? 

-अभय मल्ल
६७लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?

 -लिच्छविकाल
६८आफुलाई ”विद्या पारंगत” भनी लेख्ने राजा को हुन् ? 

-जितामित्र मल्ल
६९लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ?

 -मनोरञ्जन
७०लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? 

-भिम शमशेर
७१. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? 

-शिवसिंह मल्ल
७२सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? 

-योगनरेन्द्र मल्ल
७३सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? 

-रत्न मल्ल
७४नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? 

-मानदेव
७५नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?

 -जंगबहादुर राणा
७६पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? 

-यक्ष मल्ल
७७अरुण नदीको पौराणिक नाम के हो ? 

-महाप्रभा
७८लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? 

-काठमाडौं
७९आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? 

-नरेन्द्रदेव
८०मल्लपुरी कसले विजय गरेका थिए ? 

-मानदेव
८१गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? 

-प्रताप मल्ल
८२नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? 

-गीर्वाणयुद्ध विक्रम शाह
८३भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? 

-रणजीत मल्ल
८४काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?

 -जयप्रकाश मल्ल
८५पाटनका अन्तिम मल्ल राजा को हुन् ? 

-तेजनरसिंह मल्ल
८६पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? 

-सिद्धिनरसिंह मल्ल
८७आफूलाईगन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ?

जगतप्रकाश मल्ल
८८पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?

 -प्रचण्डदेव
८९भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? 

-नरेन्द्रदेव
९०मानगृह कसले निर्माण गरेका थिए ? 

-मानदेव
९१न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? 

-भुपतीन्द्र मल्ल
९२नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? 

-मानदेव
९३मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? 

-चन्द्र शमशेर
९४रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?

 -नरेन्द्रदेव
९५घोडेजात्राको चलन कसले चलाएका हुन् ? 

-जयप्रकाश मल्ल
९६विष्केट जात्राको चलन कसले चलाएका हुन् ? 

-जगज्योती मल्ल
९७परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? 

-विश्वजित मल्ल
९८गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? 

-शिवदेव तृतीय
९९शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?

 -वसन्तदेव
१००नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? 

-मानदेव

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team