आज अन्तर्राष्ट्रिय नारी दिवस
🤰🤱🤰🧕
➠ हरेक मार्च ८ तारिखमा मनाइन्छ ।
➠ कतिऔ नारी दिवस :- ११५ औं
सन् २०२५ को नारी दिवसको नारा👉️ Accelerate Action अर्थात् कार्यहरूलाई गति दिऔं भन्ने रहेको छ।
➠ सन् 2024को अन्तर्राष्ट्रिय नारा :- 'Invest in Women: Accelerate Progress' अर्थात् महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं” भन्ने रहेको छ ।
➠ राष्ट्रिय नारा :- ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी' रहेको थियोे ।
➠ अघिल्लो वर्ष (सन् 2023) को नारा :- "DigitALL: Innovation and technology for gender equality" रहेकोे थियो ।
➠ क्लारा जेटकिनले सन् १९१० मा अन्तर्राष्ट्रिय नारी दिवस प्रस्ताव गरेकी थिइन् ।
➠ नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो ।
➠ सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय दिवस बन्न पुग्यो । राष्ट्र सङ्घले पहिलो नारा "सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने" भन्ने राखेको थियो ।
➠ किन मार्च ८ मा मनाइन्छ?
- सन् १९१७ मा रुसी महिलाहरूले ब्रेड एन्ड पीस माग गर्दै चार दिने विरोध प्रदर्शनपछि त्यस बेलाका जारले सत्ता छोडे र त्यसपछि बनेको सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यस बेला रुसमा प्रचलनमा रहेको जुलियन क्यालेन्डर अनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो जुन ग्रेगोरिअन क्यालेन्डर अनुसार मार्च ८ परेको थियो र त्यस यता नै नारी दिवस मनाउन थालियो ।
➠ अन्तर्राष्ट्रिय पुरुष दिवस भने नोभेम्बर १९ मा मनाइन्छ !
Leave Your Comment