Blog Details

अन्तराष्ट्रिय दिवस र नाराः भाग १ ( जनवरीदेखी जुनसम्म)

SS Team 2025-03-21 21:34:37 796 4
अन्तराष्ट्रिय नेपाली टोपी दिवस
एघारौ नेपाली टोपी दिवस २०२४ जनवरी १
२०२३ र २०२४ को नाराः नेपाली टोपी नेपाली पहिचान
२०२२ र २०२१ को नाराः हाम्रो शानहाम्रो मान र हाम्रो पहिचान
वि.सं. २०७० अंग्रेजी नयाँ वर्ष जनवरी १ को दिन मनाउँदै आएको,
नागरिक स्तरबाट नेपालमा सन् २००८ देखि र संसार भर सन् २०२४ देखि मनाउन थालिएको यो दिवस सन् २०१८ देखि नेपाल पर्यटन बोर्डले पनि मनाउन थालेको छ।
नेपाली पहिरन र त्यसमा पनि टोपीलाई राष्ट्रिय पहिचानका रूपमा विश्वमा स्थापित गर्ने उद्देश्यले यो अभियानको थालनी भएको र अङ्ग्रेजी क्यालेन्डरको १ जनवरीमा विश्वव्यापी रूपमा नेपाली जनताले ढाका वा भाद-गौले टोपी लगाएर मनाउने एउटा दिवस हो। त्यस दिन अधिकांश नेपालीले ढाका टोपी र भादगौले टोपी लगाउँछन्
 
टोपी(शिरपोस) शब्दले टाउकोमा लगाउने वस्त्र वा पहिरन बुझाउँछ । नेपाली टोपी नेपालीहरूको पहिचान हो । नेपालसहितभारतभूटानम्यान्मार लगायत संसारभर बसोबास गर्ने नेपाली भाषीहरूले पहिचानका लागि पनि परम्परागत नेपाली टोपी  लगाउने गरेको पाइन्छ ।  नेपाली टोपीले प्रारम्भमा नेपालबाहेक सिक्किम र पूर्व र उत्तर भारतीय राज्यहरू आसाममेघालयनागाल्याण्डमणिपुर,  दार्जीलिङ र देहरादून लगायत  भारतमा छरिएर बसोबास गर्ने नेपालीहरूलाई चिह्नाउने काम गर्दै आएको छ । बाउबाजेको पालादेखि लगाउँदै आएको नेपाली टोपी छोरा-नातिसम्म आइपुगेको छ । आदिकालदेखि नै प्रत्येक जातिले आफ्नो पहिरनमा टोपीलाई स्थान दिंदै आएका छन् । हामी नेपालीले पनि बाह्रौं शताब्दीदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिंदै आफ्नो पहिचान बचाई राखेका छौं । नेपालमा टोपीको चलन पुरानै रहेको छ । तर राष्ट्रिय पहिचानका रूपमा टोपीले राजा महेन्द्रको शासन कालदेखि पाउन थाल्यो । राजा महेन्द्रले नेपाली टोपीलाई अनिवार्य बनाएपछि नेपालको नागरिकताबाट लिएर राहदानी अनि सरकारी कार्यालयमा प्रवेश गर्दा टोपीको आवश्यकता बढ्दै जान थाल्यो । अझ राजाको उपस्थितिमा आयोजना हुने कुनै पनि कार्यक्रममा टोपी अनिवार्य थियो । आफू साक्षी रहेको गाईजात्रा महोत्सव र नाटक महोत्सवमा राजाको सवारी चल्दा उपस्थित सबै दर्शकले अनिवार्य टोपी लाउनु पर्थ्यो । यसबाहेक कूटनीतिज्ञ वा नोकर शाहसैनिक वा सेनाका अधिकारीराजनीतिज्ञ वा व्यापारी सबैले लगाउने गर्थे । यो पनि हाम्रो एकताको प्रतीक हो । नेपालको प्रशासनिक इकाई सिंहदरबार प्रवेशमा टोपी अनिवार्य भएकोले काठमाडौंको सिंहदरबार नजीकै भाडामा टोपी पाइने पसल पनि हुने गर्थ्यो। नेपालीलाई अरूभन्दा फरक पार्नेसबैभन्दा विशिष्ट विशेषता भनेको उसले टाउकोमा लगाउने  टोपी नै हो ।  यो सजिलै खल्तीमा राख्न मिल्ने भएकोले यो भन्दा साधारण टोपीको मोडल यो व्यापक संसारमा हुन सक्दैन ।  नेपालीहरूको पहिचानका लागि लगाइने टोपी ढाका र भादगाउँले दुई प्रकारका रहेको पाइन्छ । हुन त नेपालका सबै जातजातिको आआफ्नै प्रकारका टोपी हुने गर्छ । चुक्ली टोपीबिर्के टोपीकर्चुपे टोपी भनेर चिनिने गरिन्छ पनि । भानुभक्तले लाउने टोपीलाई बिर्खे वा बिर्के टोपी भनिन्छ । तर ढाका र भादगाउँले टोपी नेपालको राष्ट्रिय पहिचान बनेको छ । पाल्पाली ढाकाटोपी ढाका भनिने कपडाबाट बनेको हो जुन पश्चिमी नेपालको पाल्पामा उत्पादन गरिन्छ ।
भनिन्छ ब्रिटिश कालीन भारतवर्षको समयमा पूर्वी बङ्गाल र पश्चिम बङ्गाल भारतको भूभाग रहेको वेला नेपालबाट कामदारहरू काम गर्न भारतको विभिन्न शहरका साथै  कलकत्तासँगै ढाकामा पनि काम गर्न पुगेका थिए । ढाका बुनाइको परिचय  नेपालमा सन् १९५० मा जामदानी कारखानामा काम गर्ने गणेशमान महर्जनबाट आएको मानिन्छ (गुगलबाट जानकारी) । उनले ढाका कपडाको बुनाइको सीप सिकेर नेपालमा निरन्तरता दिन थालेको मानिन्छ । त्यस वेला व्यापारको सिलसिलामा अविभाजित भारतवर्षका विभिन्न शहरमा नेपालीहरूको आवतजावत हुने गर्थ्यो। व्यापारी प्रयोजनको सिलसिलामा जुन सामान जहाँबाट ल्याइन्छ त्यसको नाम स्थानानुसार राखिने भएकोले कलकत्ते काइँयोबनारसी साडी जस्तै शुरूमा ढाकाबाट रङ्गिन धागोहरू ल्याएर पाल्पामा तानबाट कपडा बुन्ने काम नेवार समुदायले शुरू गरेको पाइन्छ । ढाकाबाट ल्याएका कपडाबाट बन्ने भएकोले ढाका टोपीढाका चोलोढाका खास्टो भनेर नामाकरण गरिन्थ्यो । कालान्तरमा पाल्पामा नै उच्चस्तरीय कपास खेती शुरू गरेर ढाकाका धागोहरू तानबाट निकाल्न थालियो । यसका अतिरिक्त एउटा किंवदन्ती  अनुसार जङ्गबहादुर राणाकी छोरी डम्बर कुमारीले बनारसबाट ल्याएको ढाका लुगा लगाएको देखेपछि उनी यो कुरा सिक्न प्रेरित भइन् । आफ्नो घर पाल्पा फर्केपछि उनले सन् १९५७ मा ढाका कपडा उत्पादन गर्ने कारखाना शुरू गरिन् । उनीहरूले काठमाडौंबाट   हातले चलाउने चर्खा  तान ल्याएर कपासबाट धागो बनाउँदै बुट्टादार टोपीचोलो र खास्टो आदि बनाउन थाले । पछि गएर  शाहवंशीय सरकारले ढाकाको कपडा र त्यसबाट बनेको टोपीलाई मन पराएपछि यसले राष्ट्रिय मान्यता पाउँदै जान थाल्यो । सन् १९७० मा स्वदेशी वस्त्रकला पाल्पाली ढाका उद्योग खोलेर त्यसवेला लगभग ३५० जना  कामदारहरूलाई रोजगारी दिएर ढाकाका वस्त्र बनाउन थालियो। त्यति वेला जयशंकर कपडा उद्योगखनाल कपडा उद्योग र नबिन कपडा उद्योग आदि ढाका कपडा बनाउन प्रयोग हुने सूती धागो उत्पादन गर्ने प्रमुख उत्पादक थिए । यसरी पाल्पामा उत्पादन भई बनेकोले पाल्पाली शब्द गाँसिए तापनि ढाका शब्द भने जोडिएर बसिरह्यो । अनि आजको मितिमा हामी पाल्पाली ढाका टोपी बनेर चिन्ने गर्छौं । कालो टोपी भादगाँउले टोपीको नामबाट चिनिने गरिएको हो । कुनै समय वर्तमान भक्तपुरलाई भादगाँउ भनिन्थ्यो । यो  एक  विशिष्ट बनावट र ढाँचामा बुनिएको हुन्छ ।  पाल्पाली ढाका टोपी विभिन्न रंग र ढाँचामा उपलब्ध हुन्छ भने भादगाँउले टोपी कालो रङ्गमा मात्र पाइन्छ । यसरी आज नेपाली टोपी नेपाली राष्ट्रियताको प्रतीक बनेको छ । भक्तपुरका कारीगरहरूले बनाएको परम्परागत कालो टोपी काठमाडौंमा मात्र ख्याति नभएर यो टोपी विशेष गरेर भारतको गोर्खा राईफल्सबाट लिएर ब्रिटिश गोर्खामा समेत सैनिकहरूको अनिवार्य शिरको पहिरन बनेको छ । आज नेपाली टोपीको विश्वव्यापीकरण भएको छ । प्रत्येक वर्ष अँग्रेजी नयाँ वर्षका दिन विश्वभरी नै नेपाली टोपी दिवस मनाइन्छ।
 
विसं २०१३ देखि मनाउन थालिएको नेपाली टोपी दिवसको थालनी २०१० नोभेम्बरदेखि क्यानडाबाट शुरू भएको थियो । डा. गोबिन्दसिंह रावतको पहलमा ‘नेपाली साहित्य समाजक्यानड’ का तत्कालीन सदस्यहरूको सहयोगमा टोपी इभेन्टको नामबाट कार्यक्रम शुरू गरिएको थियो । देशबाहिर पनि नेपाली राष्ट्रियताको पहिचानलाई जोगाइराख्न राष्ट्रियताको प्रतीक नेपाली टोपी पहिरिएर नेपाली टोपी इभेन्टको नामबाट एउटा नौलो कार्यक्रम शुरू गरिएको थियो । टोरोन्टो साहित्य समाजको आयोजनामा क्यानाडाको विशाल टोरोन्टोमा बसोबास गर्ने बुद्धिजीवीहरूको समूहले नेपाली टोपी इभेन्टको नामबाट  शुरू गरेको यसको पहिलो इभेन्टका रूपमा  नोभेम्बर २४२०१० का दिन क्यानडाका लागि नेपालका पहिलो राजदूत डा. भोजराज घिमिरेको विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
 
अन्तर्राष्ट्रिय भन्सार दिवस
७२ औ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२५ जनवरी २६
२०२५ को नाराः "Customs Delivering on its Commitment to Efficiency, Security, and Prosperity".
२०२४ को नाराः 'Customs Engaging Traditional and New Partners with Purpose'
२०२३ को नाराः : 'Nurturing the next generation Promoting a culture of knowledge-sharing
And professional pride in Customs'
विश्व भन्सार संगठनको स्थापना भएको दिन सन् १९५२ जनवरी २६ को सम्झनामा जनवरी २६१९८३ मा मनाइएको पहिलो अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा "अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा भन्सार र यसको भूमिका(Customs and its role in international trade facilitation.)" थियो। व्यापार सहजीकरणसुरक्षा र आर्थिक विकासमा भन्सारको भूमिकालाई मान्यता दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइन्छ।
 
विश्व कुष्ठरोग दिवस
विश्व कुष्ठरोग दिवस – जनवरीको अन्तिम आइतबार
The theme for World Leprosy Day 2025, observed on January 26th, is "Unite. Act. Eliminate.".
Here's a breakdown of the theme and its significance:
"Unite": This emphasizes the need for collaborative action from governments, healthcare providers, communities, and individuals to address leprosy.
"Act": The theme calls for immediate action to raise awareness, promote early detection, and ensure access to treatment for those affected by leprosy.
"Eliminate": The ultimate goal is to eliminate leprosy as a public health problem, meaning reducing the number of new cases to below 1 per 10,000 people in endemic areas.
२०२५ को नाराः "Unite. Act. Eliminate."
२०२४ को नाराः "Beat the leprosy"
२०२३ को नाराः "Act Now. End Leprosy"
कुष्ठरोग प्रभावितहरु प्रति जागरुकता देखाउने उदेश्य अनुसार सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१९ को तुलनामासन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ । 
नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २०औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । सरकारले कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । 
लक्षण
कुष्ठरोगका लक्षण शरीरमा छुँदा थाहा नपाउनेरातो वा फुस्रो रङको दाग देखिनुअनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नुअनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनुनशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नुआँखा चिम्लिँदा पूरै बन्द नहुनुआँखीभौँ झर्नु वा पातलो हुनुहल्केलाको मासंपेशी सुकेर जानुजस्ता हुन् । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानुहातगोडा पोल्नुनिदाएको जस्तो हुुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । 
 
सीमसार दिवस
२९ औ सीमसार दिवस २०२५ फेब्रुअरी ३
२०२५ को नाराः Protecting Wetlands for Our Common Future अर्थात हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ 
२०२४ को नाराः Wetlands and human wellbeing अर्थात सिमसार र मानवको कल्याण
२०२३ को नाराः "It's Time for Wetlands Restoration"
 
सन् १९८५ देखि सन् १९७१ मा रामसार सम्मेलन भएको दिनलाई आधार मानी सीमसार दिवस मनाउने गरिन्छ भने नेपालले सन् १९९१ देखि यो दिवस मनाउँदै आएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२१ अगस्त ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सीमसार दिवस मनाउने निर्णय गरेको थियो। सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सीमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो। संरक्षित क्षेत्रको घोषणाप्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ। तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।
 
१७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ।
हाल नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षरारातालमाईपोखरीफोक्सुन्डो तालबिसहजारी तालघोडाघोडी तालगोसाइँकुण्ड तालगोक्यो तालजगदीशपुर जलाशय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका ९ वटा तालको समूह रामसार सूचीमा समावेश छन्।
सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेकोपानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदलधापजरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति२०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेकोस्थायी वा अस्थायीप्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।
नेपाल एक पर्वतीय देश भएको र यहाँ जलजमिनजङ्गलवनस्पति एवम् खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराईपहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।
 
 विश्व क्यान्सर दिवस
विश्व क्यान्सर दिवस - फेब्रुअरी ४
२०२५-२०२७ को नाराः “United by Unique”
२०२२-२०२४ को नाराः 'Close the care Gap'
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानललाई ओकोलोजी भनिन्छ भने विकिरणहरु प्रयोग गरी क्यान्सरको उपचार गर्ने पद्धतिलाई किमोथेरापी भनिन्छ।
The World Cancer Day theme 2025-2027, “United by Unique” places people at the centre of care and explores new ways of making a difference.
 
सुरक्षित इन्टरनेट दिवस
सुरक्षित इन्टरनेट दिवस - First Tuesday of February
२०२५ को नाराः “Too good to be true? Keeping yourself and others safe from scams online.”  
२०२४ को नाराः "Inspiring change? Making a difference, managing influence and navigating change online"
२०२३ को नाराः 'Want to talk about it? Making space for conversations about life online'
अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबाट सचेतना जगाउन सन् २००४ देखी मनाउन शुरुवात गरिएको यो दिवस हाल नेपाल सहित १७० भन्दा बढी देशमा मनाईने गरिएको,
विश्व रेडियो दिवस
विश्व रेडियो दिवस फेब्रुअरी १३
The 2025 theme, "Radio and Climate Change," emphasizes its role in spreading awareness and engaging communities.
२०२४ को नाराः "Radio: A century informing, entertaining and educating"
२०२३ को नाराः "Radio and Peace"
स्पेनको प्रस्तावमा युनेस्को आह्वानमा सन् २०१२ (संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको दिनको सम्झनामा) मनाउन थालिएको,
नेपालमा वि.सं. २००७ चैत्र २० मा औपचारीक रुपमा 'प्रजातन्त्र रेडियो नामक रेडियो संचालन भएको थियो भने FM को प्रसारण वि.सं. २०५८ बाट भएको हो।
विश्व सामाजिक न्याय दिवस
विश्व सामाजिक न्याय दिवस - फेब्रुअरी २०
The World Day of Social Justice 2025 theme is “Empowering Inclusion: Strengthening Protections against Inequality.” It emphasizes strengthening laws and policies to ensure equal opportunities for all. It also combats systemic inequality in education, employment, and healthcare.
२०२४ को नाराः : "Bridging Gaps, Building Alliances"
२०२३ को नाराः : "Overcoming Barriers and Unleashing Opportunities for Social Justice"
संयुक्त राष्ट्रसंघले सन् २००७ नोभेम्बर २६ मा हरेक वर्ष फ्रेवुअरी २० मा विश्व सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको
अन्तर्राष्ट्रिय मातृ‌भाषा दिवस (International Mother Language Day)  
अन्तर्राष्ट्रिय मातृ‌भाषा दिवस - फेब्रुअरी २१
International Mother Language Day 2025 theme is “Language Matter: Silver Jubilee Celebration of International Mother Language Day.”
२०२४ को नाराः : Multilingual education is a pillar of intergenerational learning
२०२३ को नाराः "Spread awareness about the importance of linguistic, cultural diversity, and multilingualism"
सन् २००० देखि मनाउन थालिएको,
१०अन्तर्राष्ट्रिय नारी दिवस
अन्तर्राष्ट्रिय नारी दिवस - मार्च ८
IWD 2025 theme is 'Accelerate Action'
२०२४ को नाराः Invest in Women: Accelerate progress
२०२३ को नाराः : "DigitALL: Innovation and technology for gender equality"
राष्ट्रिय नाराः "लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार"
विश्वमा कहिलेदेखि मनाउन थालेको सन् १९११ मार्च १८ (पहिलो पटक)
मार्च ८ मा कहिले देखि मनाउन थालिएको सन् १९७५ मा संयुक्त राष्ट्र संघले मार्च ८ लाई नारी दिवशको
मान्यता दिएको र सन् १९७७ देखि मार्च ८ लाई नारी दिवश मनाउन थालिएको।
नारी दिवश मनाउनुको कारण नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा।
नेपालमा मनाउन शुरुवात वि.सं. २०१६ (सन् १९५९) प्रधानमन्त्री विपी कोइरालाको पालामा (५१ औं नारी दिवसबाट)
पहिलो पटक मनाइएको : सन् १९११
(Note:- अन्तर्राष्ट्रिय पुरुष दिवस नोभेम्बर १९ मा मनाइन्छ।)
International Mother Language Day
Q1. Why is International Mother Language Day celebrated?
Ans. To promote linguistic and cultural diversity, as well as multilingualism.
Q2. When did UNESCO declare 21st February as International Mother Language Day?
Ans. In 1999 UNESCO declared 21st February as International Mother Language Day.
Q3. What is the theme for International Mother Language Day 2024?
Ans. "Multilingual education is a pillar of learning and intergenerational learning."
Q4. What is special about 21 February?
Ans. It is observed as International Mother Language Day to promote linguistic and cultural diversity.
Q5. Why is February 21 so important?
Ans. It commemorates the 1952 Bengali Language Movement in Bangladesh, where students protested for the recognition of their mother language.
Q6. What happened on 21 February 1952?
Ans. Students in Dhaka, Bangladesh, protested for the recognition of the Bengali language, leading to a tragic incident where several protesters lost their lives.
 ११विश्व उपभोक्ता अधिकार दिवस
विश्व उपभोक्ता अधिकार दिवस - मार्च १५
The theme for World Consumer Rights Day 2025 is "A Just Transition to Sustainable Lifestyles". This theme underscores the importance of ethical consumerism, advocating for a shift towards sustainable production and consumption that benefits both people and the planet.
२०२४ को नाराः 'Fair and responsible Al for consumers
२०२३ को नाराः "Empowering consumers through clean energy transitions"
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले १५ मार्च १९६२ मा प्रत्येक उपभोक्तालाई सुरक्षासूचनासुनुवाई र छनोट गर्न पाउने गरी चारअधिकारसहितको घोषणापत्र पारित गरेको दिनको सम्झनामा यो दिवस मनाउँदै आएको,
उपभोक्ता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था Consumer International को आहवान मा सन् १९८३
देखि विश्वभर मनाउन थालिएको।
History of World Consumer Rights Day
The concept of consumer rights was first introduced by U.S. President John F. Kennedy on March 15, 1962, when he addressed the U.S. Congress about four fundamental consumer rights: the right to safety, the right to be informed, the right to choose, and the right to be heard. This momentous speech laid the foundation for consumer protection policies worldwide. In 1983, the first official World Consumer Rights Day was observed, and since then, it has been a global movement promoting consumer rights.
Significance of World Consumer Rights Day
Consumer rights are essential for ensuring fair trade, quality products, and ethical business practices. This day:
·       Raises awareness about consumer rights and responsibilities.
·       Encourages businesses to adopt sustainable and fair trade policies.
·       Promotes consumer education for making informed choices.
·       Strengthens consumer protection laws and policies.
Celebration Ideas for World Consumer Rights Day
·       Educational Seminars: Organize events to inform consumers about their rights.
·       Social Media Campaigns: Share posters, videos, and infographics to spread awareness.
·       Sustainable Shopping Drives: Encourage eco-friendly and ethical purchases.
·       Consumer Helplines: Promote helplines and support services for consumer grievances.
·       Workshops on Sustainable Living: Teach consumers how to make responsible choices.
Activities for World Consumer Rights Day
·       Debates & Panel Discussions: Experts discuss consumer protection laws and their effectiveness.
·       Poster & Slogan Competitions: Engage students and professionals in spreading awareness through creative visuals.
·       Consumer Surveys: Conduct surveys to assess public knowledge about their rights.
·       Interactive Q&A Sessions: Allow consumers to ask experts about their concerns.
                                                      
१२विश्व निन्द्रा दिवस (World Sleep Day )
विश्व निन्द्रा दिवस - Third Friday of March
२०२५ को नाराः : “Make Sleep Health a Priority
२०२४ को नाराः : 'Sleep Equity for Global Health'
२०२३ को नाराः "Sleep is Essential for Health"
निन्द्राको महत्वमा जोड दिन र धेरै मानिसहरु ग्रस्त हुने निन्द्रा सम्बन्धी समस्यालाई सम्बोधन गर्न सन् २००८ देखि मनाउन थालिएको। यो दिवस हरेक वर्षको बसन्त शुरु हुनु भन्दा अघिको शुक्रबार मनाइन्छ (the Friday before Spring Vernal Equinox of each year
 
१३अन्तर्राष्ट्रिय वन दिवस
अन्तर्राष्ट्रिय वन दिवस - मार्च २१
The International Day of Forests 2025, themed "Forests And Foods," highlights the crucial role of forests in food security, biodiversity, and climate resilience. With FAO’s 80th anniversary, the event emphasises sustainable forest management, conservation, and global efforts to combat deforestation, ensuring a greener future for generations to come
२०२४ को नाराः Forests and Innovation: New Solutions for a Better World.
२०२३ को नाराः "Forests and health"
सन् २०१२ डिसेम्बर २१ मा संयुक्त राष्ट्रसंघे मार्च २१ मा प्रत्येक वर्ष अन्तराष्ट्रिय वन दिवस मनाउने भनि निर्णय गरेको,
 
१४विश्व पानी दिवस
विश्व पानी दिवस  मार्च २२
२०२४ को नाराः Water for Peace
२०२३ को नाराः : 'Accelerating Change: To solve the Water and Sanitation Crisis'
संयुक्त राष्ट्रसंघको १७ वटा दिगो विकासको लक्ष्यहरुमध्ये सफा पानी र पर्यावरण (लक्ष्य नं. ६) पनि एउटा हो।
नेपाल सरकारको सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधा पुत्याउने लक्ष्य लिएको छ,
सन् १९९२ मा एजेण्डा २१ मा समावेश गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि विश्वभर विश्व पानी दिवस मनाउन थालिएको,
The theme of World Water Day 2025 is ‘Glacier Preservation’.
Glaciers are critical to life – their meltwater is essential for drinking water, agriculture, industry, clean energy production and healthy ecosystems.
Rapidly melting glaciers are causing uncertainty to water flows, with profound impacts on people and the planet.
Global reductions in carbon emissions and local strategies to adapt to shrinking glaciers are essential.
This World Water Day, we must work together to put glacier preservation at the core of our plans to tackle climate change and the global water crisis.
Key messages for World Water Day 2025
  • Glaciers are melting faster than ever. As the planet gets hotter due to climate change, our frozen world is shrinking, making the water cycle more unpredictable and extreme.
  • Glacial retreat threatens devastation. For billions of people, meltwater flows are changing, causing floods, droughts, landslides and sea level rise, and damaging ecosystems.
  • Glacier preservation is a survival strategy. We must work together to reduce greenhouse gas emissions and manage meltwater more sustainably for people and the planet. 
१५विश्व मौसम विज्ञान दिवस
विश्व मौसम विज्ञान दिवस - मार्च २३
मौसमको फेरबदलमा बादलको महत्त्वलाई दर्साउँदै सन १९६१ देखि हरेक वर्षझैँ यस वर्ष पनि २३ मार्चका दिन मौसम विज्ञान वर्ष मनाईदैछ ।
सन् १९६१ को मार्च २३ मा विधिवत् सुरु भएको यस दिवस वर्ल्ड मेटेरोजीकल अर्गनाइजेशनको स्थापनाको सम्झनामा हरेक वर्ष मार्च २३ मा मनाइन्छ । वर्ष २०२३ चाहिँ विश्व मौसम दिवसको ६३औँ संस्करण हो किनभने पहिलो विश्व मौसम विज्ञान दिवस चाहिँ सन् १९६१ मा मनाइएको थियो ।
The World Meteorological Day 2025’s theme “Closing the early warning gap together”.
२०२४ को नाराः "At the frontline of climate action"
२०२३ को नाराः 'The Future of Weather, Climate and Water across Generations.
दिवस मनाउनुको कारण सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा
सन् १९६१ देखि हरेक वर्ष यो दिवस मनाउदै आएको,
विश्व मौसम विज्ञान संगठनको प्रधान कार्यालय: जेनेभास्विजरल्याण्ड
१६विश्व क्षयरोग दिवस
हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । 
The theme for World TB Day 2025 is Yes! We Can End TB”, reinforcing the idea that ending tuberculosis is possible with collective effort. This theme encourages individuals, healthcare workers, and policymakers to work together to eliminate TB as a global health threat.
२०२४ को नाराः Beat Leprosy
२०२३ को नाराः "Yes! We can end TB!"
२०२२ को नाराः "Invest to End TB Save Lives!
रोवर्ट कोचले सन् १७२२ मार्च २४ मा क्षयरोग लगाउने ब्याक्टेरिया Mycobacterium पत्ता लगाएको सम्झनामा सन् १९९७ देखि दिवस मनाउने शुरुवात 

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team