Blog Details

सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) विशेष सामग्री

SS Team 2025-03-05 21:19:54 459 0

दीर्घकालीन सोच, २१००

दीर्घकालीन विकास रणनीतिको माध्यमबाट सबै प्रकारका विभेद, बहिष्करण एवम् वञ्चितीकरणका अवशेष र विकासका अवरोध समाप्त गरी समाजवाद उन्मुख समृद्ध अर्थव्यवस्था निर्माण गर्न र संविधानले अङ्गीकार गरेका विकास केन्द्रित सोचलाई आवधिक योजनामा आन्तरिकीकरण गर्न नेपाल सरकारले २५ वर्षे दीर्घकालीन सोच (२०७६-२१००) अगाडि सारेको छ। दीर्घकालीन सोचअनुरूप यस अवधिमा पन्ध्रौंदेखि उन्नाइसौं योजना समेत गरी ५ वटा आवधिक योजना कार्यान्वयन गरिने छन्।

(क) दीर्घकालीन सोच:

समृद्ध नेपाल, सुखी नेपाली

समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक।

(ख) दीर्घकालीन राष्ट्रिय लक्ष्य:

१. समृद्धि

१.१ सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर-आबद्धता

१.२ मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग

१.३ उच्च र दिगो उत्पादन तथा उत्पादकत्व

१.४ उच्च र समतामूलक राष्ट्रिय आय

२. सुख

२.१ परिष्कृत तथा मर्यादित जीवन

२.२ सुरक्षित, सभ्य र न्यायपूर्ण समाज

२.३ स्वस्थ र सन्तुलित पर्यावरण

२.४ सुशासन

२.५ सबल लोकतन्त्र

२.६ राष्ट्रिय एकता, सुरक्षा र सम्मान

 

दीर्घकालीन सोचका प्रमुख परिमाणात्मक लक्ष्य र पछिल्लो प्रगति अवस्था तालिका १.२ मा प्रस्तुत गरिएको छ।


 

तालिका १.२ दीर्घकालीन सोचका प्रमुख परिमाणात्मक लक्ष्यहरू र प्रगतिको अवस्था

क्र.सं.

राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक

एकाइ

आ.व. २०७५/७६ को स्थिति

आ.व. २०७९/८० को प्रगति #

आ.व.  २१००/०१
को लक्ष्य

आर्थिक वृद्धिदर

प्रतिशत

६.८

३.५*

१०.५

प्रतिव्यक्ति राष्ट्रिय आय

अमेरिकी डलर

१०४७

१४५६*

१२१००

गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी)

प्रतिशत

१८.७

२०.३

सम्पत्तिमा आधारित जिनी गुणक

गुणक

०.३१०

०.२४०

०.२५०

श्रमशक्ति सहभागिता दर (१५ वर्ष माथि)

प्रतिशत

३८.५

३८.५

७२

रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा

प्रतिशत

३६.५

३६.५

७०

७.      

विद्युत उत्पादन (जडित क्षमता)

मेगावाट

,२५०

,८७७

४०,०००

८.      

विद्युतमा पहुँच प्राप्त परिवार

प्रतिशत

८८

९६.७

१००

९.      

३० मिनेटसम्मको दूरीमा यातायात पहुँच भएको परिवार

प्रतिशत

८२

८५

९९

१०.  

राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग

कि.मि.

,८९०

१४,७५५

३६,०००

इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्या

प्रतिशत

६५.९

६९.२

१००

अपेक्षित आयु (जन्म हुँदाको)

वर्ष

६९.७

७०.५

८०

मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा)

जना

२३९

१५१

२०

पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा)

जना

३९

३३

साक्षरता दर (५ वर्ष माथि)

प्रतिशत

६५.९

७६.३

९९

१६.  

उच्च शिक्षामा कुल भर्नादर

प्रतिशत

१२

३२

४०

उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या

प्रतिशत

२१

२५.८

९५

१८.  

आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या

प्रतिशत

१७

३२

१००

लैङ्गिक विकास सूचकाङ्क

सूचकाङ्क

०.८९७

०.८८५

०.९९

मानव विकास सूचकाङ्क

सूचकाङ्क

०.५७९

०.६०१

०.७६०

 स्रोत: * राष्ट्रिय लेखा २०८०/८१ को अनुमान, राष्ट्रिय तथ्याङ्क कार्यालय

     # विभिन्न स्रोतका उपलब्ध पछिल्ला प्रतिवेदनअनुसार।

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team